एनआरएनएको अध्यक्षमा पन्त, अन्य विजयीको नामावालीसहित

गैरआवासीय नेपाली सङ्घको नवौँ विश्व अन्तर्राष्ट्रिय सम्मेलनको निर्वाचनमा अध्यक्ष पदमा कुमार पन्त विजयी भएका छन् ।

निर्वाचन समितिले दिएको जानकारीअनुसार नयाँ नेतृत्वमा पन्तसहित अधिकांश उनको समूहले विजय हासिल गरेको छ । पन्तका प्रतिस्पर्धी कुलप्रसाद आचार्य थिए । पन्तले १२१७ मत प्राप्त गरे भने आचार्यले १०७० मत पाए ।

उपाध्यक्षमा हिक्मत थापा, डा बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, मन केसी, सोनाम लामा र महिला उपाध्यक्षमा रविना थापा विजयी भएका छन् । महासचिवमा डा हेमराज शर्मा, सचिवमा गौरीराज जोशी, कोषाध्यक्षमा महेश श्रेष्ठ र सहकोषाध्यक्षमा लोक दाहाल विजयी भएका थिए ।

निर्वाचनमा करीब दुई हजार ५०० मतदाता रहेका थिए । ४२ पदका लागि भएको निर्वाचनमा ७६ जना प्रतिस्पर्धी थिए ।

को को भए बिजयी