भारतले ढिलो पानी दिँदा गहुँखेती प्रभावित

वीरगञ्ज (रासस)– भारतीय पक्षले गण्डक नहरमा ढिलो गरी पानी छोड्दा पर्सा, बारा तथा रौतहट जिल्लामा यसवर्ष गहुँखेती प्रभावित हुने किसानको गुनासो रहेको छ । भारतीय पक्षले गण्डक नहरमा डिसेम्बर २५ (पुस १०) भित्र पानी छोडी सक्नुपर्नेमा भारतीय पक्षको नहरको मूलढलानमा ढिलो गरी पानी दिएकाले दुई हप्ता ढिलो पानी आएको स्वीकार्दै नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय […]

तपस्वी भनिने बम्जनलाई पक्राउ नगरेको भन्दै ओलीले आपत्ति जनाइन्

काठमाडौँ– राष्ट्रियसभाको आजको बैठकमा सांसद कोमल ओलीले तपस्वी भनिने रामबहादुर बम्जनले महिलामाथि हिंसा गरेको सार्वजनिक हुँदा पनि पक्राउ नगरेकोमा आपत्ति प्रकट गरिन् । सांसद ओलीले शून्य समयमा बोल्दै सानो बुद्ध भनेर बसेका तपस्वी बम्जनले महिलामाथि हिंसा गरेको र महिला बेपत्ता पारेका भनी पीडित पक्ष स्वयम् आउँदासमेत पक्राउ नपरेकोमा सरकारको ध्यानाकर्षण गराइन् । उनले सञ्चारमाध्यममा करीब […]

रानीपोखरीमा ब्यंग्यात्मक रुपमा फुटबल खेलियो (फोटो फिचर)

काठमाडौं– प्रधानमन्त्रीलाई ब्यंग्य गर्दै नेपाल विद्यार्थी संघले मंगलबार काठमाडौंको रानीपोखरीमा फुटबल खेलेका छन् । मंगलबार काठमाडौंको शंकरदेव, त्रिचन्द्र, रत्नराज्य र नेपााल कमर्स क्याम्पसका विद्यार्थीहरुले रानीपोखरीमा डेढ घण्टासम्म फुटबल खेलेका हुन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रगति विवरणमा रानीपोखरीलाई फुटबल मैदान बनाएको विषय छुटेको भन्दै ब्यंग्यसमेत गरे । देशको विकास निर्माणको अवस्था के छ भन्ने […]

राजधानी र नाममा सहमति नजुट्दा प्रदेश १ को हिउँँदे अधिवेशन अन्योलमा

पथरी– राजधानी र प्रदेशको नाममा सहमति नजुट्दा प्रदेश १ को हिउँदे अधिवेशन आह्वानबारे अन्योलता छाएको छ । पुसको पहिलो साताबाट हिउँदे अधिवेशन बस्ने सहमति गर्दै बर्खे अधिवेशन असोज २३ मा सकिएको थियो । साझा सूचीमा रहेका विधेयक अझै पारित गरिएको छैन । त्यसैगरी स्थायी राजधानी र नामाङ्कनका विषयमा सहमति जुट्न नसक्दा र प्रदेश सरकारले प्रदेशसभालाई […]

चौधरीको शपथबारे सुदूरपश्चिम इन्चार्ज भीम रावललाई नै थाहा दिइएन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सुदूर पश्चिमका इन्चार्ज भीम रावलले कैलाली घटनाका अभियुक्त रेशम चौधरीलाई शपथ खुवाएर के गर्न खोजिएको हो आफूले कुरा नबुझेको बताएका छन् । ‘‘म सुदूर पश्चिमबाट प्रतिनिधित्व गर्ने नेता र सो क्षेत्रको इन्चार्ज समेत भएकाले मलाई त्यसबारेमा जानकारी हुनुपर्ने तर केही नै जानकारी भएन । सचिवालयका सदस्यहरुलाई पनि सोधें । […]

गाउँपालिका प्रमुखले नै भत्काए आफ्नो कार्यालय

खोटाङ (रासस)– रावाबेंशी गाउँपालिकाको निर्माणाधीन कार्यालय भवन गुणस्तरहीन बनेको भन्दै गाउँपालिका प्रमुख लीलानाथ निरौलाले भत्काएका छन् । तीन महीनाभित्र सम्पन्न गर्नेगरी शुभ एण्ड ध्रुव कन्ट्रक्शन प्रालिले निर्माणको काम थालेको कार्यालय भवन गुणस्तरहीन बन्दै गएपछि सम्पन्न नहुँदै गाउँपालिका प्रमुख निरौलाले कोदालोले खनेर भत्काएका हुन् । भवन निर्माणका लागि बनाइएको मापदण्ड ख्याल नगरी ठेकेदारले आफूखुशी गुणस्तरहीन भवन […]

मेलम्चीको काम अगाडि बढाउन मन्त्रालयलाई बाटो खुला

काठमाडौँं– बहुप्रतिक्षित राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अगाडि बढाउन खानेपानी मन्त्रालयलाई बाटो खुला भएको छ । उच्च अदालत पाटनले आज सो आयोजनाको निर्माणकर्ता इटालीको कम्पनी सिएमसीले ‘आफ्नो बैंक ग्यारेन्टी रकम जफत गर्ने खानेपानी मन्त्रालयको निर्णय रोक लगाई पाउँ भनी’ दायर रिटमा अन्तरिम आदेश जारी नहुने आदेश दिएपछि मन्त्रालयलाई बाटो खुला भएको हो । […]

किन कांग्रेसका कतिपय नेता हिन्दूराष्ट्रको पुनर्बहाली चाहन्छन् ?

काठमाडौं (बीबीसी)– नेता शसाङ्क कोइरालाले आफ्नो दलभित्र हिन्दूराष्ट्र बारेको बहस फेरि शुरू गराएको विश्वास गरिन्छ। नेपालको दक्षिणी छिमेकी भारत मात्र नभई चीन समेत नेपालमा बढिरहेका धर्मप्रचारका कारण नेपालको स्थिरतामा खलल पुग्न सक्ने भन्दै चिन्तित बनिरहेको दावी हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर सङ्कलनको अगुवाइ गरिरहेका एक कांग्रेस नेताले बताएका छन्। नेपाली कांग्रेसको महासमिति बैठकमा समेत नेता तथा महासमिति […]

वडाको बजेटले क्यारमबोर्ड खरीद

बाँके (रासस)– नेपालगञ्ज उपमहानगरपालिका–११ ले क्यारमबोर्ड खरीद गरी युवालाई वितरण गरेपछि अधिकांशले बजेटको दुरुपयोग भन्दै विरोध गरेका छन् । क्यारमबोर्ड पनि एक प्रकारको जुवा नै हो । क्यारमबोर्ड खेल्दा धेरै रकम बाजी थापेर समेत खेल्ने गरिन्छ । यसलाई सामाजिक विकृतिकै रुपमा पनि लिइने गरिन्छ । वडाध्यक्ष उज्ज्वलसिंह राठौरले क्यारेमबोर्ड खरिद गर्न रु एक लाख बजेट […]

काङ्ग्रेसमा निर्वाचन प्रणाली र पदाधिकारी संख्याबारे बहस

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसमा निर्वाचन प्रणाली र पदाधिकारी संख्याका बारेमा छलफल जारी छ । यही मङ्सिर १३ गतेदेखि जारी पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तावित विधानको मस्यौदामाथिको छलफलका क्रममा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम जारी छ । सोमबारसम्म ३१ केन्द्रीय सदस्यले आफ्ना धारणा राखिसकेको पार्टी कार्यालयका सचिव केशव रिजालले जानकारी दिए । काङ्ग्रेसले […]