मितव्ययिता अपनाउँदै प्रधानमन्त्री, २८ प्रतिशतले खर्च कमी

काठमाडौँ– सरकारले मितव्ययिता अपनाउने रणनीतिअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको खर्च २८ प्रतिशत कमी आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएपछि मितव्ययिता अपनाउने घोषणा गरेसँगै आफ्नो कार्यालयको खर्चमा एक वर्षमा नै २८ प्रतिशत कमी ल्याएका हुन् । प्रधानमन्त्री भएलगत्तै मन्त्रिपरिषद् बैठकदेखि शुरुमा सचिवालयमा सङ्ख्या ७६ बाट झारेर ५२ बनाउनेसँगै मितव्ययी अपनाउन थालेका प्रधानमन्त्री […]

घुस काण्डमा मुछिएका अख्तियारका आयुक्त पाठकविरुद्ध बल्ल आज मुद्दा दायर

काठमाडौँ– पदको दुरुपयोग गरेर गैरकानूनी क्रियाकलाप गर्ने संवैधानिक आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकबिरुद्ध बल्ल आज विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले नेपाल इञ्जिनीयरिङ कलेजको मुद्दा मिलाइदिने भन्दै रु ७८ लाख घुस लिएको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेपछि सो कुराको पुष्टि भएको हो । भ्रष्टाचार […]

काङ्ग्रेसभित्रै कारवाहीको तयारी

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पार्टी हित विपरीत क्रियाकलाप र गतिविधि गर्ने सदस्यलाई कारवाही गर्ने तयारी थालेको छ । काङ्ग्रेस केन्द्रीय अनुशासन समितिको आज बसेको पहिलो बैठकले पार्टी हित विपरीत कार्यमा संलग्नताबारे प्रमाणसहित २०७५ साल चैतसम्म प्राप्त उजुरी उपर मात्र छानबिन गरी कारवाही गर्ने निर्णय गरेको छ । समितिका संयोजक केन्द्रीय सदस्य भीष्मराज आङदम्बेको […]

‘रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान’ स्थापना गरिने

काठमाडौँ– ताप्लेजुङको तारेभिरमा भएको हेलिकप्टर दुर्घटनामा दिवङ्गत हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा प्रतिष्ठान स्थापना गरिने भएको छ । आगामी वैशाख २२ गते उनको जन्मदिनमा औपचारिक घोषणा गर्ने गरी ‘रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान’ स्थापना गर्न लागिएको पत्नी विद्या भट्टराईले जानकारी दिइन् । “प्रतिष्ठानको स्वरुप र संरचनाको विषय अहिले छलफल कै चरणमा छ, […]

शिक्षा र स्वास्थ्यमा व्यापारीकरण अन्त्य गरिने:प्रवक्ता श्रेष्ठ

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले शिक्षा क्षेत्रमा निजी विद्यालयको व्यापारिकण अन्त्यसहित सामुदायिक विद्यालयको स्तर माथि उकासेर समृद्धिको लक्ष्य हासिल गरिने बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन (प्याब्सन) को १४औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वलाई आज शिक्षालय मासिकद्वारा बधाइ दिन आयोजित कार्यक्रममा उनले यथास्थितिको निरन्तरताका लागि आफूहरुले सङ्घर्ष नगरेको र […]

‘काङ्ग्रेस विकास विरोधी’

रौतहट– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं २ का अध्यक्ष प्रभु साहले मुलुकको सबैभन्दा पुरानो पार्टी नेपाली काङ्ग्रेस विकास विरोधी भएको आरोप लगाएका छन् । फगुवा विजयपुर नगरपालिकास्थित खैरा टोलमा आयोजित विकास निर्माणसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष साहले काङ्ग्रेस सत्ताबाट विमुख भएपछि विकासको काममा बाधा अड्चन गरी जनविरोधी कार्य गरिरहेको बताए । समय परिस्थितिअनुसार नेकपाको पक्षमा […]

शेर्पा समुदायका प्रथम सहिद चमैताका निमा शेर्पा ‘गोपर्मा’

सहिद शेर्पाको घर । २००९ भदौ २० मा ईलामको चमैतामा जन्मिएका सहिद निमा शेर्पाको नाम नेपालमा बहुदलीय व्यवस्थाको आगमनसँगसँगै पुन चर्चामा आएको थियो । २०४६/४७ सालपछि जब नेपालमा बहुदलीय व्यवस्थाको आगमन भयो, तब नेकपा एमाले पार्टीको इलामको प्रायःजसो कार्यक्रममा निमा शेर्पा, रत्नकुमार बान्तवा र बम बान्तवाको नाम चर्चामा रह्यो । विशेषगरी एमालेका कार्याकर्ताले सहिद निमा […]

दासढुङ्गालाई पर्यटकीय नगरीका रुपमा विकास गरिने

काठमाडौँ– तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको दुर्घटना भएको स्थल दासढुङ्गा नारायणी नदी किनार क्षेत्रलाई धार्मिक पर्यटन तथा ऐतिहासिक राजनीतिकस्थलका रुपमा विकास गरिने भएको छ । नारायणी नदी किनार क्षेत्रलाई एकीकृत विकास गरी आकर्षक पर्यटकीय नगरीका रुपमा विकास गर्न ‘दासढुङ्गा नारायणी एकीकृत विकास परियोजना’का रुपमा अघि बढाइने भएको हो […]

प्रधानमन्त्री सवार जहाज होल्ड हुनुमा क्यानको कमजोरी, विभागीय कार्वाही गर्न सिफारिश

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली सवार जहाज आकासमा फन्को लगाउनु (होल्ड) भएको सम्बन्धमा छानबिन गर्न गठित समितिले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को कमजोरी औँल्याएको छ । समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनराज्यमन्त्री धनबहादुर बुढालाई बुझाएको प्रतिवेदनमा अतिविशिष्ट व्यक्तिको आन्तरिक उडानमा प्राथमिकताको संवेदनशीलता ख्याल नगरेको भन्दै क्यान र सम्बन्धित एयरलाइन्सका कर्मचारीलाई विभागीय कार्वाही गर्न […]

जमुनाहा–हिल्साः कर्णालीको समृद्धिमा कोशेढुङ्गा

सुर्खेत– कर्णाली प्रदेश सरकारले पहिलो वार्षिक नीति तथा कार्यक्रममै उल्लेख गरेको आयोजनामा पर्दछ, जमुनाहा–हिल्सा द्रुतमार्ग । नेपाल–भारत दक्षिणी नाका जमुनाहादेखि उत्तरी नाका हिल्सा जोड्ने यस आयोजनाको प्रारम्भिक सर्भे पूरा भइसकेको छ । चीन सरकारको स्वामित्वमा रहेको चाइना रेल्बे इञ्जिनीयरिङ कम्पनीले पहिलो चरणमा सुर्खेत–हिल्साको सम्भाव्यता अध्ययन सम्पन्न गरेको हो । २०७५ वैशाख १ गते रारा–कर्णाली पर्यटन […]