दुई कोरियाबीच शिखर बैठक शुरु

गोयाङ, दक्षिण कोरिया (रासस/सिन्ह्वा)– दक्षिण कोरिया र उत्तर कोरियाका नेताहरुको शिखर बैठक शुक्रबार सुरु भएको छ । बैठकमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसहितको दुवै देशका नेताहरुले एक आपसमा पटक पटक भेटवार्ता गर्ने र सम्वन्धलाई थप मजबुद बनाउदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । दक्षिण कोरियाको राष्ट्रपति […]

कक्षा १२ को परीक्षा शुरु, चारलाख १५ हजार विद्यार्थी

भक्तपुर (पास)– माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ को परीक्षा देशभर एकैसाथ शुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षा आज बिहान ७ बजेदेखि देशभरका एक हजार ५१ परीक्षा केन्द्रमा शान्तिपूर्णरुपमा शुरु भएको बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए । सबैभन्दा बढी काठमाडौँमा ११४ वटा र सबैभन्दा कम मनाङ र मुस्ताङमा […]

त्रिशूलीमा ग्यास बुलेट पल्टियो, चालकको मृत्यु

धादिङ, दार्खा (पास)– धादिङको मलेखुस्थित त्रिशूली नदीमा आज बिहान ग्यास बुलेट पल्टिँदा चालकको मृत्यु भएको छ । काठमाडौँ जाँदै गरेको एचआर ५५ क्यु ८६३० नं को लोड ग्यास पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ मलेखु नजिकै पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । मृत्यु हुनेमा भारत घर भएका ३६ वर्षीय सुरेन्द्र सिंह रहेको […]

ओडारबाट घरमा सरे चेपाङ

चितवन– नयाँ पिँडीमा दुईवटा काठको फलेकमाथि बोरा ओछ्याएर आगन्तुकलाई नमस्कार गर्दै थिए ८० वर्ष नाघेका रुपसिंह चेपाङ (प्रजा) । बिहीबार बिहानसम्म उनी ओडारमै थिए । दाताको सहयोगमा नयाँ घर बनेपछि बिहीबारमात्रै स्थानीयवासीले उनलाई सारेर नयाँ घरमा भित्र्याए । पिँडीमा हँसिलो मुद्रामा देखिएका रुपसिंहका सबै दाँत किराले खाएर कालै देखिन्थ्यो । आगन्तुकसँगै मजैले गफिँदै पनि थिए […]

युवा विदेशिएपछि गाउँमा जनशक्ति अभाव

तेह्रथुम– रोजगारीका लागि युवा विदेशिन थालेपछि जिल्लामा कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको चरम अभाव भएको छ । पढाइ, रोजगारी र अन्य अवसर खोज्दै युवा गाउँबाट पलायन भइरहेका छन् । युवाशक्तिले गाउँ छाडेपछि कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव भएको छ । वर्षेनी काम गर्ने जनशक्ति अभावकै कारण खेतीयोग्य जमिन, खेतबारी र बगान क्षेत्र जंगलमा परिणत […]

वैदेशिक रोजगार ठगीबाट युवा झनै पीडित

मीना घोरसाइने, काठमाडौं– झापाका २७ वर्षीय महेश यादव (नाम परिवर्तन) र इटहरीका ३१ वर्षीय हरि खड्का (परिवर्तित नाम) गत अघिल्लो वैशाख महिनामा कोरिया जान धादिङका रमेश दनुवार (नाम परिवर्तन) लाई दुई लाख रुपैयाँ दिएका थिए । गत चैत महिनामा कोरिया जाने मिति तय गरियो । पीडित यादव काठमाडौं आए तर उनलाई एकछिन लजमा बस्दै गर्नु […]

यस बर्षको कक्षा १२ र ११ को परीक्षाको तयारी सकियो

भक्तपुर– देशभर वैशाख १४ गतेदेखि शुरु हुने माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ र वैशाख ३० गतेबाट शुरु हुने कक्षा ११ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोर्डका सदस्यसचिव दुर्गा अर्यालले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै बिहान ७ बजेदेखि १० बजेसम्म […]

चालू आवमा ७९५ बलात्कारका घटना प्रहरीमा दर्ता

काठमाडौं (पास)– नेपाल प्रहरीको तथ्याङ्कअनुसार चालू आवको फागुनसम्ममा प्रहरीमा ७९५ बलात्कारसम्बन्धी घटनाको उजुरी दर्ता भएको छ । अघिल्लो आवमा एक हजार १३१ वटा बलात्कारसम्बन्धी घटनाको उजुरी प्रहरीमा परेको काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्रप्रसाद शर्माले जानकारी दिए । महिलाका लागि साझा अभियान, नवौँ मानव अधिकार राष्ट्रिय महाभेला तथा संकल्पले आज राजधानीमा आयोजना गरेको महिला सुरक्षासम्बन्धी कार्यक्रममा […]

सेलिसा र अभियानलाई ‘च्याम्प चितवन २०७५’ को उपाधि

राजेन्द्र आचार्य, चितवन– च्याम्प चितवन २०७५ को सेलिसा आचार्य र अभियान पौडेलले हात पारेका छन् । गैडाकोटको नारायणी नदी कनिारमा रहेको होटल नारायणी रिर्साेर्टमा फाईनलमा उत्कृष्ट प्रस्तुती दिदै बालिका तर्फ सेलेस्ता आचार्य र बालक तर्फ अभियान पौडेलले उपाधि हात पारेका हुन् । उपाधिसँगै नगद १५/१५ हजार रुपैयाँ, साईकल, ट्रफ्रि र प्रमाणपत्र संयुक्त रुपमा प्रतियोगीतामा फस्ट […]

आइसीसीका १०४ राष्ट्रलाई टी–२० मान्यता

काठमाडौं (पास)– अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) सँग आबद्द सबै राष्ट्रहरुले टि–ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेका छन् । भारतको कोलकातामा बिहीबार बसेको आईसीसीको बोर्ड बैठकले सबै टि–ट्वान्टी खेललाई अन्तर्राष्ट्रिय मान्यता दिने निर्णय गरेको हो । आईसीसीको यो निर्णयसँगै आईसीसीसँग आबद्द राष्ट्रको पुरुष र महिला टोलीले खेल्ने टि–ट्वान्टी खेललाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुने छ । आईसीसीसँग टेष्ट […]