भारतमा बालिकामाथि बलात्कार गर्नेलाई मृत्युदण्ड दिने कानून बन्यो

नयाँदिल्ली, भारत (रासस/एएफपी)– भारत सरकारले बालिकामाथि बलात्कार गर्ने व्यक्तिलाई मृत्युदण्ड दिने कानूनलाई शनिबार अनुमोदन गरेको छ । हालै भारतको जम्मु काश्मिरमा एक आठ बर्षीया बालिकामाथि भएको बलात्कारको घटना र भारतमा दैनिक करिब ५० जनाको दरमा बलात्कारका घटना हुन थालेपछि सरकारले बलात्कारीलाई मृत्युदण्ड दिने कानूनलाई अनुमोदन गरेको हो । प्रधानमन्त्री नरेन्द्र मोदीले कमनवेल्थ शिखर सम्मेलनबाट फर्केलगत्तै […]

भ्रष्टाचारको दलदलमा विश्वका नेता

जीवन भण्डारी, काठमाडौँ– विश्व जति सभ्य र विकसित हँुदै गइरहेको छ, भ्रष्टाचारका नमिठा खवर पनि उत्तिकै आइरहेका छन् । हुनत अहिले सूचना र सञ्चारको प्रभाव बढी भएर पनि यस्ता खवरहरु बढी सार्वजनिक भएका र बढी फैलिएका होलान् र यस्ता समाचारमा कमी नआउनु भने दुर्भाग्य अवश्य हो । विश्व वैंकको एक तथ्यांकअनुसार हरेक वर्ष एक खर्ब […]

मापदण्ड विपरीत क्रसरले बनाएको कुलोमा डुबेर बालकको मृत्यु

आदित्य दाहाल, मेलम्ची– सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका– १३ फट्केश्वरमा क्रसरले बनाएको कुलोमा बिहीबार डुबेर एक बालकको मृत्यु भयो । स्थायी ठेगाना भोजपुर भएका र मामाघर मेलम्ची नपा–१२ गिरानचौर आएका ११ वर्षीय कर्साङ तामाङको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी नायब निरीक्षक श्रीराम केसीले बताए । गंगा इन्द्रावती क्रसरले खनेको कुलोमा डुबेर बालकको मृत्यु […]

पार्टी एकताबारे दुई अध्यक्षबीच गम्भीर वार्ता

काठमाडौँ (पास)– पार्टी एकताकाबारे मिल्न बाँकी विषयमा नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज पनि गम्भीर छलफल भएको छ । पार्टी एकता संयोजन समितिले वैचारिक र सांगठनिक कार्यदलका प्रतिवेदनलाई अन्तिम टुंगोमा पु¥याउन दुई अध्यक्षलाई जिम्मेवारी दिएको थियो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले […]

स्व. राजा वीरेन्द्रको नक्सांकन बियर बेचिँदै

काठमाडौं– एक स्वीस कम्पनीले स्व. राजा वीरेन्द्रको फोटो अंकित बियर बिक्रि गरिरहेको छ । ‘वीरेन्द्र बियर’को नाममा वीरेन्द्रले हातमा बियर लिएर मुस्कुराउँदै गरेको राजा वीरेन्द्रको फोटो राखेको छ भने पृष्ठभूमिमा पाँच तले मन्दिर पनि देखिन्छ । Turbinenbräu नामको स्विस कम्पनीले उत्पादन गरिरहेको यो बियरलाई स्पाइस्ड–हर्ब्ड स्टाइलको बियरको श्रेणीमा राखिएको छ। यसको एउटा बोतलको मूल्य १.८५ […]

एमाले र माओवादी केन्द्रबीचको एकीकरण टर्दैनः नेता नेपाल

बर्दिवास (पास)– नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको एकीकरण अब कसैको इच्छा र लहडले नटर्ने बताएका छन् । महोत्तरीको बर्दिवासमा आज नेकपा (एमाले) बर्दिवास नगर कमिटीले आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्था र कार्यभार’ विषयक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले अब बाहिरी शक्ति मात्र नभई एमाले र माओवादी […]

गुरुङको व्यस्तता बढ्दो

काठमाडौं– पछिल्लो समय हास्यकलाकार शेरबहादुर गुरुङ निकै व्यस्त बन्दै आएका छन् । कञ्चनपुरका शेरबहादुरलाई पछिल्लो समय कार्यक्रमहरूको निकै दौडधुपका कारण धेरै व्यस्त बन्दै आएका छन् । शेरबहादुर हास्यकलाकार मात्र नभएर जादूगर पनि भएकाले उनी आजभोली व्यस्त बन्दै गएका छन् । सानैदेखि स्कुलमा हुने कार्यक्रमहरूमा नाच्दै हिंडेका शेरबहादुरलाई कञ्चनपुर छदादेखि नै हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको […]

मुख्यमन्त्री राई–आवास हस्तान्तरण

इटहरी (पास)– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बारम्बार मानवबस्तीमा कहाली लाग्दो क्षति नोक्सानी पु¥याउँदै आएको इटहरी उपमहानगरपालिका तथा सुन्दरहरैचा नगरपालिकाबीचमा रहेको बूढीगङ्गा नदीलाई अल्पकालीन र दीर्घकालीन योजनामार्फत रोकथामका लागि प्रदेश सरकारले विशेष ध्यान दिने कुरामा जोड दिएका छन् । मुख्यमन्त्री राईले आज बूढीगङ्गा नदीमा गत साउन २७ गते राति आएको बाढीबाट घरबारविहीन बन्न […]

भारतीय आईएम हर्ष भाराथाकोटीलाई उपाधि

काठमाडौं (पास)– ओपन अन्तर्राष्ट्रिय जीएम बुद्धिचाल प्रतियोगिताको उपाधि २४२४ रेटेड भारतीय इन्टरनेशनल मास्टर हर्ष भाराथाकोटीले जितेका छन् । उनले अन्तिम तथा नवौं चरणको खेलमा अजरबैजानका २५०४ रेटेड ग्राण्ड मास्टर अजर मिर्जोभसँग बराबरी खेलेसँगै ७.५ अंकका साथ उपाधि उचालेका हुन् । हर्षाले छ खेलमा जीत निकालेका थिए भने तीन खेलमा बराबरी खेलेका थिए । हर्षले नगद […]

दरबारमार्गमा दफनाइएकी ‘महक परी’

काठमाडौँ– दरबारमार्गबाट बागबजार जाने बाटोतिरको रत्नपार्कको आकाशे पुल चढ्दा बायाँतिर हेर्नुभयो भने मार्बल ओछ्याइएको एउटा साँघुरो स्थान देखिन्छ। धेरैलाई पत्तै छैन, यहाँको माटोभित्र भारतको एउटा इतिहास गाडिएको छ। एउटी त्यस्ती वीराङ्गना जसले अङ्ग्रेज शासकहरुसँग विद्रोह गरिन्, तर अन्तिममा उनले मृत्युपछि चीरनिद्राका लागि आफ्नै जमिनसमेत पाइनन्। विरानो देशमा अवधकी बेगमको समाधिस्थल धेरैसमयसम्म अनजान र अलपत्र रह्यो। […]