मध्य बर्खामा पनि खडेरी

तेह्रथुम– मध्यबर्षा बितिसक्दासमेत पर्याप्त पानी नपरेपछि तेह्रथुमका अधिकांश खेत बाँझै छन् । पानी नपर्दा किसानले लगाएको मकै बाली समेत नष्ट हुन थालेको छ । मकैको बोटनै सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । तेह्रथुमका सुख्खाग्रस्त दर्जनभन्दा बढी गाउँका किसानले लगाएको मकैका बोटै सुक्न थालेपछि किसानलाई वर्ष दिनभरि के खाने, के लाउने भन्ने चिन्ताले सताउन थालेको […]

बाँदरबाट मकै जोगाइदिन सांसदसँग हारगुहार

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिकामा बाँदरले मकै नष्ट गरेपछि यहाँका किसान चिन्तित बन्दै गएका छन् । पहाडी जिल्ला पाल्पाको प्रमुख अन्नबाली मकैमा घोगा हाल्न थालेसँगै बाँदरले नष्ट गर्न थालेपछि यहाँका किसान मकै जोगाइदिनका लागि गाउँपालिका प्रमुख र प्रदेश सांसदसँग हारगुहार गर्न पुगेका हुन् । गाउँमा युवा पुस्ता नभएकाले अधिकांश महिला, वृद्ध र बालबालिकामा बसोबास गर्ने थलो […]

मुलुकको जेठो कारखाना जुटमिल फेरि सञ्चालन हुने

विराटनगर (पास)– विगत लामो समयदेखि बन्द विराटनगर जुटमिल पुनः सञ्चालनमा आउने भएको छ । मिल सञ्चालक समितिका अध्यक्ष वसन्त वनले सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । मिलको मर्मत र विद्युत् जडानसम्बन्धी कार्य सम्पन्न गरिएकाले मिल सञ्चालन गर्न लागिएको उनले बताए । मिल सञ्चालनका लागि ११ केभिए विद्युत् लाइन जडान सम्पन्न भएको र […]

किस्ता पर्खंदै भूकम्प पीडित, ३३ प्रतिशतले पाए दोस्रो किस्ता

रत्ननगर, चितवन– चितवनका अधिकांश भुकम्प पीडित (लाभग्राही) किस्ता पर्खंदै छन् । विभिन्न मापदण्डले किस्ता अड्किएको उनीहरूले बताएका छन् । यस्तै समस्याले पहिलो किस्ता पाएका पीडितहरूले दोस्रो किस्ता पाएका छैनन् । तेस्रो किस्ता पाउने न्यून छन् । नक्सापास, ऐलानी जग्गा, पहिले बनिसकेका घर र नाम दोहोरो भएको लगायत कारणले प्रभावकारी रूपमा किस्ता वितरण हुन नसकेको राष्ट्रिय […]

धनगढीलाई ‘नमूना शहर‘ बनाउन अध्ययन शुरु

धनगढी– न्यू आइटी भेञ्चर पब्लिक लिमिटेडले धनगढीलाई भ्यू टावरसहितको नमूना शहर (मोडेल टाउन)निर्माण गर्नेबारे अध्ययन शुरु गरेको छ । धनगढीलाई ‘स्मार्ट सिटी’ बनाउने योजनाअन्तर्गत नमूना शहर निर्माणको पहल थालिएको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए । झण्डै एक अर्ब ५० करोडको लगानीमा नमूना शहर निर्माण गर्नेबारे अध्ययन थालेको न्यू आइटी भेञ्चरका कार्यकारी अधिकृत कमल अधिकारीले […]

अब विदेश जाँदा पाँच हजारमात्र बोक्न पाउने

काठमाडौं (पास)– नेपाल राष्ट्र बैंकले मुद्रा तथा धारक विनिमय पत्रको सीमा निर्धारण गरेको छ । केन्द्रीय बैंकले सम्पत्ति निवारण ऐन, २०६४ को दफा २९ को (क) अनुसार कुनै पनि व्यक्तिले आफ्नो साथमा वा कार्गो, कुरियर, हुलाकमार्फत पाँच हजार नेपाली वा अमेरिकी डलर पाँच हजारसम्म बोक्न पाउने सीमा निर्धारण गरेको हो । आजदेखि लागू हुने सो […]

दर्जन रेलमार्ग निर्माण विभिन्न चरणमा

काठमाडौँ– सरकारले एक दर्जनभन्दा बढी आन्तरिक तथा अन्तरदेशीय रेलमार्ग निर्माणलाई विशेष प्राथमकितामा राखि निर्माण अगाडि बढाएको छ । यातायात सञ्जालको विकासमा सहज माध्यमका रूपमा लिइएको रेलमार्गलाई आर्थिक विकासको महत्वपूर्ण सूचकका रूपमा राख्दै प्रक्रिया अगाडि बढेको छ । त्यसमा काठमाडौँ उपत्यकाभित्रको मेट्रो रेलदेखि पूर्वपश्चिम विद्युतीय रेलमार्ग, काठमाडौँ– रक्सौल रेलमार्गलगायत प्रमुख प्राथमिकतामा छन् । केही रेलमार्ग अध्ययनका […]

साउन १ गतेदेखि शेयर कारोबार अनलाइनमार्फत हुने

काठमाडौं– तपाई शेयर कारोबार गर्नुहुन्छ ? काठमाडौँको धुलो र सवारी चापमा फसेर शेयर दलाल कम्पनीमा पुग्ने गर्नुभएको छ भने अब तपाईको दुःखको दिन सकिएको छ । तपाई अब घर, कार्यालय वा इन्टरनेट भएका जुनसुकै स्थानबाट पनि सहजरुपमा नै कारोबार गर्न सकिने भएको छ । सरकारले आगामी साउन १ गते अर्थात आगामी मंगलबारदेखि स्वचालित विद्युतीय कारोबार […]

जलवायु परिवर्तनले चियाको स्वाद फेर्यो

काठमाडौं– विपन्नदेखि उच्च धनी समुदायले उपभोग गर्ने चिया खेतीमा पछिल्लो समय कृषक एवं व्यवसायीको आकर्षण ह्वात्तै बढेको छ । विशेषगरी इलाम, झापा, पाँचथर, धनकुटा, तेहथुम जिल्लामा हुने चिया खेती विस्तार भई दोलखा, नुवाकोट, रामेछाप,भोजपुर, ललितपुर लगायताका जिल्लामा समेत विस्तार हुन पुगेको छ । नेपालका १४ जिल्लामा नौ हजार २४६ कृषक÷व्यवसायीले चिया खेती गर्ने गरेका छन् […]

नेपालगन्ज विमानस्थलमा रहेको जग्गा विवाद उत्कर्षमा

नेपालगन्ज (रासस)– नेपाल वायुसेवा निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणको तीनकठ्ठा तीन धुर क्षेत्रफलको जग्गा विवाद यहाँ उत्कर्षमा पुगेको छ । नेपालगन्ज विमानस्थल क्षेत्रमा रहेको सो जग्गा दुवैले आप्mनो स्वामित्वमा रहेको दाबी गर्दै आएपछि विवाद उत्कर्षमा पुगेको हो । निगमका क्षेत्रीय प्रबन्धक मुक्तिराम पाण्डेले उक्त जग्गा कसैको स्वामित्वमा नभएको तर, यसको भोगचलन निगमले ३५ वर्षदेखि गर्दै आएको […]