एउटै जिल्लाभित्र आवतजावत गर्ने पास पनि रद्द

काठमाडौँ– जिल्लाकै एउटा स्थानबाट अर्को स्थानमा जानसमेत नपाइने भएको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि गृह मन्त्रालयले एउटा जिल्लाभित्र सवारी सञ्चालन गर्न पाउने गरी जारी गरेको सवारी पास रद्द गर्ने निर्णय गरेको हो । कुनै पनि व्यक्तिलाई अत्यावश्यक कामका लागि बाहिर निस्कनुपरेमा नजिकैका प्रहरीलाई सम्पर्क गर्न सकिने गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताए […]

कोरोना अपडेट : विश्वभर २ लाख ९८ हजारको मृत्यु

जेनेभा– कोरोनाभाइरसका कारण विश्वभर २ लाख ९८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४४ लाख ३० हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बिहीबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा विश्वभर ८८ हजार २२० जना नयाँ संक्रमित भेटिएका छन् । अघिल्लो दिन पनि ८५ हजार ३१२ जना नयाँ संक्रमित भेटिएका […]

एकै परिवारका ९ जनामा कोरोना

खस्यौली– रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं २ स्थित जोगडामा एकै परिवारका नौसहित १० जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । तीमध्ये छ पुरुष, एक महिला एवं चार र १० वर्षीया बालिका तथा एक पुरुष अलग परिवारको रहेको गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले जानकारी दिए । भारतको मुम्बईबाट नेपाल आएका उनीहरु एक साताअघि […]

फेरि थपिए ५ जना कोरोना संक्रमित, संक्रमितको संख्या २५० पुग्यो

काठमाडौं– नेपालमा आज विहान मात्र ७ जना कोरोना संक्रमित थपिएका छन् । सर्लाही, धनुषा, महोत्तरी, काठमाडौं र कपिलबस्तुमा गरी बिहीबार ७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा दुई जनामा कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २४५ पुग्यो, पास भिरेर काठमाडौं आएकामा भेटियो संक्रमण

काठमाडौं– नेपालमा थप दुई जनामा कोरोना पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या २ सय ४५ पुगेको छ । नयाँ भेटिएका दुई संक्रमितमध्ये एक चन्द्रागिरी काठमाडौंका ३२ वर्षीय पुरुष हुन् भने अर्की कपिलबस्तुकी ६ वर्षीया बालिका हुन् । बिहीबार पनि चन्द्रागिरिकै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि राजधानी काठमाडौंमा कोरोना पुष्टि भएका व्यक्तिहरुको संख्या ६ पुगेको […]

आज फेरि २४ जनामा कोरोना संक्रमण थपियो, जम्मा संख्या २ सय ४३ पुग्यो

काठमाडौं– थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै अब २ सय ४३ जना संक्रमितको संख्या पुगेको छ । बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।

सुत्केरी बोकेको एम्बुलेन्स खोलामा

कोहलपुर– बाँके जिल्लाको कोहलपुरबाट सुत्केरी लिएर राप्तीसोनारी जाँदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको छ । भे १ च ३१७१ नम्बरको एम्बुलेन्स दुर्घटना भई खोलामा खसेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए । कोहलपुर मेडिकल कलेजबाट चारदिने सुत्केरी लिएर गइरहेको एम्बुलेन्स कोहलपुर नगरपालिका वडा नं १२ स्थित सडकदेखि झण्डै सय मिटर तल रोहिणी […]

कोरोनाको उच्च जोखिममा प्रदेश नं २, सीमावर्ती क्षेत्रका नागरिक सजग हुनुपर्ने

जनकपुरधाम– प्रदेश नं २ कोरोना भाइरसको उच्च जोखिममा देखिएको छ । भारतबाट लुकीछिपी प्रवेश गर्ने र कतिपय क्वारेन्टाइनमा नबसी आफ्नो घरमा बस्ने गरेकाले यो प्रदेश उच्च जोखिममा देखिएको हो । भारतमा अहिले पनि लकडाउन जारी छ । तर, मजदुरलाई गन्तव्यमा पु¥याउनका लागि रेलसेवा सञ्चालनमा ल्याएको छ । कोरोनाबाट अतिसङ्क्रमित दिल्ली, मुम्बईलगायत ठूला शहरबाट रेलसेवा शुरु […]

उदयपुरमा उपभोग्य वस्तु आपूर्ति गर्दा कोरोना वृद्धिको खतरा झनै बढ्यो

गाईघाट– पर्साको वीरगञ्ज क्षेत्रमा तीव्ररूपमा कोरोना सङ्क्रमण बढ्न थालेपछि त्यहाँबाट उदयपुर भित्रिने दैनिक उपभोग्य वस्तुका कारण कोरोना सङ्क्रमण बढ्ने खतरा देखिएको छ । वीरगञ्ज क्षेत्रबाट ढुवानी हुने अधिकांश दैनिक उपभोग्य वस्तुका कारण उदयपुरमा कोरोना सङ्क्रमणको खतरा झनै बढ्न सक्ने भन्दै यहाँका व्यापारी र नागरिक समाजले तत्कालका लागि वीरगञ्जबाट उपभोग्य वस्तु ढुवानीमा रोक लगाउनु पर्ने बताएका […]

१७ महिने बालकमा कालाजार

बाजुरा– देशभर कोरोना भाइरसको जोखिम बढिरहेका बेला बाजुरामा भने कालाजार देखापरेपछि गाउँमा थप चिन्ता थपिएको छ । जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं ५ गोत्रीका एक बालकलाई कालाजार देखिएको हो । पूर्वी–उत्तरी क्षेत्रमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचारका लागि ल्याइएका जगन्नाथ गाउँपालिका गोत्रीका १७ महिने बालक देवीन्द्र बुढालाई कालाजार भएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका प्रमुख […]