फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनको तालिका सार्वजनिक

काठमाडौं (पास)– निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन यही फागुन २९ गते हुने तय भएसँगै निर्वाचनको तालिका सार्वजनिक गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज आयोगमा बसेको बैठकले यही फागुन २९ गते राष्ट्रपतिको निर्वाचन गर्ने मिति तयसँगै निर्वाचन तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार मतदाता नामावली प्रकाशन फागुन २१ गतेका लागि तोकिएको छ […]

एमालेले १०, माओवादीले ७ मन्त्रालय पाउने

काठमाडौं (पास)– एमालेले १० र माओवादीले ७ मन्त्रालय पाएपछि केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रिमण्डल विस्तार गर्ने भएको छ । आज माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच मन्त्रालयहरुको छलफल गरी भागवण्डा मिलाइएको हो । मन्त्रालय भागवण्डा टुंगिएसँगै एमाले र माओवादी नेताहरु मन्त्री छनोटको गृहकार्यमा जुटेका छन् । एमालेले भोलि विहान ९ बजे स्थायी कमिटीको बैठक […]

भ्रष्टाचार गर्ने मुलुकको १२२औँ स्थानमा नेपाल

पोखरा (पास)– ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआइ) द्वारा आज सार्वजनिक गरिएको भ्रष्टाचार सूचाङ्कानुसार नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १२२औँ स्थानमा छ । सुशासनका लागि नागरिक समाज कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा टिआइले १८० देशलाई समेटेर गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचाङ्कमा गत वर्षका तुलनामा नौ स्थान माथि उक्लिँदै नेपाल ३१ अंकसहित १२२औँ स्थानमा परेको जनाइएको छ । राजनीति, […]

प्राकृतिक विपत्तिमा पीडितका लागि सन् २०१७ प्रतिकूल वर्ष

भीष्मराज ओझा, काठमाडौँ– एम्नेस्टी इन्टरनेसनल नेपालले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा भूकम्प र बाढीबाट पीडित व्यक्तिका लागि सन् २०१७ वर्ष प्रतिकूल रहेको उल्लेख छ । वैशाख भूकम्पले आवासविहीन भएका झण्डै ७० प्रतिशत मानिस अझै अस्थायी आश्रयस्थलमा रहेको र तराईमा बाढीबाट प्रभावित हजारौँ मानिसले पर्याप्त आवास तथा आर्थिक सहयोग नपाएर दुःख भोग्नुपरेको सो संस्थाद्वारा आज सार्वजनिक प्रतिवेदनमा […]

प्याराग्लाइडिङबाट धरानमा पर्यटकको आकर्षण बढ्दै

इनरुवा (पास)– सहासिक खेलका रुपमा रहेको प्याराग्लाइडिङ खेल शुरु भएसँगै सुनसरीको धरान उपमहानगरपालिकामा पर्यटक आकर्षित हुन थालेका छन् । पन्ध्र वर्षदेखि व्यावसायिक रुपमा शुरु भएको प्याराग्लाइडिङ खेल यति बेला पूर्वको धरानमा पर्यटक आकर्षित गर्ने मेलो बनेको हो । धरान तथा भेडेटार घुम्न आउने पर्यटक प्याराग्लाइडिङमा पनि रमाउन थालेका छन् । मौसम अनुकूल रहेको समयमा धरानको […]

निजीका कारण सरकारी विद्यालयमा विद्यार्थी घट्दै

पथरी, मोरङ– वरपरका निजी विद्यालयमा विद्यार्थी भरिभराउ भइरहँदा उर्लाबारीका सामुदायिक विद्यालयमा संख्या पातलिएको छ । शहरका तुलनामा गाउँका विद्यालयमा विद्यार्थी थोरै पाइएको हो । प्रायः अभिभावकको आकर्षण निजी विद्यालयप्रति बढ्दै गइरहेको छ । निजी विद्यालयप्रति अभिभावकको आकर्षण बढ्दा सामुदायिक विद्यालयमा विद्यार्थीको संख्यामा कमी आएको हो । निजीको तुलनामा सरकारी विद्यालयको पूर्वाधार राम्रो बनाउँदै लगिए पनि […]

जबरजस्ती करणीको घटना गुपचुप गर्ने दुईजना पक्राउ

पाँचथर (पास)– पाँचथरको तुम्बेवा गाउँपालिका–३ मा भएको बलात्कारको घटना गाउँमै मिलाएको भन्दै प्रहरीमा पुगेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ । जबर्जस्ती करणी गरेको मुद्दामा पीडित बालिकाका आफन्तलाई आर्थिक प्रलोभन देखाई बलात्कारमा संलग्न तुम्बेवा–३ का मनकुमार सम्बाहाम्फेलाई उन्मुक्ति दिन पहल गरेको भन्दै प्रहरीले तुम्बेवा–३ का धनकुमार सम्बाहाम्फे र नेवारसिंह सम्बाहाम्फेलाई फागुन ८ […]

रुस र सिरियाको संयुक्त हवाई कारबाहीमा २५० सर्वसाधारण मारिए

आर्बिन, सिरिया (रासस/एएफपी)– दमासकसको बाहिरी इलाकाको पूर्वीभागमा पर्ने गुटामा आइतबारबाट सुरु भएको सिरिया र रुसको संयुक्त हवाई कारबाहीमा परी २५० जना सर्वसाधारण मारिएका सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । यस हवाई कारबाहीमा परी दर्जनौ बालबालिका मारिएका छन् । सिरियामा जारी सात बर्ष लामो द्वन्द्वको क्रममा यो एक रक्तपातपूर्ण कारबाहीको रुपमा रहेको छ । […]

बाख्रा पालन गरेर मनग्य आम्दानी गर्ने सोँचमा हुनुहुन्छ भने यो सामाग्री तपाईँको लागि अत्यन्तै उपयोगी हुनसक्छ

कस्तो बाख्रा छान्ने? बाउ र माउको घर ठेगाना पत्ता लागेको; पाठा-पाठी किन्दा बोका र माउको जात खुलेको पाठापाठी ल्याउनु पर्छ । कम्तिमा ६ पुस्ता सम्म हाडनाता नपरेको, उस्तै-उस्तै हावापानीमा हुर्केको (पानी नलाग्ने ठाँउको हुनुपर्ने), धेरै उत्पादन दिने जातको (ठाँउ अनुसार फरक फरक हुन्छ), सके सम्म धेरै दुध आउने माउ बाट जन्मेको सकेसम्म जुम्ल्याह जन्माउने माउबाट […]

आठौं राष्ट्रिय खेलकुदको लोगो सार्वजनिक

काठमाडौं (पास)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आठौं राष्ट्रिय खेलकुद– २०७५ को लोगो मंगलबार सार्वजनिक गरेको छ । राखेपका सदस्य–सचिव केशवकुमार विष्टले नेपालगन्जमा आयोजित एक कार्यक्रमबीच लोगो सार्वजनिक गरेका हुन् । लोगोमा रहेको चन्द्र सूर्य अंकित झण्डाले सिंगो नेपालको प्रतिनिधित्व गरेको छ । शान्तिको परेवाले अपसी भाइचाराको सन्देश बोकी आठौं राष्ट्रिय खेलकुदको प्रतितिधित्व हुने गरी […]