आज बुवाको माया …

बुवा

 

पहिलो छोरो परिवारको सानो चञ्चले ! बुवाको पछिपछि हिँड्नुपर्ने । बुवाले बोकेरै जानुपर्ने । घरमा सँधै तीन–चार वटा गाईभैँसी दुहुना नछुट्ने मैले थाहा पाउँदासम्म । गाईभैँसी दुहेको हेर्नैपर्ने मेरो बानी र जानै पर्ने ।

एक दिनको घटना अरे, आफूलाई थाहा छैन । बुवाको कुरा गराई अनुसार घरबाट करिब पाँच सय मिटर टाढाको बारीमा बस्तुगोठ । साथमा लिएरै जानु भो अरे, धन्दा सकेर मलाई डढेल्नोमा राख्नुभो अरे, मैले बुवाको गलामा हातले समाउनुपर्ने आरे, बुवा दुवै हातमा दुधको दुधेरो झुन्ड्याउँदै ओरालो बाटोमा झर्नुभो अरे, घर आउँदा बाटैमा मैले हात छोडेछु र झरेछु झट्टै बुवाले पनि त्यो दुँधेरो दुवै छाडेर मलाई पक्रनुभएर बचाउनुभएछ । दुध सवै बाटोमा बग्यो रे, खाली ढुङ्ग्रो र मलाई बोकी घर पुग्नुभएको थियो रे बुवाले ।

आज बुवाको माया …..

लेखक ; मन बहादुर श्रेष्ठ हालः जोर्डन