केन्द्रीय कारागारका चार सय कैदीबन्दी बिरामी

काठमाडौँ (रासस)– काठमाडौँको जगन्नाथदेवलमा रहेको केन्द्रीय कारागारका चार सयभन्दा बढी कैदीबन्दी बिरामी भएका छन् । केन्द्रीय कारागार कार्यालयले दिएको जानकारीअनुसार कैदीबन्दीमा छाला, मधुमेह, जण्डिस, श्वासप्रश्वास, फोक्सोको समस्या, हातगोडा पाक्ने, सुनिनेलगायतका रोग देखापरेको छ । कारागार कार्यालय जगन्नाथदेवलका प्रमुख एवं उपसचिव वेदनिधि अधिकारी उपचारका लागि दैनिक १०० कैदीबन्दीलाई उपत्यकाका विभिन्न अस्पतालमा पठाउँदै आएको बताउँछन् । ‘सामान्य […]

बाबुद्वारा छोराको हत्या

भक्तपुर– मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली रमाइलो चोकमा गएराति बाबुले छोराको हत्या गरेका छन् । गएराति आफ्नै कोठामा सुतिरहेका १७ वर्षीय सागर चापागाईंलाई उनका बाबु ४० वर्षीय डिल्लीराम चापागाईंले मासु काट्न प्रयोग हुने चुप्पीले घाँटीमा प्रहार गरी हत्या गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । मोरङ सुनवर्षा नगरपालिका– १ घर भई […]

पूर्वी नाकाबाट १७४ नेपाली चेलीको उद्धार

भद्रपुर– माइती नेपालले पूर्वी नाका काँकडभिट्टाबाट गत छ महिनामा १७४ जना नेपाली चेलीको उद्धार गरेको छ । मानव बेचबिखनमा संलग्न दलालहरुले झुक्याएर भारततिर लैजान लागेको अवस्थामा ती चेलीलाई सम्झाई–बुझाई नाकाबाट फर्काएर अभिभावकको जिम्मा लगाइएको र १० जनालाई सिलगुढी, दिल्ली र खोरीबारीलगायत स्थानबाट उद्धार गरेको माइती नेपालको काँकडभिट्टास्थित पूर्वाञ्चल क्षेत्रीय कार्यालयले जनाएको छ । मानव बेचबिखनको […]

मिर्गौला तस्करीका अभियुक्त पक्राउ

भक्तपुर– झुक्याएर मिर्गौला झिकी आफ्नै बाबुलाई प्रत्यारोपण गराउने मुख्य अभियुक्त मानिएका २४ वर्षीय आशिष बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक बनेपा नगरपालिका– २ टुकुचाका २९ वर्षीय कुमार गिरीको मिर्गौला झिकेर कानेपोखरी गाउँपालिका– १ मोरङ स्थायी घर भई हाल भक्तपुर नगरपालिका–१ सल्लाघारीमा डेरा गरी बस्ने ५१ वर्षीय थर्कबहादुर बस्नेतलाई प्रत्यारोपण गराई फरार रहेका उनका छोरा […]

किर्ते गरेर सार्वजनिक जग्गा उद्योगलाई बिक्री

नवलपरासी– पश्चिम नवलपरासीको सरावल गाउपालिका–१ मा नक्कली कागजातका आधारमा किर्ते गरेर सार्वजनिक जग्गा उद्योगलाई बिक्री गरेको खुलासा भएको छ । खेलमैदान र मुस्लिम समुदायको शव गाड्ने स्थान (कब्रिस्थान) रहेको सार्वजनिक जग्गालाई गुल्मी जिल्ला साविकको (जयखानी गाविस–३) का दीपक सुनारले नक्कली कागजातका आधारमा ग्यास उद्योगलाई बिक्री गरेको खुलासा भएको हो । दुई बिगाहा १५ कट्ठा दुई […]

आइपिएल क्रिकेटमा सट्टेबाजी गर्ने नागराज जेल चलान

काठमाडौँ– महानगरीय अपराध महाशाखाले इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सट्टेबाजी गर्ने नथमल अग्रवाल भनिने नागराजलाई जेल चलान गरेको छ । महाशाखाले भारतमा चलेको आइपिएल क्रिकेटमा सट्टेबाजी रकम राख्दा तीन महिनामा तेब्बर हुन्छ र हारेमा रकम फिर्ता हुन्छ भनेर रकम ठगी गर्ने नागराजलाई आज जेल चलान गरेको हो । महाशाखाको टोलीले नागराजले रु दुई करोड ४० […]

लुटेराको कुटाइबाट मृत्यु

धनकुटा– धनकुटाको छथरजोरपाटी गाउँपालिकामा लुटेराकोे कुटपिटबाट एक वृद्धाको ज्यान गएको छ । छथर जोरपाटी गाउँपालिका–५ की ६० वर्षीया नरमाया लिम्बूको घरमा परिवारका सदस्य कोही नभएको मौका पारी लुटपाट गरी वृद्धालाई कुटपिट गरेर गम्भीर घाइते वृद्धाको मृत्यु भएको थियो । वृद्धालाई कुटपिट गरी लुटेराले डेढ तोला सुनका गहना लुटेका थिए । शुक्रबार राति स्थानीय १९ वर्षीय […]

ज्वाइँले रड प्रहार गर्दा ससूराको मृत्यु, सासू घाइते

वालिङ, स्याङ्जा– आफ्नै ज्वाइँले रड प्रहार गर्दा घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ । स्याङ्जाको बिरुवा गाउँपालिका–३, राङभाङ बस्ने ७८ वर्षीय मोहनसिंह थापाको निजकै छोरी ज्वाइँ खुमबहादुर थापाले असार १७ गते राति रड प्रहार गर्दा घाइते बनेका मोहनसिंहको उपचारका क्रममा फिस्टेल अस्पताल, पोखरामा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब […]

भरियालाई आठ करोड जरिवानासहित साढे १० वर्ष जेल

लमजुङ– अन्नपूर्ण पदमार्गअन्तर्गत लमजुङको खुदीमा १७ किलो सुनसहित पक्राउ परेका युवकलाई आठ करोड जरिवानासहित १० वर्ष छ महिना जेल सजायको फैसला भएको छ । ज्याला मजदूरी गर्दै आएका मनाङको नासोङ गाउँपालिका–९, दानाक्युका ३१ वर्षीय पासाङ गुरुङलाई उक्त सजाय फैसाला भएको हो । जिल्ला अदालत लमजुङका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत […]

हुण्डीको रकम र चोरीको सुन कारोबार गर्ने पक्राउ

काठमाडौँ– महानगरीय प्रहरी वृत्त कालीमाटीले हुण्डीको रकम र चोरीको सुन कारोबार गर्ने तीन जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले हुण्डीको कारोबार गर्दै गर्दा रौतहट घर भई हाल सानेपा बस्ने २४ वर्षीय दीपेशकुमार यादव र २४ वर्षीय राजनकुमार गुप्तालाई र भारत घर भई कालीमाटी बस्ने रोहित पटेललाई बिहीबार नियन्त्रणमा लिई आज सार्वजनिक गरेको छ । […]