नेपालमा कोरोना भाइरसको संक्रमणबाट एकैदिन ४ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट एकैदिन ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्ज महानगरका तीन जनाको गण्डक अस्थायी कोरोना अस्पताल र एकजनाको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका—११ का ५६ वर्षीय पुरुषको साउन १५ गते मृत्यु […]

धादिङमा प्रशासनबाट अन्तरजिल्ला जाने पास बन्द

धादिङ– जिल्ला प्रशासन कार्यालय धादिङले अन्तरजिल्लामा हुने सवारी पासलाई बन्द गरेको छ । आज सूचना जारी गर्दै काठमाडौँ लगायत अन्तरजिल्लामा प्रशासनबाट जारी हुने गरेको पास हाललाई बन्द गर्ने निर्णय गरेको हो । विभिन्न जिल्लाबाट नागढुङ्गा हुँदै काठमाडौँ प्रवेश गर्नेमध्ये धेरैमा कोरोना भाइरसको सङ्क्रमण देखिन थालेकाले हाललाई पास बन्द गरेको सूचनामा उल्लेख गरिएको छ । अहिले […]

विराटनगर महानगरमा आजराति १२ बजेदेखि लकडाउन लागू

विराटनगर– विराटनगर महानगरपालिकाले कोभिड–१९ सङ्क्रमण समुदायमा फैलिन नदिन आजराति १२ बजेदेखि नगरक्षेत्रमा बन्दाबन्दी गर्ने निर्णय गरेको छ । महानगरस्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (सिसिएमसी)को आज बसेको बैठकले नगर क्षेत्रमा समुदायस्तरमा सङ्क्रमित वृद्धि भइरहेको अवस्थामा त्यसको नियन्त्रण एवं रोकथाम लागि यही साउन ३० गते राति १२ बजेसम्मका लागि महानगर क्षेत्रभित्र लागू हुनेगरी उक्त निर्णय गरेको महानगर […]

थप २७४ जनामा कोरोना सङ्क्रमण,२२७ जना डिस्चार्ज

काठमाडौँ– नेपालमा थप २७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा छ हजार ३०४ जनाको नमूना परीक्षण गर्दा २७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । यो सँगै सङ्क्रमितको सङ्ख्या १९ हजार ५४७ […]

कोरोना भाइरसबाट मृत्यु हुनेको छ लाख ७० हजार नाघ्यो

जेनेभा, स्वीट्जरल्याण्ड– विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण छ लाख ७० हजार ५४८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले बिहीबार जानकारी दिएको छ । सो सङ्गठनका अनुसार बिहीबारसम्म विश्वभरीमा एक करोड ७२ लाख तीन हजार ९७३ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये हालसम्म एक करोड सात लाख १९ हजार १०४ व्यक्ति कोरोना मुक्त […]

साँझ ७ बजेदेखि विहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेश गर्न नपाइने

काठमाडौं । गृह मन्त्रालयले साँझ ७ बजेपछि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको छ । नाकाहरुमा पूर्ण निगरानीका साथ चेकजाँचको आवश्यकता परेको भन्दै गृहले अर्को सूचना जारी नभएसम्म अत्यावश्यक सेवा र ढुवानीका साधन बाहेक अन्य सवारी प्रवेशमा रोक लगाएको छ । दिउँसोको समयमा भने सवारी पास लिएका मानिस आवत–जावत गर्न सक्ने गृह मन्त्रालयका […]

कोरोनाको संक्रमणले धमाधम बन्द हुँदै स्थानीय तह

सप्तरी– कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि सप्तरीमा एकपछि अर्को स्थानीय तहले कामकाज बन्द गर्दै बन्दाबन्दी (लकडाउन) गर्ने निर्णय गर्न थालेका छन् । अग्निसाइर कृष्णसवरण गाउँपालिकाले समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिन सक्ने उच्च जोखिम रहेको भन्दै आजदेखि गाउँपालिका र वडा कार्यालयबाट पर्वाह हुने सेवाहरू बन्द गरिएको बताइएको छ । प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्रकुमार यादवले एक विज्ञप्ति जारी […]

बिहीबारदेखि खुल्ने भनिएको होटल, पर्यटनको स्वास्थ्य सुरक्षा कसरी गरिएको छ ?

काठमाडौँ– नेपालमा कोभिड–१९ को सङ्क्रमण दिनप्रतिदिन बढ्दै छ । अहिलेसम्म १८ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् भने पाँच हजारभन्दा बढी अझै पनि उपचाररत छन् । तेह्र हजारभन्दा बढी व्यक्ति निको भएर घर फर्किसकेका छन् । तर सङ्क्रमणको जोखिमका कारण गत चैत ११ देखि शुरु गरिएको बन्दाबन्दी भने विस्तारै खुल्दैछ । लामो समयपछि सरकारले यही […]

कोरोना अपडेटः विश्वभर छ लाख ५६ हजारको मृत्यु

पेरिस– विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण छ लाख ५६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर कूल संक्रमित करिब एक करोड ६६ लाखमध्ये करिब एक करोड दुई लाख व्यक्ति कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । अझै पनि करिब ६६ हजार व्यक्ति गम्भीर अवस्थामा उपचार गराइरहेका छन् । कोरोनाभाइरस फैलिन […]

कोभिड–१९ सङ्क्रमणबाट बच्न आफैँ सतर्क हुन आवश्यक

विराटनगर– कोभिड–१९ सङ्क्रमणबाट बच्नका लागि आफैँ सतर्क हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित कोभिड–१९ सम्बन्धी छलफलमा सरोकारवालाले वर्तमान अवस्थामा सङ्क्रमण समुदाय पूर्वअवस्थामा रहेको विचार व्यक्त गरेका छन् । सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशमा पछिल्लो समय सङ्क्रमणको दर वृद्धि भएको बताउँदै समुदायमा फैलिन नदिन आवश्यक सचेतनामा जोड […]