दुर्घटनामा परेर गम्भीर घाइते नेकपा मालेका महासचिव मैनाली ग्राण्डी अस्पतालमा

काठमाडौं । महोत्तरीको बर्दिबासमा सवारी दुर्घटनामा गरी गम्भीर घाइते भएका नेकपा मालेका महासचिव एवं पूर्व उपप्रधानमन्त्री सीपी मैनालीसहित घाइतेलाई थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट ल्याइएका घाइतेलाई काठमाडौंको ग्राण्डी हास्पिटल लगिएको हो । मैनालीको अवस्था गम्भीर रहेको कारण बर्दिबासमा उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो । […]

स्वास्थ्य बीमा गरेका बिरामीलाई भेद्भाव नगर्न निर्देशन

सुर्खेत– नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले स्वास्थ्य बीमामार्फत उपचार गर्न आउने बिरामीलाई भेद्भाव नगर्न निर्देशन दिएका छन् । प्रदेश अस्पतालको १४औँ स्थापना दिवसका अवसरमा वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा उनले स्वास्थ्य बीमाका सेवाग्राहीलाई राम्रो व्यवहार नगरेको धेरै गुनासो आउने गरेकाले त्यस्तो कुनै भेद्भाव नगर्न निर्देशन दिए । “स्वास्थ्य बीमा गरेका उपचारका लागि आउँदा अस्पतालले […]

क्वारेन्टाइनमा राखिएका सबै नेपाली स्वास्थ्य

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनको हुबेई प्रान्तबाट स्वदेश ल्याइएका सबै नेपाली नागरिक स्वस्थ्य रहेको र परीक्षणमा कुनै पनि सङ्क्रमण नदेखिएकाले कोही पनि त्रसित हुनुनपर्ने जनाएको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भक्तपुरको चाँगुनारायण नगरपालिकाको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा क्वारेन्टाइनका लागि तयार गरिएको स्थानमा राखिएका सबै नेपालीमा ‘नोभेल कोरोना भाइरस […]

कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ६३० पुग्यो

एजेन्सी । डिसेम्बरको अन्त्यमा चिनियाँ बजारमा देखा परेको नयाँ कोरोना भाइरसले शुक्रबारसम्म ६३० भन्दा बढी व्यक्तिको ज्यान लिएको छ । सङ्क्रमण विश्वभर फैलिएको भएपनि यसले भीनबाहेकका मुलुकमा प्रकोपका रूपमा नदेखिएको विश्व स्वास्थ्य संगठनले जानकारी गराएको छ । पछिल्लो तथ्याङ्क अनुसार कोरोना भाइरसको सङ्क्रमणका कारण चीनमा ३० हजारभन्दा बढी व्यक्तिले उपचार गराइरहेका छन् । चिनियाँ मुख्य […]

३ हजार ७ सय यात्री बोकेको क्रुजभित्रमा ६१ जनामा कोरोना भाइरस

एजेन्सी । जापानको योकोहामा नजिकै क्वारेन्टाइनको लागि छोडिएको क्रुजभित्रका अन्य ४१ जनामा कोरोना भाइरस भेटिएको छ । यससँगै क्रुजभित्र संक्रमितको संख्या ६१ पुगेको छ । ३७ सय यात्री बोकेको डायमण्ड प्रिन्सेस क्रुज पछिल्लो दुई हप्तादेखि योकोकामामा छोडिएको छ । हङ्गकङ्गका ८० वर्षे एक व्यक्ति कोरोना भाइरसका कारण बिरामी परेपछि जहाजभित्रका अन्य यात्रीमाथि पनि परीक्षण सुरु […]

चीनसँगको सीमानाका बन्द गर्न माग गर्दै हङकङमा हजारौं चिकित्सकको हड्‍तालमा

हङकङ । हङकङमा हजारौं चिकित्सकहरु हड्‍तालमा उत्रिएका छन् । हङकङको अस्पताल प्राधिकरण ९एचए० ले बिहीबार सीमित चिकित्सा सेवामात्र उपलब्ध गराइने चेतावनी दिएका छन् । निरन्तर चार दिनदेखि हड्तालमा उत्रिएका हङकङका चिकित्सकहरुले चीनसँगको सीमा नाका पूर्णरुपमा बन्द गर्न माग गर्दै हड्‍तालमा उत्रिएका हुन् । अस्पताल प्राधिकरणका अधिकारीका अनुसार बुधबारको हड्तालमा सात हजारभन्दा बढी चिकित्सकहरु सहभागी थिए […]

राष्ट्रियसभाको आजको बैठक: कोरोना प्रभावित क्षेत्रबाट नेपाली नागरिकलाई तत्काल उद्धार गर्न ध्यानाकर्षण

रासस, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले चीनको वुहान प्रान्तबाट फैलिएको नोभेल कोरोना भाइरस विश्वव्यापी प्रभाव पारिरहेको भन्दै प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकलाई तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद कोमल ओलीले विश्वभर फैलिरहेको कोरोना भाइरस सङ्क्रमणको नेपालमा कस्तो अवस्था छ ? भनेर प्रश्न गर्नुभयो । […]

यस कारण मुस्ताङमा कोरोना भईरसको ‘चिन्ता छैन केही’

पर्वत । छिमेकी मुलुक चीनको तिब्बतसँग जोडिएको हिमालपारिको जिल्ला मुस्ताङमा कोरोना भाइरसको कुनै प्रभाव परेको छैन। चीनसँग नाका जोडिएका अन्य जिल्लामा उच्च सतर्कता अपनाइएको भए पनि मुस्ताङ जिल्लाभर कुनै प्रभाव नदेखिएको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए। उनका अनुसार बाक्लो हिमपातका कारण उत्तरी मुस्ताङमा दुई सातादेखि आवतजावतसमेत ठप्प छ। उत्तरी मुस्ताङ र तिब्बत जोड्ने […]

सांसदको यस्तो प्रस्तावः ‘कोरोना पीडित नेपालीलाई राख्न संसद भवन खाली गरौं’

काठमाडौं । चीनका कोरोना भाइरस पीडितलाई संसद भवन खाली गरेर राख्न एक सांसदले प्रस्ताव गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसद प्रदीप यादवले संसद चीनमा रहेका नेपालीहरुलाई ल्याएर राख्न र पाल टाँगेर संसद चलाउन प्रस्ताव गरेका हुन् । उनले सरकारले ५ दिनदेखि उनीहरुलाई राख्ने ठाउँ नपाइरहेको भन्दै आएको तर काठमाडौंमै हायात होटेलको […]

स्वास्थ्य मन्त्री ढकाल भन्छन्ः ‘चीनबाट ल्याउने नेपालीलाई राख्ने स्थान टुंग्याउँदैछौं’

काठमाडौं । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले चीनबाट ल्याइने नेपालीलाई राख्ने स्थानको खोजिको अन्तिम टुंगोमा पुगेको बताएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै स्वास्थ्य मन्त्री ढकालले चीनमा रहेका नेपालीलाई स्वदेश ल्याउन गम्भिर भएर लागेको बताए । चीनबाट ल्याइने नेपालीलाई कहाँ राख्ने भन्ने टुंगो लगाउन अन्तिम प्रयासमा रहेको उनले बताए । ‘चीनमा रहनुभएका विद्यार्थीलाई ल्याउने विषय […]