सीमानाकाबाट २८० नेपालीको उद्धार

धनगढी– लामो समयसम्म भारतको क्वोरेन्टाइनमा बसेका २८० नेपालीलाई आज कैलालीको गौरीफन्टा सीमानाकाबाट उद्धार गरी स्वदेश भित्र्याइएको छ । भारत, लखिमपुरखिरी जिल्लाको पलिया बजारमा व्यवस्था गरिएका विभिन्न क्वारेन्टाइनमा बसेका नेपालीलाई भारतीय अधिकारीको पहलमा बसमाफर्त् नेपाल भारत सीमानाका गौरीफंन्टासम्म पु¥याइएको थियो । सीमासम्म पु¥याइपछि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा रहेको प्रहरी समेतको टोलीले नेपालीको उद्धार गरेको हो । […]

कोरोना अपडेटः विश्वभर ३ लाख ३ हजारको मृत्यु, ४५ लाख बढी संक्रमित

जेनेभा– कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ३ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४५ लाख ४२ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार शुक्रबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ९६ हजार ३२४ जना नयाँ संक्रमित भेटिएका छन् । अघिल्लो दिन पनि ८८ हजार २२० जना नयाँ संक्रमित भेटिएका थिए […]

कालीमाटी तरकारी बजार क्षेत्रमा व्यापक कोरोना परीक्षण

काठमाडौँ– काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेको भन्दै काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा बढाएको छ । कामपाले बिहीबार कालिमाटी तरकारी बजार क्षेत्रमा कोरोना सङ्क्रमितको पहिचानका लागि बिहान ११ बजे शुरु गरिएको आरडिटी र पिसीआर परीक्षण साँझ साढे ६ बजेसम्म गरेको थियो । महानगरले कालिमाटी तरकारी तथा फलफूल विकास समिति र इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखासँग […]

बाँके र मकवानपुरमा ९ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या २५८ पुग्यो

काठमाडौं– आज विहान स्वास्थ्य मन्त्रालयले जानकारी गराएअनुसार नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन् । मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । बाँकेको नरैनापुर गाउँपालिका – १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको […]

धादिङ सील : नाकामा सुरक्षाकर्मी परिचालन

धादिङ– कोरोना भाइरसको जोखिम बढ्दै जाँदा यहाँको मुख्य राजमार्गमा सवारी साधन , तरकारी तथा फलफूल आयातमा निषेध गरिएको छ । आजबाट यस्तो प्रावधान लागू गर्दै जिल्लाका सबै नाकामा सुरक्षाकर्मी परिचालन गरिएको छ । पृथ्वीराजमार्ग, त्रिभुवन राजपथ र सहायक मार्गहरूमा जिल्ला प्रवेशमा कडाइ गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए […]

उत्तरपूर्वी नाकाबाट राजधानी छिर्न प्रतिवन्ध

काठमाडौँ– कोरोना भाइरसको जोखिम हुन नदिन उत्तरपूर्वी भेगका चार नगरपालिकाले नाकामा थप कडाइ गर्दै राजधानी छिर्न प्रतिबन्ध लगाएका छन् । यस क्षेत्रका बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शङ्खरापुर नगरपालिका क्षेत्रमा स्थानीय युवा नै खटिएर बाहिरबाट आउनेलाई रोक लगाउन थालेका हुन् । बूढानीलकण्ठ नगरपालिकाको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबाट नुवाकोट र सिन्धुपाल्चोक पैदल यात्रा हुने गरेको छ […]

विदेशका नेपालीको क्रन्दन : ‘बिन्ती छ सरकार, हामीलाई स्वदेश फर्काइदेऊ’

भक्तपुर– भक्तपुरको सानोठिमीमा बस्दै आएका सुवास ढकाल इपिएस प्रक्रियाबाट कोरिया गएको चारवर्ष १० महिना पुग्यो । प्रवेशाज्ञा (भिसा) सकिएर अहिले कोरियामा उनीजस्ता सयौँ मजदुर समस्यामा छन् । विश्वभर फैलिएको कोभिड–१९ को सङ्क्रमणले यतिखेर रोजगारी, अध्ययन र विभिन्न पेशा, व्यवसाय गर्न पुगेका कोरियादेखि खाडीमुलुकसम्मका नेपाली सरकारले कहिले नेपाल फर्काउला भन्ने आशामा छन् । काभ्रेमण्डन देउपुर घर […]

कोरोना संक्रमितको सम्पर्कमा आएका चिकित्सकलाई क्वारेन्टाइनमा राखिने

काठमाडौँ– त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक बिरामीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै अस्पतालले सङ्क्रमित बालिकाको सम्पर्कमा आएका चिकित्सकलाई १४ दिन ‘क्वारेन्टाइन’ तथा ‘सेल्फ आइसोलेसन’मा राखिने भएको छ । अस्पतालको न्यूरो सर्जरी वार्डको श्यया (बेड) नं ५० मा भर्ना भएकी छ वर्षीया बालिकामा आज कोरोना सङ्क्रमण पुष्टि भएको थियो । ती बालिका नाक, कान, घाँँटीको बिरामी […]

‘कोरोना पत्रकार राहत कोष’ स्थापना गर्न सुझाव

काठमाडौ– अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडालाई न्यूनतम् पारिश्रमिक निर्धारण समितिले आगामी बजेटमा समेट्नुपर्ने सञ्चार क्षेत्रका प्राथमिकताका विषयमा आज सुझाव दिएको छ । समितिका अध्यक्ष राजेन्द्र अर्यालले बुझाएको नौ बुँदे सुझावपत्रमा कोरोना जोखिमका कारण प्रभावित सञ्चार क्षेत्रलाई विशेष व्यवस्था गर्नुपर्ने उल्लेख छ । समितिको सुझावमा कोरोना प्रभावित जिल्ला र काठमाडौँमा स्थलमा खटिएका […]

विना स्वीकृति विदेशीलाई जिनेटिक अनुसन्धान गर्न दिएको भन्दै ६ जना चिकित्सकलाई स्पष्टिकरण

काठमाडौँ– नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले नेपालका कोभिड–१९ ले सङ्क्रमित एक युवाको अनुवांशिक (जिनेटिक) को परिषद्को स्वीकृति वेगर विदेशीसँग मिलेर अनुसन्धान गरेको भन्दै छ जना चिकित्सकलाई स्पष्टिकरण सोधेको छ । परिषद्का प्रशासन शाखा प्रमुख युवराज खरेलले पत्र लेख्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका डा रञ्जित शाह र प्रयोगशालकै डा रुना झा, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा […]