सम्झनामा रत्नकुमार बान्तवा

चैत्र २७ गते शहीद रत्नकुमार बान्तवाको हत्या भएको दिन । २०३५ सालमा आजकै विहानीमा पूर्वी पहाडी जिल्ला इलामको इभाङ गाउँको जंगलको बाटोमा तत्कालीन शासकहरूले क।रत्नलाई कायरता र नीचतापूर्वक गोली हानी हत्या गरेका थिए । त्यसैले ती विगतका सबै सन्दर्भहरू एकपछि अर्को गर्दै दिमागमा सगबगाउन थाले । छिटपुट घटना–प्रशंगहरू मात्र होइन– एउटा सग्लो, समर्पित र उदाहरणीय […]

प्रदेश १ को राजधानी र नाम वैशाखको पहिलो हप्तामा टुङ्गो लाग्ने

विराटनगर– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको स्थायी राजधानी र नाम वैशाखको पहिलो हप्तामा टुङ्गो लाग्ने बताएका छन् । प्रेस चौतारी र प्रेस सेन्टर मोरङद्वारा आज विराटनगरमा आयोजित ‘कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार’ वितरण समारोहमा उनले भने, “यो विषय केही दिनभित्रमै प्रदेशसभामा प्रवेश पाई सहमतिका आधारमा प्रदेशको स्थायी राजधानी र नामकरण टुङ्गो लाग्नेछ […]

पर्सि इभाङमा सहिद रत्न बान्तवाको शालिक अनावरण गरिदै

इलाम– पञ्चायती व्यवस्थाको बिरुद्धमा लड्दा सहादत प्राप्त गरेका सहिद रत्नकुमार बान्तवाको सालिक ४० औं स्मृति दिवस र ६७ औं जन्म जयन्तीको अवसरमा पर्सि अनावरण गरिँदै छ । ४० औं स्मृति दिवस र ६७ औं जन्म जयन्तीको अवसरमा आउँदो चैत २७ गते शहीद बान्तवाको सालिक अनावरण संघीय सरकारका रक्षा मन्त्री इश्वरी पोख्रेल र पूर्व सभामुख सुवासचन्द्र […]

जन्मसिद्धलाई वंशज नागरिकता नदिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं– गृह मन्त्रालयले १९ चैतमा देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन निर्देशन दिएलगतै जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानले अब वंशजका आधारमा नागरिकता पाउन थालेपछि त्यस कार्यलाई तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता बालकृष्ण न्यौपानेले विद्यमान कानुनअनुसार […]

भारतमा चुनाव : चर्चामा प्रियंका

काठमाडौं– भारतमा भारतीय काँग्रेस पार्टी इतरका राजनीतिक दलहरु र विशेषगरी भारतीय जनता पार्टीले प्रायः उठाउने गरेको एउटा विषय हो– भारतीय काँग्रेसले आफ्नो पार्टीको नियन्त्रण आफ्नै बंश र परिवारभित्रै राख्यो । उक्त राजनीतिक दलले परिवार तथा बंशको वरिपरि शासन व्यवस्था केन्द्रित ग¥यो, पार्टीको ‘हाइकमाण्ड’ आफ्नै परिवारका सदस्यको घेराभित्र सीमित राख्यो भन्ने आरोप लगाउने गरिन्छ । त्यो […]

बिप्लव समूहका इलाम जिल्ला इन्चार्ज र सेक्रेटरी पक्राउ

झापा– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व समूहका दुई जना कार्यकर्ता पक्राउ परेका छन् । ‘विप्लव’ समूहका केन्द्रीय सदस्य एवं इलाम जिल्ला इन्चार्ज होमप्रसाद खतिवडा र इलाम जिल्ला सेक्रेटरी दीपेन राईलाई आज झापा जिल्लाको विर्तामोडबाट प्रहरीले पक्राउ गरेको हो । ‘विप्लव’ समूहका एक कार्यकर्ताले दिएको जानकारीअनुसार साँझ ६ बजे पक्राउ गरिएको हो । पक्राउ परेका खतिवडा इलाम […]

तीव्र गतिमा बहुआयामिक विकास गर्नुको विकल्प छैन : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार राजनीतिक अधिकार प्राप्तिका प्रयासलाई संस्थागत गरेर सुशासन र विकासमा केन्द्रीत भएको बताएका छन् । आर्थिक उन्नतिका लागि लामो समय पर्खन नसकिने स्पष्ट पार्दै उहाँले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्न तीव्र गतिमा बहुआयामिक विकास गर्नुको कुनै विकल्प नभएको बताए । उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित आठौँ […]

तीनै तहमा कर्मचारी समायोजन

काठमाडौँ– सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनको काम पुरा भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी तीनै तहमा कर्मचारी समायोजनको काम पुरा भएको बताए । अहिले रहेको दरबन्दीअनुसार मन्त्रालयले तीनै तहमा कर्मचारी समायोजनको काम सकेको हो । उनले तीनै तहमा एक लाख ३१ कर्मचारी समायोजन गरिएको […]

अध्यक्ष दाहाल स्वदेश फिर्ता

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धर्मपत्नी सीता दाहालको स्वास्थ्योपचारपछि संयुक्तराज्य अमेरिकाबाट स्वदेश फर्किएका छन् । आज स्वदेश फर्कने क्रममा अध्यक्ष दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मुख्यतः उपचारकै काममा रहे पनि अमेरिकामा रहँदा उच्चस्तरीय राजनीतिक भेटसमेत भएको जानकारी दिए । अमेरिकामा रहँदा दक्षिण तथा मध्यएशिया मामिलासम्बन्धी प्रमुख उपसहायकमन्त्री एलाइस जी […]

सिंहदरबारमा थन्किएका १५१ गाडी सदुपयोग

काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सिंहदरबारभित्र रहेका बिग्रिएर थन्किएका १५१ गाडी सञ्चालन लागि विभिन्न ठाउँमा पठाएको छ । प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले वर्षौंदेखि थन्किएका गाडीलाई मर्मत गरी चलाउनका लागि प्रदेश तह, स्थानीय तह र प्राविधिक शिक्षालयलाई दिइएको जानकारी दिए । उनले ती निकायले आफैँ मर्मत गरी सञ्चालन गर्नका लागि दिइएको बताए । “वर्षौंदेखि बिग्रिएर […]