वातावरण प्रदूषित बनाउँदै इँटा भट्टा

धुलिखेल– इँटा भट्टा सञ्चालन गरेका कारण धुवाँ र धुलोले ढाक्न थालेपछि काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको मुख्य बजार भकुण्डेको वातावरण प्रदूषित हुँदै गएको छ ।उब्जनी हुने फाँटमा इँटा भट्टा सञ्चालनमा आएपछि नमोबुद्ध नगरपालिका– २, ३, ४ र ७ मा धुलो र धुवाँले असर गर्न थालेको स्थानीय बासिन्दाले बताएका छन् । स्थानीयवासी शंकर दंगाल इँटा भट्टामा सामान ओसार्न […]

‘आइरन चक्की’ दिनुपर्ने गर्भवतीलाई जुकाको औषधि

बाबियाचौर– म्याग्दीको बेनी अस्पतालको औषधि वितरण कक्षका स्वास्थ्यकर्मीले आइरन चक्की दिनुपर्ने गर्भवती महिलालाई जुकाको औषधि (अल्वेण्डाजोल)को बट्टा दिएको खुलासा भएको छ ।विसं २०७४ मंसिर ४ गते अस्पतालमा गर्भपरीक्षण गराएकी बेनी नगरपालिका–५ सेतोढुङ्गाकी समीक्षा खत्री कुँवरलाई सोही दिन औषधि वितरण कक्षमा रहेका स्वास्थ्यकर्मीले अल्बेण्डाजोलको बट्टा दिएका थिए । कुँवर र उनका परिवारले माघको २३ गतेमात्रै आफूलाई […]

चर्चित फुटबल खेलाडी नेइमारको खुट्टाको हड्डी भाँचियो

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट फुटबल खेल्दै आएका नेइमारको खुट्टाको हड्डी भाँचिएको छ । नेइमारले अब केही समय फुटबलबाट बिश्राम लिनुपर्ने भएको छ ।गत अगस्ट महिनामा पीएसजीमा अनुवन्ध भएपछि नेइमारले ३० खेलमा २९ गोल गरिसकेका छन् । उनी त्यसअघि बार्सिलोनाबाट खेल्दथे । पीएसजीले २ सय मिलियन पाउण्ड तिरेर नेइमारलाई आफ्नो क्लबमा ल्याएको थियो जुन […]

गुल्मीमा नक्कली नोट भेटियो

गुल्मी– गुल्मीमा रु ५०० को नक्कली नोट भित्रिएको छ ।हिजो सदरमुकाम तम्घासस्थित ग्लोबल आइएमइ बैंकले नोटको सर्टिङ गर्ने क्रममा उक्त नक्कली नोट फेला पारेको हो । स्थानीय भगवान सप्लायर्सका युवराज पाण्डेले बैंकमा जम्मा गर्न ल्याएको रकममा उक्त एक थान रु ५०० को नक्कली नोट फेला परेको बैंकका प्रबन्धक योगेन्द्र रायमाझीले बताए । फेला परेको ९४६७९६ […]

सिरियामा जारी हमला दैनिक पाँच घन्टा रोक्न रुसका राष्ट्रपतिको निर्देशन

काठमाडौं– रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियामा विद्रोही समूहको कब्जामा रहेको गुटामा जारी हमला तत्काल रोक्न निर्देशन दिएका छन् ।राष्ट्रपति पुटिनले दैनिक ५ घण्टा आक्रमण रोक्न निर्देशन दिएका हुन् । अब सिरियामा स्थानीय समयअनुसार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म आक्रमण नहुने रुसी रक्षामन्त्री सर्गेयु सोएगुले जानकारी दिएका छन् ।रुसी सहयोग पाएको सिरियाली सरकारले विद्रोही नियन्त्रित […]

माथिल्लो भोटेकोशी आयोजनाको पुनःनिर्माण शुरु

चौतारा– माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाको पुनःनिर्माण कार्य शुरु भएको छ । २०७२ सालको भूकम्प र २०७३ सालको बाढीले तहसनहस भई विगत तीन वर्षदेखि बन्द रहेको ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजना पुन निर्माण कार्य सुरु गरीएको हो । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निजी क्षेत्रबाट सञ्चालित सो आयोजनो सकिन अझै दुई वर्ष पर्खन पर्ने भएको छ । […]

अस्पताल परिसरमा लागुऔषध कारोबार

भक्तपुर – भक्तपुर अस्पताल परिसरमै लागुपदार्थ दुव्र्यसनी र कारोवारीबीच विभिन्न नामका लागुऔषध किनबेच हुने गरेपछि अस्पतालको विश्वसनियता देखिएको छ । अस्पतालको चौरमा खुलेआम लागुपदार्थ दुव्र्यसनी र कारोवारीबीच विभिन्न नामका लागुऔषध किनबेच हुँदै गरेको तथ्य सार्वजनिक भएको छ । मंगलबार अस्पताल परिसरबाट ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर, हेटौँडा उपमहानगरपालिका वडा नं […]

छ महिनापछि क्याम्पसको तालाबन्दी खुल्यो

लहान– करिब छ महिनादेखि सदरमुकाम सिरहास्थित सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसमा लगाइएको तालाबन्दी आज खुलेको छ ।क्याम्पसमा तालाबन्दी गरेको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) र क्याम्पस प्रशासनबीच हिजो भएको वार्तामा सहमति भएपछि आजबाट तालाबन्दी खोलिएको हो । क्याम्पस प्रशासनसँग सात बुँदे सहमति भएपछि गत असोज पहिलो सातादेखि लगाइएको तालाबन्दी खोलिएको अनेरास्ववियु सिरहाका अध्यक्ष सुदन […]

अभियुक्त रेशमलाल चौधरी अदालतमा

धनगढी– टीकापुर घटना गराएको आरोपमा फरार सूचीमा रहेका रेशमलाल चौधरी जिल्ला अदालत कैलालीमा उपस्थित भएका छन् ।कैलालीको टीकापुर घटना लगत्तै फरार रहेका चौधरी आज जिल्ला अदालतमा आफैं उपस्थित भएका हुन् । चौधरी प्रतिनिधिसभा सदस्यमा कैलाली क्षेत्र नं १ बाट राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएका थिए । अहिले जिल्ला न्यायाधिश पर्शुराम भट्टराईको एकल इजलाशले बयान लिने […]

कामकाजविहीन नगर विकास

भीमदत्तनगर– सरकारकै ढिलासुस्ती र बेवास्ताका कारण कञ्चनपुरको महेन्द्रनगर नगरविकास समिति विगत अढाइ वर्षदेखि कामकाज विहीन बनेको छ ।समितिसँग रहेको जग्गा लिज, बिक्री वितरणलगायतका विषयमा अनियमितता भएको भन्दै २०७२ साल भदौ १४ गतेको मन्त्रिपरिषद्को निर्णयले महेन्द्रनगर नगरविकास समितिको कामकाज छानबिनका लागि भन्दै रोकेको थियो । नगरविकास समितिको कामकाज रोकेर उच्चस्तरीय छानबिन समिति गठन गरी छानबिनसमेत गरिएको […]