धुलिखेल अस्पतालमा मृत्यु भएकी एक सुत्केरी महिलाका आफन्तको स्वाब सङ्कलन, अस्पतालमा उच्च सतर्कता

काभ्रेपलाञ्चोक– धुलिखेल अस्पतालमा मृत्यु भएकी एक सुत्केरी महिलाको शिशुसहित श्रीमान्, सासू र नन्दको कोरोना भाइरसको सङ्क्रमण भए/नभएको परीक्षण गर्न आज दिउँसो स्वाब सङ्कलन गरिएको र उनीहरूलाई अस्पतालको क्वारेन्टिनमा राखिएको छ । गत बिहीबार राति ९ः३० बजे उपचारार्थ धुलिखेल अस्पताल पु¥याइएकी सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षीया महिलाको केही समयपछि नै मृत्यु भएको थियो । मृतकका परिवारका सदस्यले […]

धुलिखेलमा मृत्यु भएकी महिलाको गाउँमा सेना परिचालन गरेर सिल गरियो

मेलम्ची– धुलिखेल अस्पतालमा निधन भएकी महिलाको गाउँमा सिल गरिएको छ । आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले बाह्रबिसे नपा–९ की २९ वर्षीय महिलाको कोरोना भाइरसँग मिल्दोजुल्दो लक्षण देखिएको र स्वाब परीक्षण भइरहेको हुँदा सम्भावित सङ्क्रमणलाई रोक्न उक्त गाउँ सिल गरिएको हो । सो नपाको वडा नं ९ तथा बलेफी गाउँपालिका वडा नं ८ र ९ […]

कपिलवस्तुमा ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २७६ पुग्यो

काठमाडौं– आज कपिलवस्तुमा ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै आज एकैदिन ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सम्मा संक्रमितको संख्या २७६ पुगेको छ । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षका पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि आजै बर्दिया नार्खु–११ की […]

१०४ वर्षीया वृद्धाले जितिन् कोरोना

सोल– दक्षिण कोरियामा १०४ वर्षीया एक कोरोना संक्रमित वृद्धाको सफल उपचार भएको छ । चोई नाम गरेकी उक्त वृद्धा ६७ दिनको उपचारपछि पोहाङ मेडिकल सेन्टर, सरकारी अस्पतालबाट आज डिस्चार्ज भएकीे हुन् । उनी दक्षिण कोरियामा कोरोना सङ्क्रमणबाट निको हुनेमध्ये अहिलेसम्मकै बढी उमेर भएकी वृद्धा हुन् । सन् २०१२ देखि थेगुको दक्षिणी ग्यङ्सानमा रहेको एक केयर […]

सीमाका नेपाली भन्छन्; ‘खानापानी पाएका छैनौँ’

सुर्खेत– नेपाल–भारत सीमानाका बाँकेको जमुनाहमा पुगेका नेपालीहरूले दुई दिनदेखि खाना र पानी राम्रोसँग नपाएको गुनासो गरेका छन् । ज्याला मजदुरीका लागि भारत गएका नेपाली लकडाउन भएपछि नेपाल फर्कने क्रममा अलपत्र परेका थिए । १५ दिनअघि सीमा पुगे पनि त्यहाँबाट भारत फकाईएको सिमकोट गाउँपालिका–२ हुम्लाका वीरेन्द्र बोहोराले जानकारी दिए । “हामीलाई सीमाबाट फर्काइएपछि भारतको बाबागञ्जमा लिएर […]

आज फेरि ६ जनामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या २७३ जना पुग्यो

काठमाडौं– नेपालमा आज फेरि ६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । बर्दिया, पर्सा, सिरहा, सर्लाही र चितवन निवासी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २७३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

भारतीय प्रहरीले नै नेपालीलाई सीमासम्म ल्याएर छाड्छ

लुम्बिनी– प्रवासी नेपालीलाई विभिन्न ठाउँबाट गाडी रिजर्भ गरेर भारतीय प्रहरीले सीमासम्म छाड्ने गरेको खुलेको छ । कोभिड –१९ का कारण जो जहाँ छ, त्यहीँ बस्नुपर्ने दुई देशीय सहमति भए पनि भारतीय पक्षले त्यसो नगरी सीमासम्म ल्याएर छाडिदिने गरेको भैरहवाका विभिन्न शैक्षिक प्रतिष्ठानमा बनाइएका क्वारेन्टाइनमा बसेका प्रवासी नेपालीले बताएका छन् । सीमामा अलपत्र परेकाहरुलाई दुई दिन […]

निरोगी नेपाल स्वास्थ्य नीति, गरिबलाई निः शुल्क स्वास्थ्य सेवा

काठमाडौँ– सरकारद्वारा आज जारी संघीय संसद्को दुवै सदनमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा सरकारले निरोगी नेपाल निर्माण गर्ने मूल स्वास्थ्य नीति राखेको बताएको छ भने गरिबलाई निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था गर्ने पनि बताइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै निरोगी नेपाल निर्माण सरकारको मूल स्वास्थ्य नीति […]

थप ९ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या २६७ पुग्यो

काठमाडौं– आज फेरि नेपालमा फेरि ९ जना कोरोना संक्रमित थपिएका छन् । पर्सा, उदयपुर, काठमाडौं र दाङका गरी ९ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बाँकेस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा […]

नीति तथा कार्यक्रम : कोरोना रोकथामदेखि समृद्धिका प्राथमिकता

काठमाडौँ– सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा कोभिड–१९ रोकथाम तथा नियन्त्रणलाई प्राथमिकता दिँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षलाई निरन्तरता दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसदको संयुक्त बैठकमा सम्बोधनसहित प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ । सो नीतिमा […]