भारतमा ९० हजार कोरोना संक्रमित, एकै दिन भेटिए ५ हजार

नयाँदिल्ली–– भारतमा आइतबार बिहानसम्म कोरोनाभाइरसका संक्रमितका संख्या ९० हजार नाघेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा झण्डै पाँच हजार नयाँ संक्रमित भेटिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हाल ५३ हजार ९४६ जनामा कोरोनाभाइरसको संक्रमण रहेको छ । भारतमा कूल २ हजार ८७२ जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ […]

दुई ट्रक ठोक्किँदा २४ जनाको मृत्यु

उत्तर प्रदेश– भारतको उत्तर प्रदेशमा दुई ओटा ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशको औरयामा भएको दुर्घटनामा परी अरु केही घाइते पनि भएका छन् । मृत्यु भएका र घाइते भएका सवै मजदुर रहेका जनाइएको छ । स्थानीय समयानुसार शनिबार बिहान ३.३० बजेतिर दुर्घटना भएको स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् […]

भारतमा कोरोना भाइरसले मृत्यु हुनेको संख्या २ हजार ७५२, संक्रमित ८५ हजार ९४०

नयाँदिल्ली– गत २४ घण्टामा भारतमा ३ हजार ९७० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँगै भारतमा शनिबारसम्म कोभिड–१९ संक्रमितको संख्या ८५ हजार ९४० जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा शुक्रबार एकै दिनमा १०३ कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । त्यसपछि भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या […]

१०४ वर्षीया वृद्धाले जितिन् कोरोना

सोल– दक्षिण कोरियामा १०४ वर्षीया एक कोरोना संक्रमित वृद्धाको सफल उपचार भएको छ । चोई नाम गरेकी उक्त वृद्धा ६७ दिनको उपचारपछि पोहाङ मेडिकल सेन्टर, सरकारी अस्पतालबाट आज डिस्चार्ज भएकीे हुन् । उनी दक्षिण कोरियामा कोरोना सङ्क्रमणबाट निको हुनेमध्ये अहिलेसम्मकै बढी उमेर भएकी वृद्धा हुन् । सन् २०१२ देखि थेगुको दक्षिणी ग्यङ्सानमा रहेको एक केयर […]

कोरोना अपडेटः विश्वभर ३ लाख ३ हजारको मृत्यु, ४५ लाख बढी संक्रमित

जेनेभा– कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ३ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४५ लाख ४२ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार शुक्रबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ९६ हजार ३२४ जना नयाँ संक्रमित भेटिएका छन् । अघिल्लो दिन पनि ८८ हजार २२० जना नयाँ संक्रमित भेटिएका थिए […]

अमेरिका–चीनबीच व्यापारीक टकरावकै बेला विश्व व्यापार संगठनका महानिर्देशक अजिभिडोद्वारा राजीनामा

जेनेभा– विश्व व्यापार संगठन (डब्लुटिओ)का महानिर्देशक रोबर्टो अजिभिडोले आफ्नो कार्यकाल एक वर्ष बाँकी छँदै पदबाट राजीनामा दिएको बिहीबार घोषणा गरेका छन् । अमेरिका–चीनबीच व्यापार तनाब जारी नै रहेको तथा कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा व्यापक असर पारेकै अवस्थामा डब्लुटिओका प्रमुखले “व्यक्तिगत” कारण देखाउँदै राजीनामा गरेका हुन् । उनले आफ्नो पदबाट आगामी अगष्ट ३१ लागू हुने […]

चीनसँगको सबै सम्बन्ध तोडिने : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको सबै सम्बन्ध तोड्ने चेतावनी दिएका छन् । उनले कोरोना भाइरस ९कोभिड–१९० को महामारीमा चीनले चालेको कदमको आलोचना गरेका हुन् । एक अन्तर्वार्तामा उनले आफूले चीनसँगको सबै सम्बन्ध तोड्न सक्ने बताएका हुन् । ट्रम्पले चीनसँगको सबै सम्बन्ध तोड्दा अमेरिकाको पाँच खर्ब डलर बच्ने बताए । ट्रम्पले दुई मुलुकको बीचमा हुने […]

कोरोना अपडेट : विश्वभर २ लाख ९८ हजारको मृत्यु

जेनेभा– कोरोनाभाइरसका कारण विश्वभर २ लाख ९८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४४ लाख ३० हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बिहीबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा विश्वभर ८८ हजार २२० जना नयाँ संक्रमित भेटिएका छन् । अघिल्लो दिन पनि ८५ हजार ३१२ जना नयाँ संक्रमित भेटिएका […]

बेरोजगार भत्ताका लागि तीन करोड ६० लाखले भरे फाराम

वासिङ्टन– अमेरिकामा कोरोनाभाइरसका कारण बेरोजगार हुनुपरेको भन्दै तीन करोड ६० लाखभन्दा बढीले बेरोजगार भत्ताका लागि फाराम भरेका छन् । यति धेरै मानिसले फाराम भरेको यो पछिल्लो दुई महिनामा भएको जनाइएको छ । उनीहरूमध्ये झण्डै तीस लाखले पछिल्लो एक हप्तामा मात्रै फाराम भरेको अधिकारीहरूले जानकारी दिएका छन् । बेरोजगार भत्ताको दावी गर्नेहरूको सङ्ख्या बढ्दै गएपछि सरकारले […]

मेक्सिकोमा विषालु मदिरा सेवनबाट ४२ जनाको मृत्यु

मेक्सिको– मध्य अमेरिकी राष्ट्र मेक्सिकोको पुब्ला राज्यमा आयोजित एक दाहसंस्कार कार्यक्रममा मिसावटयुक्त विषालु मदिरा सेवन गरेकामध्ये कम्तीमा ४२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । राजधानी मेक्सिको सिटीबाट करिब २०० किलोमिटर उत्तरपूर्वको गाउँमा भएको यस घटनामा हरू ११ जना जीवनमरणको दोशाँधमा रहेका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ स्थानीय सरकारले जनाएको छ । […]