कालीकोट पहिरोमा पुरिएर मर्नेको संख्या १० पुग्यो

काठमाडौं । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्ममा पहिरोमा पुरिएर एकै परिवारका चार सदस्यसहित १० जनाको मृत्यु भएको छ । घाइते दुई जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ । आइतबार दिउँसो नाग्म बजार पछाडिका तीन घर पहिरोमा पुरिएका थिए । पहिरोमा पुरिएर पसल गरी बस्ने ३६ वर्षीय प्रयाग शाही, उनकी ८ वर्षीया छोरी हिमा […]

नेपालमा तत्काल कोरोना भाइरसको खोप परीक्षण नगरिने

काठमाडौं । नेपालमा तत्कालका लागि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको सामूहिक परीक्षणको सम्भावना टरेको छ । विज्ञसहित बृहत् छलफल र त्यसबाट आएको सुझावका आधारमा सामूहिक खोप परीक्षणमा नेपालको सहभागिता तत्काल पछि सारिएको हो । खोपको विश्वसनीयताका विषयमा थप अध्ययन अनुसन्धान भने जारी रहनेछ । विश्वका हुने विभिन्न विषय र क्षेत्रमा राजनीतिक, आर्थिक, सामरिक लगायत विषय […]

गाउँपालिकाको कार्यालयमा ताला

चितवन । चितवनको एक मात्र इच्छाकामना गाउँपालिकामा तालाबन्दी गरिएको छ । विवादका बीच वडा नम्बर ३ को कार्यालय फिस्लिङ सारेपछि असन्तुष्ट स्थानीयवासीले आइतबार साँझ गाउँपालिकाको कार्यालयमा ताला लगाएका हन् । गाउँसभाले समेत टुङ्गो लगाउन नसकेपछि गाउँपालिकाको कार्यालय भएको भवनमा वडा कार्यालय सञ्चालन हुँदै आएको थियो । सातौँ गाउँसभामा वडा नम्बर ३ को वडा कार्यालय कहाँ […]

चितवनमा १० महिने शिशुसहित थप ६७ जनामा कोरोना संक्रमण

चितवन । चितवनमा १० महिने शिशुसहित एकैदिन ६७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। आइतबार राति सार्वजनिक विवरण अनुसार भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा २१ जना, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा ३५ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा थप ११ जना गरी ६७ जनामा संक्रमण पुष्टि भएको हो । भरतपुर कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा २१ जनामा संक्रमण […]

विप्लव समूहकी नेतृ उमा भुजेलसहित दुई नेता रिहा

सप्तरी । सप्तरी प्रहरीद्वारा पक्राउ गरिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाकी नेतृ उमा भुजेल र नेता सुमनसिंह पौडेल अदालतको आदेशमा रिहा भएका छन् । पुनः पक्राउ गर्न प्रहरीहरु अदालत परिसरमा पुगे पनि उनीहरु प्रहरीको आँखा छलेर उम्किन सफल भएका छन् । सप्तरी जिल्ला अदालतले न्यायाधीश चन्द्रमणी ज्ञवाली र सप्तरी जिल्ला बार एशोसिएसनका अध्यक्ष डोमन साहको रोहबरमा […]

आजको मौसम : प्रदेश १ र २ मा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार (आज) प्रदेश १ र प्रदेश २ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागले राति देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना […]

एकै घरका १४ जनामा कोरोना पुष्टि हुँदा…

भक्तपुर– रामेछापबाट मध्यपुरथिमि नगरपालिका–९ बोडे कृषि विकास बैंकको तालिम भवन नजिकै जग्गा भाडामा लिएर जस्ताको सानो दुईवटा टहरा बस्दै आएर एक श्रेष्ठ परिवारका पुरुषलाई यही भदौ ४ गते कोरोना सङ्क्रमण पुष्टि भयो । सानो दुईवटा टहरामा बस्दै आएका १४ जनाको परिवार , एउटै भान्छा र शौचालयको प्रयोग अन्ततः परिवारकै सङ्क्रमणको कारक बन्न पुग्यो । सामान […]

थप १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । आइतबार साँझ गण्डकी प्रदेशमा थप १४ कोरोना संक्रमित थपिएका छन् । गण्डकी स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै गोरखाका १२ र बागलुङका २ गरी १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २१३७ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, […]

कोरोनाले नेपालको स्वास्थ्य सेवा नै अप्ठ्यारोमा

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को अहिले बढदे सङ्क्रमणका कारण नेपालीको स्वास्थ्य सेवा नै अप्ठ्यारोमा परेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दैनिक बढिरहेको सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गर्न सीमित साधन स्रोतले गर्नुपरेकाले अप्ठ्यारो परिस्थितिसँग जुध्नुपरेको बताएका छन् । आज मात्र विगत २४ घण्टामा एक हजार २२१ जना सङ्क्रमित फेला परेका छन […]

अब जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा थप शुल्क नलाग्ने

काठमाडौं । जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले पनि थप शुल्क नलाग्ने भएको छ । यसअघि नेपाल राष्ट्र बैंकले कोरोनाको त्रास रहुन्जेलका लागि मात्रै यो व्यवस्था लागू गर्न बैंकहरुलाई निर्देशन दिएको थियो । अब सँधैका लागि शुल्क नलिन राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले निर्देशन दिएको हो । लकडाउनका बेला बैंकर्स संघले नै शुल्क नलिने बताएको थियो ।  […]