वायुसेवा निगमले तिर्‍यो​ ७३ करोड ऋण

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता वापतको ७३ करोडभन्दा बढी भुक्तानी गरेको छ । निगमले जहाज खरिद बापत दुई कोषलाई तिर्नुपर्ने ऋण दायित्वको भुक्तानी अन्तर्गत पछिल्लो पटक असोज ३१ गते ७३ करोड नौ लाख ५५ हजार दुई सय ८१ भुक्तानी गरेको […]

हराउँदै गएको रैथाने मार्सी धानको उत्पादन पुनः सुरु

मुगु । मुगु जिल्ला खत्याड गाउँपालिका–३ का किसान वर्षौँदेखि लोप हुन लागेको रैथाने मार्सी धानको उत्पादन पुन सुरु गरेका छन् । अर्गानिक बालीको रुपमा परिचित मार्सी धानले स्वास्थ्यमा गर्ने फाइदाको महत्व बुझेपछि किसान मार्सी धानको उत्पादन गर्न उत्साहित भएका छन् । खत्याड गाउँपालिका कृषि शाखा प्रमुख विष्णु रावतका अनुसार मार्सी धानमा अन्य धानको तुलनामा क्यालसियम, […]

४५ वटा कम्पनीले लिए ब्रोकर लाइसेन्सका लागि सिफारिस

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)बाट ४५ वटा कम्पनीले ब्रोकर व्यवसायका लागि सिफारिस लिएका छन् । नेपाल धितोपत्र बोर्डमा आवेदन दिने अन्तिम दिनसम्म ती कम्पनीहरूले धितोपत्र व्यवसाय सञ्चालन अनुमतिका लागि नेप्सेबाट सिफारिस लिएका हुन् । ४५ कम्पनीमध्ये एउटा एक अर्ब ५० करोड चुक्तापुँजी भएको कम्पनीले धितोपत्र व्यापार गर्न सिफारिस लिएको हो । त्यसैगरी ६० अर्ब […]

भारतबाट बढेर आयो पेट्रोल-डिजेलको भाउ

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको भाउ बढाएर पठाएको छ। आइतबार आइओसीबाट मूल्य बढेर आएको निगमले विज्ञप्तिमार्फत् जानकारी दिएको हो। निगमका अनुसार खासगरी डिजेल र हवाइ इन्धनको मूल्य अत्यधिक बढेर आएको छ। नयाँ मूल्यसूची अुनसार पेट्रोलमा १.७४ रूपैयाँ प्रतिलिटर, डिजेलमा १५.६० प्रति लिटर र हवाइ इन्धनमा १०.२५ रूपैयाँ प्रतिलिटर बढेर आएको छ। […]

इष्टर्न हाइड्रोपावरको आईपीओ खुल्यो, आजदेखि आवेदन दिन सकिने

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले आजबाट आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेकोमा बाँकी रहेको ५० हजार ३१० कित्ता शेयर […]

ब्याजदर अझै बढ्ने सम्भावना : ब्याजदरबारे निर्णय गर्न संघको बैठक बस्दै

काठमाडौं । आगामी कात्तिकमा निक्षेप तथा ऋणको ब्याजदरबारे निर्णय गर्न नेपाल बैंकर्स संघको बैठक आज बिहीबार बस्दैछ । बैंकर्स संघ स्रोतका अनुसार आगामी महिना वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर बढाउने सम्भावना छ । ब्याजको आधार दर बढाएर त्यसकै अनुपातमा कर्जाको पनि ब्याज दर पनि बढाउने तयारी संघको रहेको बुझिएको छ । आधार दर शून्य दशमलव ५ […]

७ दिनै ८ अर्बले बैंकको निक्षेप घट्यो

काठमाडौं । पछिल्लो साता वाणिज्य बैंकहरुको निक्षेपमा गिरावट आएको छ । नेपाल बैंकर्स संघका अनुसार असोज १४ गतेदेखि २१ गतेभित्र ७ दिनमा ८ अर्ब रुपैयाँले निक्षेप गुमाउँदै २६ वटा वाणिज्य बैंकहरुले कुल ४५ खर्ब ११ अर्ब संकलन गर्न सफल भएका हुन् । अघिल्लो हप्ता अर्थात् असोज ७ गतेदेखि १४ गतेभित्र यस्तो निक्षेप बैंकहरुले ७ अर्ब […]

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३१ रुपैयाँ ४१ पैसा र बिक्री दर १३२ रुपैयाँ ०१ पैसा रहेको छ। युरो एकको खरिद […]

अर्थमन्त्री शर्मा र अमेरिकी सहयोग नियोग प्रमुख समान्ताबीच भेटघाट

काठमाडौं । विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आएका अर्थमन्त्री जनार्दन शर्मा र अमेरिकी सहयोग नियोग (युएसएआइडी)का प्रमुख प्रशासक समान्ता पावरबीच भेटघाट भएको छ । युएसएआडीको मुख्यालय वाशिङ्गटन डिसीमा भएको भेटघाटमा द्विपक्षीय हित र सहयोगका लागि मजबुद आधारशिला तय गर्ने विषयमा छलफल भएको थियो । भेटघाटमा अर्थमन्त्री […]

बाराही हाइड्रोले आईपीओ निष्कासन गर्ने

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले कात्तिक ४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो । सो शेयर खरिदका लागि बाग्लुङ्ग जिल्लाको जैमिनी नगरपालिकाको वडा नं. १, ४ […]