लेप्चा सङ्ग्रहालय बन्ने

इलाम– लोपोन्मुख सूचीमा सूचीकृत लेप्चा जातिको बाहुल्य रहेको इलामको पूर्वी रोङ गाउँपालिकामा लेप्चा सङ्ग्रहालय बन्ने भएको छ । लेप्चा जातिको संस्कृति झल्कने गरी गाउँपालिकाले गुरूयोजना बनाएर नै सङ्ग्रहालय बनाउने छ । सङ्ग्रहालय निर्माणका लागि तीन रोपनी जग्गा आवश्यक पर्ने भएकाले जग्गा व्यवस्थापनको काम भइरहेको गाउँपालिकाले जनाएको छ । यसैक्रममा गाउँपालिकाको प्रतिनिधिमण्डलले भारतको कालिम्पोङमा रहेको माइलल्याङ […]

जन्मेको १५ वर्षपछि बुबा भेट्दा…

बेनी– आमाको अभावमा नवजात शिशुको पालनपोषण कति कठिन होला ? सहजै अनुमान लगाउन सकिन्छ यस्तो काम पक्कै कठिन हुन्छ । तर, म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङका मनमती र हनुमान श्रीपालीका दम्पतीले जन्म लगत्तै आमा गुमाएका एक बालकलाई हुर्काएका छन् । पन्ध्र वर्ष अघि छोराको जन्म दिए लगत्तै सेती लामगाडेको निधन भएपछि उनको छोरा योगेन्द्रको हुकाइबढाई श्रीपाली […]

‘रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान’ स्थापना गरिने

काठमाडौँ– ताप्लेजुङको तारेभिरमा भएको हेलिकप्टर दुर्घटनामा दिवङ्गत हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा प्रतिष्ठान स्थापना गरिने भएको छ । आगामी वैशाख २२ गते उनको जन्मदिनमा औपचारिक घोषणा गर्ने गरी ‘रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान’ स्थापना गर्न लागिएको पत्नी विद्या भट्टराईले जानकारी दिइन् । “प्रतिष्ठानको स्वरुप र संरचनाको विषय अहिले छलफल कै चरणमा छ, […]

महिला आयोगमा बढे ‘लिभिङ टुगेदर’ का उजुरी

काठमाडौँ– पछिल्लो समयमा ‘लिभिङ टुगेदर’को परम्परा देखिएसँगै राष्ट्रिय महिला आयोगमा त्यससँग सम्बन्धित उजूरी पनि बढ्न थालेका छन् । आर्थिकसँग सम्बन्धित नभई सम्बन्ध स्थापित गरी पाउँ भन्ने खालका उजूरी बढ्न थालेको आयोगका सूचना अधिकारी धु्रवराज क्षेत्रीले जानकारी दिए । “दुई जनाको सहमतिमा सँगै बस्न थालेपछि पुरुषले आफ्नो स्वार्थ पूरा गरेर बेपत्ता भइसकेपछि मात्र महिला आयोगमा आइ […]

एसइई परीक्षामा सामुदायिकमा छात्रा र निजीमा छात्र बढी

काठमाडौँ– आसन्न माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा सामुदायिक विद्यालयमा छात्रा र निजी (संस्थागत) विद्यालयमा छात्रको सङ्ख्या बढी देखिएको छ । संविधानतः मुलुक समाजवादोन्मुख भनिए पनि वर्षेनी सामुदायिक विद्यालयमा छात्रा र निजी विद्यालयमा छात्रको सङ्ख्या बढी देखिनुले शिक्षामा वर्गीय र सामाजिक विभेद् कायमै रहेको दर्शाउँछ । यही चैत १० देखि २१ गतेसम्म हुने परीक्षामा […]

हर्षोल्लासपूर्वक मनाइयो फागु पूर्णिमा (फोटो फिचर)

काठमाडौँ– प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रङहरुको पर्व फागु आपसमा रङ दलेर हिमाली तथा पहाडी जिल्लामा सौहार्द एवं हर्षोल्सपूर्वक मनाइयो । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइएको हो । यो पर्वलाई वसन्तोत्सव, मदनोत्सव आदि नामले पनि चिनिन्छ । […]

सामाजिक सञ्जालको अभियानले एम्बुलेन्स भित्र्यायो

इलाम,चमैता– विभिन्न सामाजिक सञ्जालको प्रयोग गर्दै ‘जन्मभूमिको सेवा, विकासमा टेवा’ नामक अभियानबाट संकलित रकमले इलामको देउमाई नगरपालिका अन्तर्गत रहेको चमैतामा एम्बुलेन्स सेवा सञ्चालन भएको छ । ‘चमैता सरोकार समाज’ संस्थाको पहलमा चमैतामा जन्मेर जन्मथलो भन्दा टाढा भएकाहरु र जन्मथलोमै रहेकाहरुले आफ्नै गाउँको विकासको लागि सामाजिक सञ्जालमार्फत अभियान चलाएर एम्बुलेन्स सञ्चालन गरेको हो । बुधबार देउमाई […]

जलवायु परिवर्तनसँगै मुलुकको तामक्रम बढ्दो

काठमाडौँ– जलवायु परिवर्तनका कारण मुलुकमा तापक्रम बढ्दै गएको छ । नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताह–२०७५ का अवसरमा मङ्गलबार सञ्चारकर्मीसँग गरिएको छलफलमा वक्ताहरूले जलवायु परिवर्तन मुलुकको गम्भीर समस्याको रूपमा देखिँदै गएको बताएका हुन् । जल तथा ऊर्जा आयोगका सहसचिव डा ऋषिराम शर्माले पानी धेरै पर्नु वा धेरै खडेरी पर्नु जलवायु परिवर्तनको मुख्य लक्षण भएको बताए […]

वागमतीमा नयाँ प्रविधिले सफाइ गरिने

काठमाडौँ– नयाँ प्रविधिको उपयोग गरी पशुपति क्षेत्रको गुह्येश्वरीबाट तिलगङ्गासम्मको भागमा कञ्चन पानी बगाइने भएको छ । यसका लागि पशुपति क्षेत्र विकास कोषले बायो शौचालय प्रविधि ल्याएको छ । प्रविधिले कति काम गर्छ भनी सम्भाव्यता अध्ययन गर्न लागिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए । पशुपति क्षेत्रमा शुद्ध पानी बगाउने उद्देश्यले विसं २०५१ देखि […]

यस्ता छन् २०७६ सालभरका सार्वजनिक बिदाहरु

काठमाडौँ– सरकारले २०७६ सालका सार्वजनिक बिदा हुने दिनको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै २०७६ सालका सार्वजनिक बिदा सार्वजनिक गरेको हो । पर्व, महिला कर्मचारीका लागि मात्र बिदा, शिक्षण संस्थाका लागि मात्र बिदा, जात्रा बिदा, दशैँ, तिहार बिदा, दिवस बिदा, दिवस जयन्ती बिदा र सट्टा बिदा भनेर विभिन्न शीर्षकमा बिदा छुट्टयाइको […]