सुध्रिँदै इँटा उद्योग

कृष्णप्रसाद नेपाल, नगरकोट– भूकम्पपछि पुनःनिर्माण गरिएका इन्जिनियरिङ डिजाइनमा आधारित फिक्स्ड चिम्नी प्रविधिबाट एक वर्षमै राम्रो प्रतिफल प्राप्त भएपछि इँटा उद्योगी उत्साहित भएका छन् । सुधारिएको इँटा भट्टामा कम कोइला खपत भई गुणस्तरीय इँटा उत्पादन हुने भएकाले उनीहरू यसतर्फ आकर्षित भएका हुन् । विसं २०६१ देखि इँटा भट्टा सञ्चालन गर्दै आएका ताथली–९ का राजकुमार लाखेमरुले आफ्नो […]

बाँसखर्कको सुन्तला उत्कृष्ट

फलेवास, पर्वत– जलजला गाउँपालिका–१ बाँसखर्कमा उत्पादन भएका सुन्तला पश्चिमाञ्चलकै उत्कृष्ट ठहरिएका छन् । हालै पोखरामा भएको पश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गत विभिन्न जिल्लाका सुन्तलाको परीक्षणमा यहाँको सुन्तला उत्कृष्ट ठहरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । अन्य जिल्लाका सुन्तलाभन्दा सबैभन्दा रसिलो र स्वादिलो रहेको कृषि प्राविधिकको ल्याब परीक्षणबाट पत्ता लागेको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी […]

यस्तो आलुको बोट तपाइँले देख्नुभएको थियो ?

यस्तो आलुको बोट तपाइँले देख्नुभएको थियो ? यो उन्नत जातका आलु हो, कञ्चनपुरको ग्रामीण क्षेत्रका महिलाहरुले खेतमा उत्पादन गरेका छन् । तस्बिर : राजेन्द्रप्रसाद पनेरु 

गोब्रे च्याउबाट भनेजस्तै आम्दानी

सिद्धराज भट्ट, धनगढी– कैलालीको गौरीगंगा नगरपालिका–१ गोप्का गाउँ । बारीमा बनाइएको टनेलमुनि फलेका लटरम्म भेँडे खुर्सानी । घरको छेउमै इँटाको पर्खाल र खरको छाना भएको अर्को घरभित्र बनाइएका ठूला ¥याकमा डल्लो आकारमा देखिने गोब्रे च्याउ उमारिएको दृश्यले त्यहाँ पुग्ने च्याउका पारखी लोभिन्छन् । पूर्व—पश्चिम राजमार्ग छेउमै पर्ने गोप्का गाउँका अगुवा कृषक तपराज भट्टको परिश्रम र […]

छ महिनादेखि मेलम्ची आयोजनाका मजदुरले तलब नपाएको गुनासो

सिन्धुपाल्चोक– मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गरिरहेको इटालियन ठेकेदार कम्पनी सिएमसी दी रेभेन्नाले काम लगाएका ‘सब कन्ट्र्याक्टर’ले मजदुरलाई छ महिनादेखि तलब दिएका छैनन् । सिएमसीले ग्याल्थुमदेखि मेलम्ची खोलाको मुहान अम्बाथानसम्म सडकको काम गर्ने जिम्मा स्थानीय बुद्धिकृष्ण लामिछानेलाई दिएको थियो । लामिछानेले १३ जना कामदार लगाएर काम गरेकोमा छ महिनादेखिको पारिश्रमिक उनीहरुले नपाएको गुनासो गरेका छन् […]

लोकप्रिय हुँदै हुलाक बचत बैंक

वीरेन्द्र कर्ण, वीरगञ्ज– एक सय रुपैयाँ पनि जम्मा गर्न सकिने र आवश्यक परेमा त्यति रकम नै झिकन सकिने । त्यति मात्र होइन, एक सय रुपैयाँमा खाता सञ्चालन गर्न सकिने र अन्य बैंकभन्दा आकर्षक ब्याज पाइने हुँदा निम्न आयस्तर भएका पर्सावासीमा हुलाक बैंकिङ सेवा लोकप्रिया बन्दै गएको छ । हुलाक कार्यालयमा संचारसेवा लिनेभन्दा बैंकिङ सेवा लिने […]

कहीँ फलिफाप, कहीँ उही हाल

म्याग्दी, (रासस)– देशमा भएको राजनीतिक परिवर्तन र शान्ति स्थापनासँगै म्याग्दीका ग्रामीण भेगमा स्वःस्फुर्तरूपमा देखिएको कृषि क्रान्तिले सकारात्मक लक्षण देखाउन शुरु गरेको छ । गाउँलेहरू व्यावसायिक कृषि, पशुपालन र घरेलु तथा साना उद्योगबाट आत्मनिर्भरतातर्फ उन्मुख हुन थालेपछि म्याग्दीमा आर्थिक समृद्धिका संकेत देखिन थालेका सरोकारवालाले बताएका छन् । जिल्लाका ग्रामीण भेगका बासिन्दा व्यावसायिकरूपमा तरकारीखेती, पशुपालन र आयआर्जन […]

नमस्ते तथा स्काई मोबाइल अवरुद्ध

खोटाङ– जिल्लाको उत्तरी र दक्षिणी क्षेत्रमा लामो समयदेखि नमस्ते तथा स्काइ मोबाइल सेवा अवरुद्ध भएको छ । दक्षिणी क्षेत्रमा तीन महिना र उत्तरी क्षेत्रमा महिना दिनअघिदेखि दुवै मोबाइल सेवा अवरुद्ध भएको हो । लामो समयसम्म नमस्ते तथा स्काइ मोबाइल सेवा अवरुद्ध हुँदा दुर्गम क्षेत्रका हजारौंँ सेवाग्राही मारमा परेका छन् । दक्षिणी क्षेत्रको जन्तेढुंगा गाउँपालिका– ५ […]

ठूला बैंकहरुको नाफा घट्यो

पाथिभरा संवाददाता काठमाडौं– ठूला बैंकहरुको नाफा यो त्रैमासिकमा घटेको छ । चालु आव ०७४÷७५ को पहिलो त्रैमाशमा सनराइज बैंक र बैंक अफ काठमाण्डुको नाफा स्वात्तै घटेको हो । सनराइजले यो अवधिमा करिब १७.३७ प्रतिशतले नाफा घटाएको छ भने बैंक अफ काठमाण्डुको नाफा करिब १७.३१ प्रतिशतले घटेको छ । यो अवधिमा सनराइजको नाफा २० करोड रुपैयाँमा […]

उपत्यकाबाट ५८ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ– उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ५८ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २३४औँ हप्तामा आज शान्तिनगरस्थित भीएस निकेतन विद्यालयअघिको वाग्मती नदी किनारमा सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तिलगंगा महिला समूहलगायत संस्थाका […]