नेपालकै अग्लो ह्यात्रुङ झरनामा पानी सुक्यो

प्रकाश धौलाकोटी, तेह्रथुम– जिल्लाको फेदाप गाउँपालिका वडा नं ४ र ५ को सिमानामा रहेको नेपालकै अग्लो ह्यात्रुङ झरनामा पानी सुकेको छ । झरनामा खसिरहेको पानी आसपासका वनमा रहेका अलैँची बगानमा सिँचाइका लागि लगिएपछि झरना पानीविहीन बनेको छ । झरना हेर्न र रमाउनका लागि पुगेकाहरू अहिले निराश भएर फर्कने गरेका छन् । ह्यातुङ पनि भनिने तीनसय […]

गर्मीमा यसरी आफ्नो अनुहारको सुरक्षा गर्नोस्

काठमाडौं– गर्मी मौसममा चर्को घामको किरणले स्किनलाई हानि गर्छ । त्यस्तै, चर्को घामकै कारण शरीरमा उत्पन्न हुने पसिनाले पनि छालामा विभिन्न समस्या सिर्जना गर्छ । त्यसैले गर्मी मौसममा आफ्नो छालाको सुरक्षाका लागि यस्ता केही टिप्स फलो गर्न सकिन्छ । भिटामिन सीको प्रयोग स्वास्थ्यका लागि भिटामिन सी निकै महवपूर्ण मानिन्छ । तर, यसले शारीरिक स्वास्थ्य मात्र […]

चक्कु प्रहारबाट सात विद्यार्थीको हत्या

काठमाडौं– चीनको शानशी प्रान्तको एक स्कूलमा बाहिर एक आक्रमणकारीले सात विद्यार्थीको ज्यान लिएका थिए ।चाकुबाट गरिएको आक्रमणका क्रममा अन्य १२ विद्यार्थी घाइते भएका छन् । मारिनेमा पाँच छात्रा र दुई छात्र छन् ।प्रहरीले संदिग्ध आक्रमणकारीलाई नियन्त्रणमा लिएको जनाएको छ ।अधिकारीहरुका अनुसार यो घटना मिजा क्षेत्रको एक स्कूलको नजिक भएको हो । सबै विद्यार्थी विद्यालय सकिएपछि […]

स्वान्सी सिटी चेल्सीसगं पराजित, लिभरपुल स्टोक सिटी बराबरी

काठमाडौं– इङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सीले स्वान्सी सिटीलाई १–० ले हराएको छ ।गएराति स्वान्सी सिटीको मैदानमा भएको खेलमा पाहुना टोली चेल्सीलाई विजयी गराउन स्पेनिस खेलाडी फाब्रिगासले निर्णायक गोल गरे ।जितसँगै चेल्सीले प्रिमियर लिग फुटबलको शीर्ष चारभित्र पर्ने सम्भावना जिवित राखेको छ । गएराति भएको अर्को खेलमा लिभरपुललाई रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको स्टोक सिटीले गोलरहित बराबरीमा […]

आज कांग्रेस बैठकमा महामन्त्रीको राजनीतिक प्रतिवेदन प्रस्तुत गरिदै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ ।पार्टी कार्यालय सानेपामा बस्ने आजको बैठकमा महामन्त्री शशांक कोइरालाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ ।यसअघि हिजोको बैठकमा महामन्त्रीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने बताइएको भए पनि प्रतिवेदनका विषयमा सहमति जुट्न नसकेपछि बैठक बस्दै नबसी स्थगित भएको थियो । प्रतिवेदनमा सहमति जुटाउने प्रयास भइरहेको बताइएको छ […]

विवाह मण्डपबाटै दुलाहा दुलही पक्राउ

रुकुम (रासस)– जिल्लाको सानीभेरी गाउँपालिकामा विवाह भइरहेको अवस्थामा दुलाहा दुलहीलाई प्रहरीले पक्राउ गरेको छ । गाउँपालिका वडा नं वडा नं ७ स्थित जैधुनेमा बाल विवाह गरिरहेका एक जोडीलाई प्रहरीले पक्राउ गरेको हो । बालविवाह गर्न लागेको सूचनाका आधारमा प्रहरीले दुलाहा दुलहीलाई विवाह मण्डपबाटै पक्राउ गरेको थियो । केटाकेटीबीच केही दिनअघि प्रेम विवाह भएको थियो । […]

च्याउबाट मनग्य आम्दानी

धनबहादुर भण्डारी, डडेल्धुरा– अधिकांश युवा कामको खोजीका लागि विदेश भौँतारिइरहेका बेला डडेल्धुराका केही युवाले भने च्याउ खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । च्याउ खेतीबाट यी युवा अहिले मासिक रु एकदेखि दुई लाखसम्म आम्दानी गर्न सफल भएका छन् । दैनिक ८० देखि १०० किलो च्याउ स्थानीय बजारदेखि जिल्ला सदरमुकाममा बिक्री गरिरहेको च्याउखेतीमा लागेका गन्यापधुरा–१ अशिग्राम, […]

इटहरीमा आगलागी

इटहरी (पास)– सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ पारुहाङ चोकस्थित घना बजार क्षेत्रमा शुक्रबार राति आगलागी हुँदा चार पसल घर जलेर पूर्ण सखाप हुँदा कम्तीमा एक करोड नोक्सानी भएको छ । समयमा नै वारुणयन्त्र नपुग्दा ठूलो नोक्सानी ब्यहोर्नुपरेको स्थानीयवासीले गुनासो गर्नुभएको छ । राति १२ बजेतिर सबै सुतेको र ती पसलघरमा प्रायः मानिस नभएका स्थितिमा एकाएक विद्युत् […]

बारपाकका २७ दलित परिवार छाप्रामुनि कष्टप्रद दैनिकी बिताउँदै

पूर्णप्रसाद मिश्र, गोरखा– एकसाथ गल्र्यामगुल्र्युम ढलेका वरपरका घर विस्तारै ठडिदै जाँदा आफ्नो घर बनाउने कुनै टुंगो नभएपछि गैरीगाउँ र डाँडागाउँका दलित समुदाय अझै छाप्रामुनि कष्टप्रद जीवन धान्न बाध्य छन् । भूकम्पको केन्द्रबिन्दुमा असह्य पीडा व्यहोरेका साविकको बारपाक गाविस–५, गैरीगाउँ र डाँडागाउँका ३२ दलित परिवारमध्ये २७ परिवार अहिलेसम्म हिउँदमा तपतप शीत र वर्षामा पानी चुहिने छाप्रामा […]

फेसबुकको कमेन्टमा झगडा गर्दा दुई घाइते

दमक (पास)– सामाजिक सञ्जाल फेसबुकमा लेखेको कमेन्टको विषयलाई लिएर दुई समूहका युवाबीच झगडा हुँदा झापाको दमकमा बिहीबार दुईजना घाइते भएका छन् । युवा समूहवीच छुरा तथा बोतल हानाहान हुँदा दमक–५ का दुई युवा घाइते भएका हुन् । घाइते हुनेमा दमक–५ का सन्दीप मगर र सिद्धान्त आचार्य रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरीका […]