हराएका चार नेपाली बालकको भारतबाट उद्धार

बर्दिया (रासस)– भारतीय बजार गोन्डाबाट तीनजना नेपाली बालक र बहराइचको बालगृहबाट एकजना बालकलाई चाइल लाइनको बालगृहवाट एकजना गरी चारजना हराएका नेपाली बालकलाई बिहीबार उद्धार गरेर ल्याइएको महिला तथा बालबालिका कार्यालय बर्दियाका प्रमुख गीराकुमारी बस्नेतले बताएकी छन् । एकैसाथ हराएका बाँके नेपालगञ्ज घर भएको कर्णबहादुर थापाको छोरा ५ वर्षीय दिलीप थापा, बाँके सिमलघारी घरभएका हजारी विकको […]

चालू आवमा ७९५ बलात्कारका घटना प्रहरीमा दर्ता

काठमाडौं (पास)– नेपाल प्रहरीको तथ्याङ्कअनुसार चालू आवको फागुनसम्ममा प्रहरीमा ७९५ बलात्कारसम्बन्धी घटनाको उजुरी दर्ता भएको छ । अघिल्लो आवमा एक हजार १३१ वटा बलात्कारसम्बन्धी घटनाको उजुरी प्रहरीमा परेको काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्रप्रसाद शर्माले जानकारी दिए । महिलाका लागि साझा अभियान, नवौँ मानव अधिकार राष्ट्रिय महाभेला तथा संकल्पले आज राजधानीमा आयोजना गरेको महिला सुरक्षासम्बन्धी कार्यक्रममा […]

नक्कली पत्रकार बनी चोरी गर्ने पक्राउ

काठमाडौं (पास)– महानगरीय अपराध महाशाखाले नक्कली पत्रकार बनी चोरी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । महाशाखाको टोलीले गोष्ठी स्थलमा प्रवेश गरी चोरी गर्ने कार्यमा संलग्न ललितपुर गोदावरीका ५२ वर्षीय अशोक केसी भन्ने हरिशरण केसीलाई चोरीका धनमालसहित मंगलबार अपराध महाशाखा काठमाडौँको टोलीले ललितपुरबाट पक्राउ गरेको हो । केसीले माघ २० गते कान्तिपथस्थित एल्लो प्यागोडा होटलमा […]

लागुऔषध ओसारपसारमा गर्भवती तथा सुत्केरी महिलाको प्रयोग

पर्सा– नेपालबाट भारततर्फ हुने लागुऔषध ओसार पसारमा कारोबारीहरूले गर्भवती तथा सुत्केरी महिलाको प्रयोग गरिरहेको खुलासा भएको छ । वीरगन्जको रजतजयन्ती चोकबाट साढे दश किलो चरेससहित आठमहिने शिशुकी आमालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरेपछि सो तथ्य खुलेको हो । वीरगन्जको रजतजयन्ती चोकबाट चरेससहित पक्राउ परेकी आठमहिने शिशुकी आमा अपसाना खातुन, रेहना खातुन र कारोबारी भारतको विहार […]

बलात्कारीलाई संरक्षण गर्ने प्रहरी नै अनुसन्धानको घेरामा

काठमाडौं– राजधानीमा हालै घटेका दुई छुट्टाछुट्टै घटनामा प्रहरीको पनि कमजोरी देखिएपछि प्रहरी नै अनुसन्धानको घेरामा तानिएका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौँले ती घटनाका सम्बन्धमा पाँच प्रहरीमाथि अनुसन्धान थालेको छ । बिहीबार दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा एक युवतीमाथि भएको सामूहिक बलात्कारको घटनालाई गुपचुप राख्ने प्रयास गरेको आरोपमा महानगरीय प्रहरी वृत्त, दरबारमार्गका नायब प्रहरी उपरीक्षक तिलक भारती, […]

सीआइबीद्वारा २० अवैध डाक्टर पक्राउ

काठमाडौं (पास)– काठमाडौंका विभिन्न अस्पतालबाट अनुमति नै नलिई काम गरिरहेका २० जना विदेशी डाक्टरलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले पक्राउ गरेको छ। नेपाल मेडिकल काउन्सिलको सहकार्यमा अवैध डाक्टर पक्राउ गरेको सीआइबीका निर्देशक प्रहरी नायब महानिरीक्षक पुष्कर कार्कीले जानकारी दिएका छन् । सीआइबीको अप्रेशन जारी राखेकाले थप विवरण आउन बाँकी छ। नेपालमा विदेशी डाक्टरले काम […]

जेलबाट भागेका ‘टिके’लाई प्रहरीद्वारा गोली हानी पक्राउ

चितवन (पास)– गत ४ माघमा डिल्लीबजार कारागारबाट भागेकाविभिन्न अपराधिक घटनामा संलग्न भएको भन्दै ‘टिके’ भनिने टिकाबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गर्ने क्रममा प्रहरीमाथि गोली चलाएपछि जवाफी फायरिङ उनी आफैं घाइते भएका छन् । चितवन प्रहरी प्रमुख दिपक थापाका अनुसार टिके र प्रहरी टोलीबीच चितवनको रामनगरस्थित पेट्रोल पम्प अगाडि गोली हानाहान भएको हो […]

देवर भाउजुको अनैतिक सम्बन्धबाट जन्मेको शिशु हत्या गर्ने जोडी जेल चलान

पर्वत (रासस)– वैदेशिक रोजगारका सिलसिलामा श्रीमान् विदेश भएको मौका छोपेर आफ्नै देवरसँग अवैध गर्भाधारण गरी शिशुलाई जन्माएर हत्या गर्ने देवर भाउजु जेल चलान भएका छन् । पर्वत जिल्ला अदालतले शुक्रबार उनीहरूलाई कैद सजाय सुनाएको हो । २०७३ कात्तिक १८ गते पर्वतको साविक कुर्घा गाविस–६ हाल फलेवास नगरपालिका–९ कुर्घाकी मीना क्षेत्रीले आफ्नै देवर नातापर्ने विजयराज क्षेत्रीको […]

बञ्चरो प्रहार गरेर सौताको हत्या

रुकुम (रासस)– सल्यानमा एक महिलाले आफ्नै सौतालाई बञ्चरो प्रहार गरेर हत्या गरेकी छन् । जिल्लाको दार्मा गाउँपालिका–३, फारुलाचौरकी २६ वर्षीया कल्पना चन्दले आफ्नै सौता ३२ वर्षीया रुपा खत्रीलाई बञ्चरो प्रहार गरेर बुधबार साँझ हत्या गरेको जिल्ला प्रहरी कार्यालय, सल्यानले जानकारी दिएको छ । बुधबार साँझ सामान्य विवाद हुँदा जेठी सौताको हत्या गरेको प्रहरीको भनाइ छ […]

यातायातका दुई कर्मचारी घुस लिँदालिँदै पक्राउ

काठमाडौँ (पास)– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सुकेधाराका नायब सुब्बा यादव पौडेल र खरिदार सुमन पोख्रेललाई ३२ हजार घुससहित आज पक्राउ गरेको छ । आयोगका अनुसार साउदी अरेबियन सवारी चालक अनुमतिपत्रका आधारमा नेपाली सवारी चालक अनुमतिपत्र बनाइदिने प्रयोजनका लागि सेवाग्राहीसँग विभिन्न बहानामा घुस माग्दै गरेका बेला उनीहरुलाई आयोगको टोलीले पक्राउ गरेको हो । […]