मोरङ–सुनसरी सेवा समाज कतारको अध्यक्षमा कटुवाल

काठमाडौं (पास)– सन् २००१ मा कतारमा स्थापना भएको मोरङ–सुनसरी सेवा समाज कतारको १३औँ साधारणसभाबाट तेज कटुवाल अध्यक्ष भएका छन् ।

हिजो (शुक्रबार) सम्पन्न साधारणसभाबाट कटुवालको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति चयन भएको हो ।

मोरङ–सुनसरीको सामाजिक गरिमालाई कायम राख्दै समाज र मातृभूमीको निम्ति उत्कृष्ट कार्य गर्ने प्रण गर्दै कार्यसमितिले आगामी कार्यक्रमहरु तय गर्ने ईलाम सेवा समाज दोहा कतारका संस्थापक कोषाध्यक्ष मन बहादुर श्रेष्ठले पाथिभरा न्यूजलाई जानकारी दिएका छन् ।

उक्त समाजले यसअघि विभिन्न कार्यक्रमहरु निरन्तर गरिरहेको र अबका योजनाहरुमा मोरङका सुगम क्षेत्रका साथ साथै उत्तरी मोरङ का दुर्गम क्षेत्रहरुमा कार्यक्षेत्र बिस्तार गर्ने जनाइएको छ ।

हिजो सम्पन्न भएको सो साधारणसभाबाट उपाध्यक्षमा दीलिप पराजुली र भीम बिश्वकर्मा चयन भएका छन् । त्यस्तै सचिवमा नियम भुजेल, सह–सचिवमा लीला नाथ घिमिरे र भरत श्रेष्ठ, कोषाध्यक्षमा गोपाल कटुवाल, सह–कोषाध्यक्षमा पर्शुराम बास्तोला र मनोज चौधरी चयन भएका छन् ।

त्यसैगरी सदस्यमा भोला बस्नेत, सन्जिव आचार्य, अमृत चौधरी, राजनारायण चौधरी, मंगलसिंह तामाङ, भरत कटुवाल, तीर्थराज निरौला, ओम प्रकाश बानिँया, रमा खड्का, सुनिता कोइराला, प्रेम राई, सोहेल अख्तर अन्सारी, पर्शुराम वन्जरा र किरण थापा चयन भएका छन् ।