नाइजरमा छ जना फ्रान्सेली नागरिकको हत्या

नियामी, नाइजर– नाइजरमा छ जना फ्रान्सेली नागरिकको हत्या भएको समाचारमा जनाइएको छ । ती मारिएका नागरिक फ्रान्सका सहायताकर्मी भएको बताइएको छ । प्राप्त समाचारमा जनाइएअनुसार नाइजरको नियामीबाट करिब ६५ किलोमिटर टाढा रहेको कोरे भन्ने ठाउँमा ती फ्रान्सेली नागरिकको हत्या भएको हो । उनीहरु सहायता कार्यका लागि त्यहाँ पुगेका थिए । उनीहरुलाई बन्दुकधारीले हत्या गरेका बताइएको […]

चीनद्वारा अमेरिकी सिनेटर मार्को रुबिओ र टेड क्रुज समेतका ११ जना प्रभावशाली अमेरिकीमाथि प्रतिबन्ध

बेइजिङ– चीनले अमेरिकी सिनेटर मार्को रुबिओ र टेड क्रुज समेतका ११ जना प्रभावशाली अमेरिकी नागरिक विरुद्ध प्रतिबन्धको घोषणा गरेको छ । हङकङ मामिलासँग जोडिएको भन्दै अमेरिकाले चिनियाँ अधिकारीमाथि प्रतिबन्ध घोषणा गरेको विरोधमा चीनले उक्त घोषणा गरेको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा हङकङसँग सम्बन्धित मामिलामा केही […]

कोरोनाबाट आज मात्र नेपालमा ४ जनाको मृत्यु, ३३८ नयाँ सङ्क्रमित, उपत्यकामा ४४ सङ्क्रमित भेटिए

काठमाडौँ– नेपालमा पछिल्लो २४ घन्टामा थप चार जनाको कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र दुई पुरुष छन् । बाँकेको कोहलपुर नगरपालिका–२ का ७० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो । पर्साको देवयानी गाउँपालिका १५ का ४५ वर्षीय महिलाको पनि कोभिड सङ्क्रमणका कारण आइतबार नै […]

एन्फा साधारणसभा अनिश्चितकालका लागि स्थगित

काठमाडौँ– कोरोेना भाइरसको महामारी बढ्दै गएपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आगामी भदौ १५ गते गर्ने भनिएको १९औँ साधारणसभा अनिश्चितकालका लागि स्थगित गरेको छ । एन्फा प्रवक्ता किरण राईले आज एक प्रेस विज्ञप्ति जारी गर्दै साधारणसभा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गर्ने बताएका छन् । कोरोना भाइरसका कारण एन्फाको साधारणसभा दोस्रो पटक स्थगित […]

धितोपत्र बजार ३७ अङ्कले बढ्यो नेप्से

काठमाडौँ– धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक ३७ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३७.७४ अङ्कले बढेर एक हजार ४३०.४१ पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ७.६३ अङ्कले बढेर २९८.६४ पुगेको छ । स्टकका अनुसार आज कुल १८९ कम्पनीका ४२ लाख ५२ हजार ८०८ कित्ता शेयर रु एक अर्ब ५५ […]

पुतलीसडकमा आगलागी

काठमाडौँ– काठमाडौँको पुतलीसडकमा आगलागी भएको छ । काठमाडौँ महानगरपालिका–३१ पुतलीसडकस्थित कृष्णशङ्कर कसजुको घरको दोस्रो तलामा आज अपराह्न आगलागी हुँदा कन्सल्टेन्सीमा क्षति पुगेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता सोमेन्द्रसिंह राठौरले आगलागी हुँदा स्टाण्डर्ड एजुकेशन कन्सल्टेन्सीको एक कोठामा क्षति पुगेको जानकारी दिए । विद्युत् चुहिएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ । कन्सल्टेन्सी बन्द […]

कोरोना सङ्क्रमितलाई राख्न समस्या

सुरुङ्गा– प्रदेश नं १ मा कोरोना सङ्क्रमितलाई राख्न समस्या देखिएको छ । झापाका तीन वटा स्थानीय तहमा आज एकैदिन पाँच जनालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीहरुलाई राख्न समस्या देखिएको हो । प्रदेश नं १ मा कोरोना सङ्क्रमितलाई राख्नका लागि बनाइएका आइसोलेशन वार्ड सबै भरिएपछि झापामा कोरोना सङ्क्रमण पुष्टि भएकालाई कहाँ पठाउने भन्ने विषयमा अन्योल भएको […]

नेपाली काँग्रेसको १२ वटा विभाग पदाधिकारी र सदस्यमा ४ सय ५७ जना देउवाले मनोनयन गरे (नामावलीसहित)

काठमाडौं– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका १२ केन्द्रीय विभाग विस्तारमा पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम आइतबार १२ वटा केन्द्रीय विभागमा उपप्रमुख, सचिव, सदस्यहरुसहित ४ सय ५७ जनालाई मनोनयन गरेका छन् । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा संगठन विभाग, शिक्षा विभाग, यातायात व्यवसायी समन्वय विभाग, मुस्लिम विभाग,तराई–मधेश समन्वय विभाग,संघीय […]

भदौ १ गतेबाट हवाई उडान र लामो दुरीका सवारी साधन सञ्चालन गर्न नपाउने

काठमाडौं– भदौ १ गतेबाट कुनैपनि व्यवसायिक हवाई उडान नहुने भएको छ भने लामो दूरीको सवारी साधन पनि सञ्चालन नहुने भएको छ । सीसीएमसीको बैठकले पूर्व निर्धारित मितिबाट सो निर्णय १५ दिन पर सार्न सरकारलाई सिफारिस गरेसँगै नहुने भएको हो । योसँगै सिसिएमसीले यसअघि भाद्र १ गतेबाटै खुल्ला गर्ने भनिएको अन्तरजिल्ला लामा तथा छोटा दुरीका सवारी […]

यसरी फेरिँदै छ दिक्तेल बजारको मुहार

खोटाङ– पुरानो संरचनाका घर, कच्ची सडक तथा जथाभावी फालिएका फोहरमैलाले दुर्गन्धित तथा कुरुप देखिने दिक्तेल बजारको मुहार पछिल्लो समय फेरिँदै गएको छ । सडक ढलान, खानेपानीको पाइप र विद्युत्को तार तथा फोहरमैला व्यवस्थापन गर्न थालिएसँगै बजारको मुहार फेरिँदै गएको हो । विसं २०६४ देखि यातायात सञ्चालन हुँदै आएको बजारको साँघुरो तथा कच्ची सडक तीन भागमा […]