आफ्नै सहकर्मीले गोली चलाउँदा २३ सुरक्षाकर्मी मारिए

अफगानिस्तानको पूर्वीक्षेत्रमा पर्ने घाज्नी प्रान्तमा भएको घटनामा परी २३ सुरक्षाकर्मीको मृत्यु भएको छ । प्रान्तीय परिषद्का प्रमुख नासिर अहमद फाक्विरीले शनिबार भएको आन्तरिक घटनामा परी उनीहरुको मृत्यु भएको जानकारी दिए । क्वाराबाघ जिल्लामा रहेको एउटा सुरक्षाचौकीमा सुतिरहेका बेला आफ्नै सहकर्मीले गोली चलाएपछि उनीहरुको घटनास्थलमै मृत्यु भएको उनले बताए । शनिबार विहानको समयमा घटना भएको अधिकारीले […]

अमेरिकी पूर्व राष्ट्रपति जिम्मी अस्पताल भर्ना

वासिङ्टन । अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टर पिसाब नलीमा आएको समस्याका कारण उपचारका लागि अस्पताल भर्ना भएका छन् । ९५ बर्षीय उनलाई जर्जिया राज्यको फोब मेडिकल सेन्टरमा उपचारका लागि भर्ना गरिएको हो । अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको र निरन्तर सुधारोन्मुख रहेको छ । उनी केही दिनमै अस्पतालबाट डिस्चार्ज हुने पनि अस्पतालले जनाएको […]

महात्मा गान्धीका हत्यारालाई देशभक्त भनेपछि हंगामा

भारतीय जनता पार्टीकी सांसद प्रज्ञा ठाकुरले महात्मा गान्धीका हत्यारालाई देशभक्त भनेपछि हंगामा मच्चिएको छ । सत्तासीन भारतीय जनता पार्टीका विवादास्पद सांसद ठाकुरलाई महात्मा गान्धीका हत्यारालाई एक देशभक्त भनेपछि महत्वपूर्ण संसदीय समितिबाट हटाइएको छ । ठाकुरले नाथुराम गोडेसलाई देशभक्त भनेको यो दोस्रो पटक हो । पहिलो पटक गत मेमा उनले सो अभिव्यक्ति दिएकी थिइन् । संसदको […]

युवतीसँग रात बिताउन साउदीका युवराजधिराजको एक अर्बको अफर

काेही यस्ता मानिस धरि हुन्छन् की पैसाकाे लागि अाफ्नाे क्षज्जत धरी बेच्न तयार हुन्छन् । साउदी अरबका राजा सलमानले युवराजाधिराज र आफ्ना भतिजो मोहम्मद बिन नायेफ (५७) लाई उनको पदबाट हटाएका छन् । राजाले उनको सट्टा आफ्ना ३१ वर्षीय छोरा मोहम्मद बिन सलमानलाई देशका नयाँ युवराजाधिराज घोषणा गरेका छन् । युवराजाधिराजलाई यससँगै देशका प्रधानमन्त्री पनि […]

अत्यधिक धुवाँ र धुलोका कारण दिल्लीमा जोर विजोर प्रणाली लागू

भारत सरकारले राष्ट्रिय राजधानी नयाँ दिल्लीमा सोमबार बिहान ८ः०० बजेबाट यातायातका साधनमा जोर विजोर प्रणाली लागू गरेको छ । यातायातका साधनबाट निस्किने धुवाँ र अत्यधिक यातायातको चाप र आवागमनका कारण उडेको धुलोका कारण भारतको राजधानी दिल्लीमा वायु प्रदुषण भएको भन्दै राज्य सरकारको यो निर्णय आएको हो । सोमबारबाट जोर नम्बरका सवारी साधन मात्र चलाउन राज्य […]

रेलमा आगलागी, कम्तिमा ४६ जनाको मृत्यु

पाकिस्तानमा एक रेलमा आगलागी हुँदा कम्तिमा ४६ जनाको मृत्यु भएको छ । पाकिस्तान रेलवेको तेज गाम एक्सप्रेसको रेलमा आगलागी भएको हो । यो रेल कराचीबाट रावलपिण्डी रुटमा चल्छ । रावलपिण्डीबाट छुटेको रेलमा लियाकतपुरमा आगलागी भएको हो । रेलको तीनवटा डिब्बामा आगलागी भएको हो । ४६ जनाको ज्यान गएको पुष्टि भएको र अरु ४२ जना घाइते […]

प्रधानमन्त्री खानको राजीनामा माग्दै पाकिस्तानमा प्रदर्शन

काठमाडौं । प्रधानमन्त्री इमरान खानको राजीनामा माग्दै पाकिस्तानमा प्रदर्शन भएको छ । विपक्षी पार्टी एवम् पाकिस्तानको सबैभन्दा ठूलो धार्मिक समूह जमियत उलेमा(ए(इस्लाम ९जेयूआई०ले प्रधानमन्त्री खानको राजीनामा र नयाँ चुनावको माग गर्दै प्रदर्शन सुरु गरेको हो । जेयूआईको प्रदर्शनलाई विपक्षी पार्टीहरु पीपीपी र मुस्लिम लीग ९नवाज०ले समेत समर्थन गरेका छन् । जेयूआईले राजनीतिक शाखा अन्सार उल […]

क्यानडामा प्रधानमन्त्री ट्रुडो विजयी, तर बहुमत गुमाए

ओट्टावा (राससरएएफपी) – क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीले सोमबार सम्पन्न संसदीय निर्वाचनमा सबैभन्दा बढी स्थान जित्न सफल भए पनि पूर्ण बहुमत प्राप्त गर्न असफल भएको छ । संसदमा सबैभन्दा ठूलो दल भएका कारण प्रधानमन्त्री जस्टिनले नै सरकार गठनका बारेमा साना दलहरुसँग छलफल थालेका छन् । मतगणना अन्तिम अवस्थामा रहँदा संसदको कूल ३३८ स्थानमध्ये जस्टिनको […]

नेल्सन मण्डेलाकी छोरी दक्षिण कोरियाको राजदूत

एजेन्सी । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाकी छोरी जेनानी मण्डेला–डामिनी दक्षिण कोरियाको राजदूतमा नियुक्त भएकी छिन् । गत अक्टोबर २ मा दक्षिण कोरियाको सियोल पुगेकी जेनानीले बिहीबार कोरियाली विदेश मन्त्रालयका पदाधिकारीहरुसँग पहिलो भेटघाट गरेकी थिइन् । योनहाप समाचार समितिसँग कुरा गर्दै राजदूत जेनानीले आफूले दक्षिण कोरियामा सेवा गर्ने मौका पाएकामा खुशी लागेको बताउँदै दुई […]

चीनमा कम्युनिस्ट पार्टीले सत्ता सम्हालेको ७० वर्ष पूरा, बेइजिङमा अहिलेसम्मकै ठूलो सैनिक परेड हुने

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीले सत्ता सम्हालेको ७० वर्ष पुगेको अवसरमा बेइजिङमा बिशेष कार्यक्रमको आयोजना गरिएको छ । यो कार्यक्रममा राष्ट्रपति सि चिनफिङले सम्बोधन गर्नेछ भने कम्युनिस्ट सरकार आएपछि चीनले गरेको प्रगतिको समीक्षा हुनेछ । सो अवसरमा चीनले बेइजिङ्गमा अहिलेसम्मकै ठूलो सैनिक परेड गर्ने तयारी गरेको छ । परेडसँगै चीनले आफूले बनाएका हतियारको पनि प्रदर्शन […]