महुली पुल भासियो

लहान– लगातारको वर्षापछि आएको बाढीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिकास्थित महुली खोलाको पुल भासिएको छ । लगातारको वर्षापछि उक्त खोलामा आएको बाढीले महुली पुल करीब ५० मिटर भासिएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । पु्लको केही भागमा थप कटान हुन थालेपछि सर्तकतापूर्वक पुलबाट एकतर्फी यातायात मात्र चलाउन दिइएको र पुलको कटान […]

रुकुममा बस दुर्घटना हुँदा १४ जना घाइते, तीनजनाको अवस्था गम्भीर

रुकुम (रासस)– रुकुम पश्चिममा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । आइतबार साँझ दाङको तुल्सीपुरबाट रुकुम पश्चिमको खलंगा आउँदै गरेको ना ४ ख ६२२६ नम्बरको बस मुसिकोट नगरपालिका–१२ को पितिबाङ खोलामा आज बिहान करीब २ः३० बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा परी दाङ तुल्सीपुर उपमहानगरपालिका–३ […]

वर्षैभरि विद्यार्थी ल्याऔँ, टिकाऔँ र सिकाऔँ अभियान

काठमाडौं– सरकारले पहिलो चरणको विद्यार्थी भर्ना अभियानको सफलतापछि विद्यार्थीलाई टिकाइ राख्न र बाँकी विद्यार्थीलाई विद्यालयमा ल्याउन दोस्रोचरणको अभियान सञ्चालनको तयारी गरेको छ । ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचमा सुनिश्चितता र सिकाइमा स्थायित्व’ भन्ने नाराका साथ सञ्चालित पहिलो चरणको अभियानमा विद्यालय बाहिर रहेका कक्षा १ देखि ५ (५ देखि ९ वर्ष उमेर समूहका) अठासी […]

आज कांग्रेस बैठकमा महामन्त्रीको राजनीतिक प्रतिवेदन प्रस्तुत गरिदै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ ।पार्टी कार्यालय सानेपामा बस्ने आजको बैठकमा महामन्त्री शशांक कोइरालाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ ।यसअघि हिजोको बैठकमा महामन्त्रीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने बताइएको भए पनि प्रतिवेदनका विषयमा सहमति जुट्न नसकेपछि बैठक बस्दै नबसी स्थगित भएको थियो । प्रतिवेदनमा सहमति जुटाउने प्रयास भइरहेको बताइएको छ […]

राराको आडैबाट प्रधानमन्त्री ओलीको ३१ बुँदे योजना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले एकताबद्ध भई नेपाललाई विकासको मार्गमा द्रुत गतिले अगाडि बढाउन सबैलाई आह्वान गरेका छन् । नयाँ वर्षका अवसरमा नेपालको ठूलो र मनमोहक रारा ताल रारा किनारबाट आज बिहान देशवासीलाई सम्बोधन गर्दै उनले मुलुकमा क्रियाशील सबै राजनीतिक दललाई लोकतन्त्रको संस्थागत विकास, राष्ट्रिय हित र समृद्धिका बृहत्तर विषयमा समझदारीका साथ अगाडि बढ्न पनि […]

प्रधानमन्त्रीले राराबाट देशबासीको नाममा सम्बोधन गर्ने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७५ को पहिलो सम्बोधन मुगुको राराबाट गर्ने भएका छन् । उनले भोलि वैशाख १ गते राराबाट देशबासीलाई सम्बोधन गर्नेछन् । रारा पर्यटन वर्ष उदघाटनका लागि ओली मुगुको रारा जाँदैछन् । उनी आज हेलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीले दिउँसो बागलुङको ढोरपाटन अवलोकन गर्ने र त्यसपछि […]

तोकेको ठाउँमा जान नचाहनेले जागिर छोड्नुहोसः मन्त्री पण्डित

पाल्पा (पास)– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले तोकेको ठाउँमा जान नचाहने कर्मचारीलाई जागिर छोड्नुपर्ने बताएका छन् । पाल्पाको तानसेनस्थित मदनपोखरामा सञ्चालित सामुदायिक रेडियोे मदनपोखराको २० औँ वार्षिकोत्सवमा उनले सरकारले पठाएको ठाउँमा जान नचाहने र अटेरी गर्ने कर्मचारीलाई जागिर छोडेर जान उपयुक्त हुन्छ भने । मन्त्री पण्डितले भने, ‘अटेरी गरेर बसिरहने हो भने […]

प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य रक्षामन्त्रीबाट

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र भारतको राजकीय भ्रमणको सिलसिलामा आज भारतको नयाँदिल्लीतर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम रक्षामन्त्री ईश्वर पोखरेलले सम्हाल्ने गरी तोकेका छन्।नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा रक्षामन्त्री पोखरेललाई उक्त जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीलाई भारतमा गृहमन्त्री सिंहले गरे स्वागत, यस्तो छ भ्रमण तालिका

नयाँ दिल्ली–प्रधानमन्त्री केपी ओली तीन दिने औपचारिक भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका छन् ।उनलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन् । प्रधानमन्त्री ओलीको स्वागतमा भारतका अर्थ राज्यमन्त्री शिव प्रताव शुक्ला पनि सहभागी थिए । प्रधानमन्त्री ओली बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगमको विमानमा दिल्ली […]

पार्टी एकता संयोजन समितिको बैठक आज बस्दै

काठमाडौं– नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज बस्दै छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा कार्यदलले मिलाउन नसकेका प्राविधिक विषयमा सहमतिको प्रयास हुने बताइएको छ ।कार्यदलमा एकीकृत पार्टीको चुनाव चिह्न र विधानको प्रस्तावनामा ‘जनयुद्ध’ शब्द राख्ने या नराख्ने भन्ने विषयमा कुरा मिलेको छैन । संयोजन समितिको बैठकमा विशेष गरी यिनै […]