बिहेको बहानामा बिक्री हुन्छन् चेलीबेटी

घोराही– बाघमारेकी–४ की २८ वर्षीया एक विवाहित महिला परपुरुषको मायाजालमा परिन् । उसलाई छोड्नै नसक्ने अवस्थामा पुगेपछि विदेशमा रहेका पति र आफूसँग भएका बालबच्चालाई छाडेर उनले उक्त व्यक्तिसँग पुनः विवाह पनि गरिन् । विवाहपछि ऋण लाग्यो, पैसा कमाउन जाउँ भन्दै पत्नीलाई लिएर उनी भारततर्फ लागे । नेपालगञ्जको बाटो रिक्सामा चढेर जाँदै गर्दा एक भारतीय महिलाले […]

आफ्नै शिशुलाई मारेर फाल्ने आमा पक्राउ

काठमाडौँ– आफ्नै शिशुलाई मारेर फालेको अभियोगमा प्रहरीले आज एक महिलालाई पक्राउ गरेको छ । काठमाण्डौँ महाबौद्धस्थित आफ्नै कोठामा यही माघ १ गते नवजात शिशु जन्माइ मारेर फरार हुँदै आएकी कपिलवस्तुकी मञ्जु चौधरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ । शिशुको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज राखिएको र घटनाको सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले […]

वडाध्यक्ष नै मूर्ति चोर !

डोल्पा (रासस)– हिमाली जिल्ला डोल्पाका एक वडाध्यक्ष बुद्धमूर्ति चोरीको आरोपमा पक्राउ परेका छन् । उपल्लो डोल्पाको डोल्पोबुद्घ गाउँपालिका–५ का वडाध्यक्ष कार्मा गुरुङलाई प्रहरीले मूर्ति चोरीको आरोपमा पक्राउ गरेको हो । शे– फोक्सुण्डो गाउँपालिका–४ स्थित राहाप गुम्बाका बुद्ध मूर्ति चोरीको आरोपमा वडाध्यक्ष गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । वडाध्यक्ष गुरुङलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौँको […]

तपस्वी भनिने बम्जनलाई पक्राउ नगरेको भन्दै ओलीले आपत्ति जनाइन्

काठमाडौँ– राष्ट्रियसभाको आजको बैठकमा सांसद कोमल ओलीले तपस्वी भनिने रामबहादुर बम्जनले महिलामाथि हिंसा गरेको सार्वजनिक हुँदा पनि पक्राउ नगरेकोमा आपत्ति प्रकट गरिन् । सांसद ओलीले शून्य समयमा बोल्दै सानो बुद्ध भनेर बसेका तपस्वी बम्जनले महिलामाथि हिंसा गरेको र महिला बेपत्ता पारेका भनी पीडित पक्ष स्वयम् आउँदासमेत पक्राउ नपरेकोमा सरकारको ध्यानाकर्षण गराइन् । उनले सञ्चारमाध्यममा करीब […]

चार किलो सुनसहित तीन पक्राउ

धादिङ– गल्छीबाट मलेखुतर्फ जाँदै गरेका दुई मोटरसाइकलबाट अवैध चार किलोग्राम सुनसहित तीन जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवाको उत्तरगया गाउँपालिका–३ का २७ वर्षीय सञ्जीत वाइबा, नुवाकोटको तारकेश्वर गाउँपालिका–५ का २२ वर्षीय सुरेन्द्र तामाङ र सोही स्थानका २४ वर्षीय विकास तामाङ रहेका प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बताए । प्रहरीले पृथ्वीराजमार्गको गजुरीमा सवारी […]

बालविवाह गर्ने भारतीयलाई कैद

सप्तरी– बालविवाह गरेको आरोपमा भारत बिहार राज्य मधुबनी जिल्ला न्यौरग्राम पञ्चायतका २३ वर्षीय नसरुल भनिने निसरुल मियाँलाई एक वर्ष कैद र पाँच हजार जरिवाना गरिएको छ । शम्भुनाथ नगरपालिका–१२ की १६ वर्षीया गुलसन खातुनसँग बालविवाह गर्ने गरेको आरोपमा सप्तरी जिल्ला अदालतले उनलाई सो सजाय दिएको श्रेस्तेदार दिलकुमार बर्देवाले जानकारी दिए । भारतीय प्रहरीको सहयोगमा २०७५ […]

श्रीमतीमाथि एसिड प्रहार

भतरपुर– एक पुरुषले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेका छन् । पोखरा महानगरपालिका–२९ आदर्शनगर बस्ने ४७ वर्षीय वीरेन गुरूङले ससुरालीमै आएर श्रीमती डोल्मा रूम्बालाई एसिड प्रहार गरेका हुन् । एसिड प्रहारबाट घाइते रुम्बाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बुधबार अपराह्न भरतपुर २४ धु्रवबजारस्थित माइतमा बसिरहेको अवस्थामा […]

तपस्वी रामबहादुर बम्जनमाथि बलात्कारको आरोप

काठमाडौं– ‘लिटिल बुद्ध’को नामले प्रचलित तपस्वी रामबहादुर बम्जनमाथि आश्रममै ‘आनी’माथि १८ पटक बलात्कारको आरोप छ । बम्जनले एउटी किशोरीलाई १८ पटक बलात्कार गरेको खुलासा भएको हो । पीडित किशोरीले शनिबार साँझ काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बम्जनले पटकपटक बलात्कार गरेको आरोप लगाएकी हुन् । सर्लाहीबाट आनी बन्न गएकी ती किशोरीलाई बमजनले १८ पटक बलात्कार गरेको र […]

झारफुक गर्ने वहानामा किशोरी बलात्कृत

बाँके (रासस)– नेपालगञ्जको गणेशपुरमा साइबाबा भनिने एक व्यक्तिले १५ वर्षीया किशोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । केही समय अघिदेखि बिरामी परेकी बालिकालाई झारफुक गर्ने क्रममा साइबाबा भनिने ती व्यक्तिले उनीमाथि बलात्कार गरेको बुझिएको पीडित किशोरीका आफन्तले बताएका छन् । झारफुक गर्ने क्रममा ती साइबाबाले तीन चार महिनाअघिदेखि नै आफूमाथि बलात्कार गर्दै आएको र […]

लुटपाट गरेर भाग्दै गरेका भारतीय पक्राउ

दमौली– दिनदहाडै लुटपाट गरेर भाग्दै गरेका चार भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा भारत पश्चिम बङ्गाल कुचविहार जिल्ला कालीबाडी थानाका ३० वर्षीय आनन्द दास, शान्तिपडा थाना वडा नं ६ का ४० वर्षीय विनोद ग्वाला, विहार प्रदेश अररिया जिल्ला जोगमुनी थाना जोगमुनी गाउँका ४२ वर्षीय अजय शाह र पश्चिम बङ्गाल जलपाइ जिल्ला मेनागुडी थाना रेलवेकलौनी […]