अब बोतलको पानी १६ र जारको पानीको मुल्य ५० रुपैयाँ तोकियो

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजारमा विक्रिवितरण हुँदैआएको जार र बोटलको प्रशोधित पानीको अधिकतम खुद्रा मूल्य निधारण गरेको छ । विभागको नेतृत्वमा गठन भएको प्रशोधित पानीको जार तथा बोटलको पानी मूल्य निर्धारण कार्यदलको प्रतिवेदन सार्वजनिक गर्दै विभागले सोमबार पानीको नयाँ बजार मूल्य९एमआरपी० तोकेको हो । विभागको प्रतिवेदन अनुसार प्रशोधित पिउने पानीको खुद्रा […]

भदौ १ गतेदेखि खुल्ने भनिएको हवाई उडान र लामो दुरीको यातायात भदौ १६ गतेदेखि मात्र खुल्ने

काठमाडौं– ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि संचालन हुने भनिएको अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १६ गतेदेखि खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को सिफारिसअनुसार १ भदौबाट खुला गर्ने भनिएको क्षेत्र थप १५ दिन नखोल्ने निर्णय गरेको हो । तर कोरोना […]

विप्लवका जिल्ला सेक्रेटरीसहित तीन कार्यकर्ता पक्राउ

सुर्खेत- कर्णालीमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वका जिल्ला सेक्रेटरीसहित तीन जना कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको टोलीले चन्दका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो । मुगुका सोरु गाउँपालिका¬–६ का जिल्ला सेक्रेटरी उदय भनिने राजबहादुर भाम र कार्यकर्ताहरु जुम्लाको हिमा गाउँपालिकाका नन्दबहादुर तिरुवा र सपना बुढा पक्राउ परेको प्रदेश प्रहरी कार्यालयका […]

साहित्यकार ज्ञवालीको ‘बुद्धिको पाइला’ सार्वजनिक

काठमाडौँ– साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीको छन्द कविता सङ्ग्रह ‘बुद्धिको पाइला’ सार्वजनिक गरिएको छ । ज्ञवालीको यो १८औँ कृति हो । यसअघि उनीका ‘आख्यानकार विश्वेश्वरप्रसाद कोइराला’, ‘शाकुन्तल महाकाव्यमा पूर्वीय दर्शन’, ‘समालोचना पुष्प’, ‘भूमिकाको भूमिका’लगायत कृति प्रकाशित भइसकेका छन् । भर्चुअल माध्यमबाट हरेक पल डट कमले आयोजना गरेको कार्यक्रममा लेखक ज्ञवाली, साहित्यकार डा शैलेन्दुप्रकाश नेपाल, कवि ऋषभदेव घिमिरे, […]

मास्क प्रयोग नगर्ने ४ लाख जना व्यक्ति कारबाहीमा

काठमाडौ– सरकारले मास्क प्रयोग नगर्ने तीन लाख ९५ हजार व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ । सरकारले नेपालमा फैलँदै गएको कोभिड–१९ का कारण बन्दाबन्दी गरेपछि मास्कको प्रयोग नगर्ने देशभरका व्यक्तिलाई नियन्त्रणमा लिई सम्झाईबुझाई छोड्नाका साथै जरिवनासमेत गरेको हो । अनुमति विना काठमाडौँ उपत्यका प्रवेश गर्न खोज्ने सात हजार ६०० सवारी साधन र करीब १९ हजार […]

भारतीय मलको भरमा परेका किसान चर्को मूल्य तिरेर किन्न बाध्य

रौतहट– सरकारी अनुदानको रसायनिक मल नपाइएपछि रौतहटका किसान भारतीय मलमाथि निर्भर हुनुपर्ने वाध्यता छ । खुल्ला सिमानाका कारण घोडासान, चैनपुर, बरगिनीया, छौडादानो र आधापुरलगायत भारतीय बजारबाट किसानले रसायनिक मल ल्याएर खेतमा छर्नुपर्ने वाध्यता रहेको किसानको भनाइ छ । “कृषि सामग्री केन्द्रमा मल नआउँदा सीमावर्ती भारतीय बजारबाट जेनतेन गरेर मल ल्याएर धान खेतमा छरेँ”, रौतहट वौधीमाई […]

बेरोजगारी समस्याले चिन्तित हुन थाले भारतबाट फर्किएकाहरू

सुदूरपश्चिम– कोरोनाको सन्त्राससँगै दिल्लीबाट फर्किनुभएका कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिकाका टेकबहादुर नेपाली मजदुरीको काम नपाउँदा परिवार कसरी पाल्ने भन्ने चिन्तामा छन् । काम नपाएर बेरोजगार बस्नु परेपछि भएको आर्थिक समस्याका कारण उनीलाई चिन्ता बढेको हो । केही वर्षदेखि दिल्लीको एक होटलमा काम गर्दै आएका नेपाली कोरोनाको त्राससँगै होटल बन्द गरिएपछि चैत महिनामा घर फर्किएका थिए । […]

दुई छोरा पहिराले पुरिएपछि दमाई परिवार शोकमा

दार्चुला– घरको सहाराका रूपमा रहेका दुई छोराको मृत्युपछि लेकम गाउँपालिका–५ का ५८ वर्षीय सानो दमाईको परिवार बिचल्लीमा परेको छ । यही साउन ६ गते मालिकार्जुन गाउँपालिका–८ मा पहिरामा पुरिएर उहाँका दुई छोरा २४ वर्षीय अर्जुन र १८ वर्षीय मिलनको मृत्यु भएको थियो । छोराको मृत्युपछि दमाई परिवार अहिले बिचल्लीमा छ । घरको ऋण तिर्न भन्दै […]

‘नेपाली स्याट–१’ बाट सूचना तथा जानकारी लिन सकिएन

ललितपुर– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले मूलुकमा पहिलो पटक बनाएको ग्राउण्ड स्टेशन अर्थात सूचना प्रवाह गर्ने माध्यमबाट अझैसम्म नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ बाट सूचना र जानकारी लिन सकेको छैन । नाष्टमा जडान गरिएको रेडियो उपकरणमा समस्या हुँदा हालसम्म यसले आफ्नै कार्यालयबाट जानकारी लिन नसकेको हो । नाष्टले उचित रेडियो खरिद प्रक्रियामा […]

विश्वमा कोरोना भाइरस सङ्क्रमित दुई करोड नाघ्यो, भारतका पूर्वराष्ट्रपति मुखर्जीलाई कोरोना

काठमाडौं– विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड नाघेको छ । विश्व स्वास्थ्य (डब्लुएचओ)ले सोमबार दिएको जानकारीअनुसार विश्वमा दुई करोड २६ हजार २११ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी सात लाख ३४ हजार २५ जनाको मृत्यु भएको पनि सो सङ्गठनले जनाइएको छ । सोमबारसम्म विश्वभरीमा एक करोड २९ लाख […]