महरालाई आज अदालतमा उपस्थित गराइँदै

यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज अदालतमा उपस्थित गराइँदैछ । अनुसन्धानका लागि दोस्रोपटक थपिएको म्याद आज सकिएपछि उनलाई अदालतमा पेश गर्न लागिएको छ ।

महरालाई प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा लगेर म्याद थप्ने वा अभियोगपत्र दायर गर्ने भन्ने अझै टुंगिएको छैन । तर, काठमाडौं जिल्ला अदालतको एक नम्बर इजलाश तोकिएको अदालतका सुचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार महरालाई आज न्यायाधीश सुदर्शनराज पाण्डेको इजलाशमा पेश गरिनेछ । सरकारी वकिलको कार्यालयले म्याद थप वा अभियोगपत्र के ल्याउँछ भन्ने नटुंगिएका कारण आजै आदेश हुन्छ वा हुँदैन भन्न नसकिने अवस्था बताइएको छ ।