सुन तस्करी काण्डमा ६३ जना विरुद्ध मुद्दा दायर

विराटनगर (पास)– साढे तेत्तीस किलो सुनको तस्करी प्रकरण र सनम शाक्यको हत्या सम्बन्धमा आज ६३ जनामाथि जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ । सोमध्ये पक्राउ परेका २९ जनाका साथै फरार रहेका ३४ जना गरी ६३ जनामाथि मुद्दा दर्ता भएको हो । यस घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालयले ६० दिनको अनुसन्धानको समय पूरा गरी सरकारी […]

फेरि आजदेखि पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं (पास)– नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्यवृद्वि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा दुई र डिजेल र मट्टितेलमा तीन/तीन रुपैयाँ मूल्य वृद्वि गरेको हो । मूल्यवृद्धिपछि अब पेट्रोलको मूल्य प्रतिलिटर १०८ हुनेछ भने डिजेल र मट्टितेल प्रतिलिटर ९० पुगेको छ । खाना पकाउने ग्यासको भाउ भने […]

राजनको पञ्चेबाजामा ‘मनको थैली’

काठमाडौं (पास)– नेपाली र नेपालको छुट्टै पहिचान बोकेको मौलीक बाजा हो पञ्चेबाजा । जुन बाजामा आधारीत रहेर गायक तथा सर्जक राजन ठकुरीले ‘मनको थैली’ वोलको लोक तथा दोहोरी गीत सार्वजनिक गरेका छन् । दर्शन डिजिटलको प्रस्तुतीमा रहेको ‘मनको थैली’ गीतमा गायक ठकुरी, बमबहादुर बयक र देवी घर्ती मगरको स्वर रहेको छ । गीतलाई गायक ठकुरी […]

पूर्वी नेपालमा स्यान्डविच प्यानलको घर बन्न थाल्यो

काठमाडौं (पास)– पूर्वी नेपलको ईटहरी, दमक, विर्तामोड, सुरुङ्गा, इलाम र पाँचथरमा भूकम्प प्रतिरोधात्मक कोरियाली प्रविधिबाट बनाईएको स्यान्डविच प्यानलको घर बन्न थालेको छ । नेपालमा नै पहिलो पटक चितवनको रत्ननगर नगरपालिका वडा नं. १४ मा कोरियन लगानीमा खोलिएको उद्योगको पूर्वाञ्चल डिलर दमकमा काम गरिरहेको ‘भिलेज कन्स्ट्रक्सन प्रालि’का प्रवन्ध निर्देशक योगिन श्रेष्ठले पूर्वी नेपालमा माग बढीरहेको बताएका […]

छ वर्षपछि फेवातालको अतिक्रमण रोकिँदै

वासुदेव पौडेल, पोखरा– सर्वोच्च अदालतले आइतबार फेवाताल अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काउन सरकारका नाममा आदेश जारी गरेसँगै २०६९ साल जेठ ३ गते सरकारलाई बुझाइएको प्रतिवेदन कार्यान्वयनतर्फ जाने भएको छ । तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईको पालामा २०६९ सालमा फेवातालको अतिक्रमण भएको जग्गा छानबिन गर्न विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठित समितिले प्रतिवेदनमा प्राकृतिक एवं मानवीय अतिक्रमणसँगै […]

चिनीमा युरिया मल मिसाएर बेच्ने व्यापारीविरुद्ध मुद्दा

खोटाङ (पास)– चिनीमा युरिया मिसाएर बिक्री गरेको पाइएपछि खोटाङको दिक्तेल बजारस्थित पाण्डे भेराइटिजको जानकी जेनरल अर्डर एण्ड सप्लायर्सका सञ्चालक मुकेश्वर पाण्डेविरुद्ध मुद्दा दर्ता गरिएको छ । रासायनिक पदार्थ मिसावट भएको चिनी बिक्री गरेको भन्दै उपभोक्ताको गुनासो आएपछि सरकारी वकिलमार्फत प्रहरीले व्यवसायी पाण्डेविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको हो । पाण्डे भेराइटिजविरुद्ध कालोबजारी तथा केही […]

भारतबाट रातो अण्डा अवैध रुपमा नेपाल भित्र्याइँदै

चितवन (रासस)– भारतीय व्यवसायीले रातो अण्डा उत्पादन गरी लुकाइछिपाइ नेपाल पठाउन थालेपछि आत्मनिर्भर बनेको यहाँको अण्डा उत्पादन व्यवसायमाथि चुनौती थपिएको छ । यसअघि भारतमा सेतो अण्डामात्र उत्पादन हुने भएकाले सिमानामा रोकिने र आसपासका क्षेत्रमा छिर्नासाथ थाहा हुने भएकाले नेपाल भित्र्याउन कठिन हुने गथ्र्यो । भारतमा उत्पादन भएका अण्डा नेपाल भित्र्याउन नपाइने कानूनी व्यवस्था छ तर […]

१० दिन भित्रमा इलामको सुकिलुम्बा विमानस्थलबाट परीक्षण उडान हुने

इलाम (पास)– पूर्व सभामुख तथा नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट १० दिनभित्रमा परीक्षण हुने बताएका छन् । नेम्वाङले आज बिहान आयोजित पत्रकार सम्मेलनमा सबै प्रक्रिया पु¥याएर १० दिनभित्र परीक्षण उडान गरिने बताए । एक दशकदेखि निर्माण कार्य शुरु भएको विमानस्थल सञ्चालन गर्न जिल्लावासीको चासो बढिरहेका बेला नेम्वाङले परीक्षण उडान […]

भरिँदै गाउँ, खाली हुँदै सदरमुकाम

ध्रुवसागर शर्मा, म्याग्दी– सरकारी कामकाज स्थानीयस्तरमै हुन थालेपछि म्याग्दीका गाउँहरू भरिन थालेका छन् भने सदरमुकाम बेनीबजार खाली हुँदै जान थालेको छ । संघीयताको कार्यान्वयसंगै स्थानीय निकाय बलियो भएर ग्रामीण बस्तीसम्म यातायात सेवाको पहुँच विस्तार क्रमशः हुन थालेपछि सदरमुकाम बेनीबजारमा चहलपहल घट्दै गएको छ । मानिसको चहलपहल घट्न थालेपछि बेनी बजारमा सञ्चालित व्यवसाय पनि ओरालो लाग्दो […]

भ्रष्टाचार गर्दिनँ, कसैले भ्रष्टाचार गरे छाड्दिन पनिः प्रधानमन्त्री ओली

भरत केसी, बुटवल– प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन, नागरिकलाई आर्थिकरूपले सम्पन्न बनाउने कुरामा अब कुनै पनि कुरामा अल्झिन नहुने बताएका छन् । प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक समृद्धिका लागि मुलुकभित्र भएका मानवीय स्रोतसाधन, प्राकृतिक स्रोतसाधन, सीप ज्ञान, उपलब्ध पूँजी, संरचनाहरूको अधिकतम उपयोग गरेर आर्थिक विकासमा केन्द्रित हुनुपर्ने बताए । प्रधानमन्त्री ओलीले पहिलोपटक प्रदेश नं […]