लाहानमा गोली चल्दा एक युवकको मृत्यु

सिरहा (पास)– विवादका क्रममा गोली चल्दा सिरहाको अर्नमा गाउँपालिकामा एक युवकको मृत्यु भएको छ । लेनदेनसम्बन्धी विवाद बढेपछि हानेको गोली लागेर उक्त गाउँपालिका–१ निवासी २२ वर्षीय धर्मेन्द्रकुमार सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजेन्द्र भेटवालले जानकारी दिए । विवादकै क्रममा स्थानीयवासी सन्तोष सिंह लगायतका व्यक्तिले आइतबार राति करीब १२ बजेतिर […]

जागिर लगाई दिन्छु भन्दै धर्म परिवर्तन गराउन खोज्ने पक्राउ

काठमाडौं (पास)– महानगरीय प्रहरी परिसरले जागिर लगाई दिने भन्दै धर्म परिवर्तन गराउन खोज्ने तीन जनालाई पक्राउ गरेको छ । परिसरले नागार्जुन–४ मा चितवनकी लक्ष्मी भट्टराईलाई जागिरको प्रलोभन देखाएर धर्म परिवर्तन गराउन खोज्ने कास्कीकी सुमित्रा गौली, काठमाडौँकी राधिका महर्जन र चितवनकी फुलदेवी भट्टराईलाई वैशाख २१ गते पक्राउ गरी आज सार्वजनिक गरेको हो । जागिर लगाई दिने […]

लोकसंस्कृति संरक्षणको लागि महिलाले बजाउँछन नौमती बाजा

म्याग्दी– शुभ कार्यमा परम्परागत रुपमा पुरुषले मात्रै बजाउने गरेको नौमती बाजा अब महिलाले पनि बजाउन थालेका छन् । पञ्चेबाजा बजाउने चलन हराउँदै जान थालेको समयमा पोखरामा बसोबास गर्ने म्याग्देलीले भने महिला र पुरुष दुवैको सहभागितामा नौमती बाजा बजाउने प्रचलनको शुरुवात गरेका हुन् । नौमती बाजा बजाउनेमा महिलाले मादल, दमाह र झ्याली बजाउने गर्छन् । विवाह, […]

बस दुर्घटना हुँदा १४ जना घाइते, राजमार्ग अवरुद्ध

बैतडी (पास)– बैतडीको दशरथचन्द राजमार्गमा आज बिहान बस दुर्घटना हुँदा चालकसहित १४ जना घाइते भएका छन् । बिग्रेर सडकमा रोकिराखेको बस एक्कासि पछाडि(ब्याक) हुन गई सडकबाट १० मिटर तल सडकको अर्को घुम्तीमै खसेको थियो । बसबीच सडकमै खसेपछि दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि दशरथचन्द राजमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका […]

सोलुखम्बुमा लेक लागेर एक जापानीको मृत्यु

विराटनगर (रासस)– सोलुखम्बुमा लेक लागेर आइतबार एक जापानी नागरिकको मृत्यु भएको छ । खुम्बु पासाङल्हामु–४ स्थित लबुचे वेस क्याम्पमा लेक लागेर गम्भीर बिरामी भएका ४२ वर्षीय कुगा टाकाहिरोको मृत्यु भएको इलाका प्रहरी कार्यालयलाई उद्धृत गर्दै १ नं प्रहरी प्रदेश कार्यालय विराटनगरले जनाएको छ । लुक्लास्थित निकोल निकिल अस्पताल ल्याउने क्रममा उनको मृत्यु भएको हो । […]

मानवीय कार्यमा प्रवासमा सक्रिय बन्दै इलाम सेवा समाज, प्रेम राई बचाउ अभियानलाई १ लाख बढी प्रदान

काठमाडौं (पास)– २३ जनवरी २०१५ मा कतारमा स्थापित इलाम सेवा समाज दोहा कतार इलाम जिल्लाबाट विदेशिएका इलामेलीहरुद्वारा स्थापित सेवामुखी संस्था हो । परदेशमा रहँदा इलामेलीहरुलाई केही गाह्रो–अफ्ठ्यारोमा भरथेग अनि सहयोग गर्ने हेतुले शुरु गरिएको उक्त संस्थाले सुरुवाति चरणबाटै अत्यन्तै सक्रियताको साथ काम गरिरहेको छ । प्रवासमै रहेर मेहनतले आर्जेको रकममध्ये केही अंश सामाजिक कार्यको लागि […]

रोगले थलिएका डा. उपेन्द्र देवकोटालाई पत्र

श्रद्धेय डाक्टरसाहेब, असीम श्रद्धा  अचानक तपाईं उपचारको लागि बेलायत गएको खबरले हामी मर्माहत भएका थियौं । त्यो समयमा अनेक हल्ला चले । जस्तो, तपाईंलाई पित्तनलीको क्यान्सर भएको, पित्तथैलीको क्यान्सर भएको, प्यान्क्रियाजको क्यान्सर भएको, यहाँ उपचार सम्भब नभएकोले बेलायत गएको आदि । त्यसको केहि समयपछि पारिवारिक स्रोतलाई उधृत गर्दै उहाँलाई क्यान्सर नभएको, सामान्य जांचपछि आराम गरेको […]

गृहमन्त्रीको निर्देशनपछि व्यवसायी पक्राउ पर्न थाले

काठमाडौं (पास)– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सिन्डिकेट खारेज गर्ने सरकारको निर्णयको विरोध गर्दै यातायात सेवा ठप्प पार्ने व्यवसायीलाई कारवाही गर्न देशभरका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएसँगै यातायात व्यवसायी पक्राउ पर्न थालेका छन् । निर्देशनपछि बुटबलबाट पश्चिम नेपाल बस व्यवसायी समितिका पदाधिकारी जीवन बञ्जाडे र पदम गाहामगर पक्राउ परेका छन् । बञ्जाडे उपाध्यक्ष र गाहा […]

बिन्दुको ‘सत्य कुरा नभनेर’ सार्वजनिक

लालबहादुर ढेंगा, युएई– सांगीतिक यात्राको एक दशकभन्दा बढि लामो यात्रामा थुपै्र प्रकारका गीत गाएकी युवा गायिका बिन्दु राईको अर्को नयां आधुनिक गीत “सत्य कुरा नभनेर” म्युजिक भिडियो सार्वजनिक भएको छ । खोटाङ जिल्ला हलेसी तुवाचुङ नगरपालिका–९, सल्लेमा जन्म भई हुर्किएकी बिन्दु राई सानो उमेरदेखि नै गीत गाउने रहर भएको बताउछिन् । हजुर आमा, हजुर बाबा, […]

सिन्डिकेट विरुद्ध मन्त्री महसेठको कडा स्टाटस

काठमाडौं (पास)– भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले समाजिक सञ्जालमा सिन्डिकेटधारी यातायात व्यासायीविरुद्ध निकै कडा स्टाटस पोष्ट गरेका छन् । आजदेखि अनिश्चितकालिन यातायात हड्तालमा उत्रिएका यातायात व्यवसायीविरुद्ध शुक्रबार ‘आफू जाने गन्तब्यसम्म आफ्नो सवारीमा अट्ने यात्रु राखेर आफूलाई पायक पर्ने ठाउँसम्म लिफ्ट दिई सहयोग गर्नुस अरु सिन्डिकेट तोड्ने काम हामी गर्छौ ।’ भन्ने चुनौतीपूर्ण अभिव्यक्ति […]