मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम तय

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तारको तयारी गरेसँगै आजै ४ बजेका लागि राष्ट्रपति भवन, शीतल निवासमा मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम तय भएको छ ।फागुन ३ गते प्रधानमन्त्री नियुक्त नेकपा एमालेका अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्र र सकेसम्म मधेशी जनाधिकार फोरम नेपाललाई समेत समेटेर मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् ।हाल मन्त्रिपरिषद् तीन सदस्यीयमात्र छ भने […]

अरनिको राजमार्ग मर्मत नहुँदा चालक र स्थानीयलाई सास्ती

धुलिखेल– अरनिको राजमार्गअन्तर्गत धुलिखेलदेखि खावा सडकखण्डको मर्मत कार्यमा सम्बन्धित पक्षले बेलैमा ध्यान नदिँदा सवारी चालक, यात्रु तथा स्थानीय बासिन्दाले सास्ती ब्यहोर्दै आइरहेका छन् ।सो सडक मर्मतका लागि भनेर बजेट छुट्याए पनि काममा ढिलाइ भएपछि सो राजमार्ग भएर चल्ने सवारीसाधन, यात्रु र सो क्षेत्र आसपासका स्थानीय बासिन्दाले समस्या ब्यहोर्नु परेको हो । स्थानीय बासिन्दा राधा ठकुरीले […]

यस्ता छन् बेसारले स्वास्थ्यमा हुने फाइदाहरु

भान्सामा नभई नहुने मसला बेसार स्वास्थ्यका दृष्टिले निकै उपयोगी मानिन्छ । यो मध्यपूर्व र दक्षिणपूर्वी एशियामा हजारौं वर्षदेखि प्रयोगमा आएको विश्वास गरिन्छ । आयुर्वेद र चिनिया औषधि विज्ञानमा बेसार संक्रमण स्वस्थ पार्न र शरीरभित्र तथा बाहिरको जलन निको पार्न प्रयोग हु“दैं आएको पाइन्छ । आयुर्वेदमा त यो सबैभन्दा उपयोगी प्राकृतिक एन्टिबायोटिक मानिन्छ । तर पश्चिमी […]

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा अनिश्चितकालिन तालाबन्दी

राजविराज– महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजलाई नवस्थापित राजर्षि जनक विश्वविद्यालयमा गाभ्ने सरकारी निर्णायको विरोध गर्दै आजदेखि अनिश्चित तालाबन्दी गरिएको छ ।नेपाल प्राध्यापक संघ क्याम्पस एकाइ राजविराजको नेतृत्वमा क्याम्पसका प्राध्यापक, शिक्षक तथा कर्मचारीले उक्त निर्णय नसच्याइएको भन्दै क्याम्पसको मूलढोकामै तालाबन्दी गरेको क्याम्पसका निर्मल न्यौपानेले बताए । विश्वविद्यालयमा जनकपुरको राराव क्याम्पस, सिरहाको सत्यनारायण सूर्यनारायण मरबैता बहुमुखी क्याम्पस […]

२६ वर्षपछि पुन: बलेवा विमानस्थल सञ्चालनमा आउँदै

बागलुङ– बन्द भएको २६ वर्षपछि बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थल सञ्चालनको तयारीमा छ । आउँदो चैत दोस्रो साताभित्र उडान शुरु गर्ने गरी विमानस्थलको प्राविधिक र व्यवस्थापकीय कामलाई तीव्र पारिएको छ । नागरिक उड्डयन प्राधिकरणले गरेको प्राविधिक अध्ययन प्रतिवदेनको सुझाव अनुसार काम भइरहेको हो । सोमबार प्राधिकरणको प्राविधिक टोली आवश्यक यन्त्र, उपकरण जडानका लागि आइपुग्ने बागलुङ […]

चर्चित अभिनेत्री श्रीदेवीको निधन

मुम्बई– भारतीय चलचित्र जगत बलिउडकी एकजना चर्चित अभिनेत्री श्रीदेवीको गएराति निधन भएको दुःखद खबर छ ।श्रीदेवी संयुक्त अरब इमिरेट्समा आफन्तको वैवाहिक कार्यक्रममा सहभागी हुन गएका बेला शनिबार राति उनलाई हृदयाघात भएको परिवारिक स्रोतले जनाएको छ ।उनको निधनको समाचारले भारतीय सिने जगतका साथै उनलाई मनपराउने सर्वसाधारण सबै नागरिक स्तब्ध भएका छन् । साथै यस निधनप्रति भारतका […]

दीपिकाले पाईन् ५०० रूपैयाँ

दीपिका पादुकोण अभिनित ‘पद्मावत’ विभिन्न विरोध र धम्की झेल्दै रिलिज भयो । रिलिजपछि फिल्मले वक्सअफिसमा लोभलाग्दो कमाइ गर्दै सफलताको झण्डा गाड्यो र हेर्नेजत्तिले दीपिकाको कामको खुलेर तारिफ गरे । यसरी खुसी हुनेमा फिल्मका निर्माता निर्देशक संजय लिला भन्साली पनि एक हुन् । उनले दीपिकाको कामबाट असाध्यै खुसी भएर उनलाई ५०० रूपैयाँको नोट प्रदान गरेका थिए […]

उत्पादन घटेपछि माटो परीक्षण शिविर

पर्वत– माटोमा उत्पादन क्षमता कम हुँदै जाँदा अन्नबाली उत्पादनमा ह्रास आएपछि यहाँको एक नगरपालिकाले माटो परीक्षण शिविर सञ्चालन शुरु भएको छ ।पर्वतको फलेवास नगरपालिकाले व्यावसायिक कृषिका लागि माटो परीक्षण गर्न शुरु गरेको हो । माटो परीक्षण गरी उत्पादन वृद्धि गर्नका लागि नगरपालिकाका ११ वटै वडाका किसानबाट माटो संकलन गरी शुक्रबारबाट परीक्षण गर्न थालिएको हो । […]

चुरोट कारखानाको भवनमा मन्त्रालय स्थापना

धनुषा– जनकपुर उपमहानगरपालिकास्थित जनकपुर चुरोट कारखाना (जचुकाली) को प्रांगण भित्रको भवनमा प्रदेश २ का मन्त्रालयहरु स्थापना गरिएको छ ।जचुकालीको चार तल्ले अधिकृत निवास भवनमा प्रदेश २ का चारवटा मन्त्रालय स्थापना गरिएको छ । जसको पहिलो तल्लामा सामाजिक विकास, दोस्रोमा आर्थिक मामिला तथा योजना, तेस्रोमा आन्तरिक मामिला तथा कानून र चौथोमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको […]

मोटरेबल पुल निर्माणले गति लियो

ताप्लेजुङ– ताप्लेजुङका दुई निर्वाचन क्षेत्रलाई जोड्ने दोभानस्थित तमोर नदीमाथिको मोटरेबल पुल निर्माण कार्यले तीव्रता पाएको छ ।सम्झौताअनुसार ठेकेदार कम्पनीले समयमा काम नगर्दा आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको उक्त पुलको निर्माण कार्य अहिले तीव्रता पाएको हो । टेका लगाएर पुल जडान गर्ने कार्य भइरहेको छ । अहिलेसम्म करिब ७० प्रतिशत काम पूरा भएको छ भने बाँकी […]