साउदीको जेलबाट फर्किए झापाका लिम्बू

काठमाडौं– नौ महीनासम्म बिना लाइसन्स गाडी चलाउँदा ट्राफिक प्रहरीको जाँचका क्रममा जरिवाना तिरेर हिँड्ने क्रम चलेकै थियो तर विसं २०७४ वैशाख १६ को मध्यरात, झापा बुद्धशान्ति गाउँपालिका–४ का प्रशान्त लिम्बूका अगाडि त्यो बिकल्प सम्भव भएन । साउदी अरबको सडकमा मालबाहक गाडी चलाउँदै गर्दा एक्कासि साउदी नागरिकले चलाएको कारले उनको गाडीलाई ठक्कर दियो । ठक्करबाट कारमा […]

पीडितको गुनासो सुनेपछि मन्त्री विष्टले भन्नुभयो : पीडकलाई तत्काल कारवाही गर्नुहोस्

अशोक घिमिरे  काठमाडाँै, ५ मङ्सिर (रासस) :  स्थान ः वैदेशिक रोजगार विभागको कार्यालय, बुद्धनगर ।  पीडितः मन्त्रीज्यू, मेरो श्रीमान् साउदी अरबमा अलपत्र पर्नुभएको छ, जतिसक्दो छिटो उद्धार गर्न मेनवापवर कम्पनीले झुलाइरहेको छ । एक हप्ता÷एक हप्ता भन्दै झुलाएको छ महीना बढी भइसक्यो ।  मन्त्री ः पठाउने कुन मेनपावर हो ?  पीडित ः इनोभेटिभ मेनपावर कम्पनी […]

आज बुवाको माया …

बुवा   पहिलो छोरो परिवारको सानो चञ्चले ! बुवाको पछिपछि हिँड्नुपर्ने । बुवाले बोकेरै जानुपर्ने । घरमा सँधै तीन–चार वटा गाईभैँसी दुहुना नछुट्ने मैले थाहा पाउँदासम्म । गाईभैँसी दुहेको हेर्नैपर्ने मेरो बानी र जानै पर्ने । एक दिनको घटना अरे, आफूलाई थाहा छैन । बुवाको कुरा गराई अनुसार घरबाट करिब पाँच सय मिटर टाढाको बारीमा […]

म्यानपावर कम्पनीलाई थप कडाई गर्दै वैदेशिक रोजगार विभाग

काठमाडौं– वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका क्रममा देखिएका समस्या निराकरण गरी सुरक्षित वैदेशिक रोजगारीको वातावरण सिर्जना गर्न म्यानपावर कम्पनीलाई निर्देशन दिएको छ । म्यानपावर कम्पनीको अवान्छित कार्यको सुक्ष्म अनुसन्धान भइरहेको जनाउँदै विभागले त्यस्ता गतिविधि गर्ने कम्पनीलाई कानूनको दायरामा ल्याइने स्पष्ट पारेको छ । म्यानपपावर कम्पनीले कामदारको राहदानीलगायत कागजपत्र नियन्त्रणमा लिने, समयमै काममा नपठाउने र त्यसबीचमा […]

अब नेपालीहरुको श्रम गन्तव्य युरोप हुने

काठमाडौँ– वैदेशिक रोजगारीका लागि सम्भावित गन्तव्य मुलुकको अध्ययन गर्न गठित कार्यदलले सरकारलाई तुलनात्मकरुपमा आर्थिक स्थित बलियो देखिएका केही युरोपेली मुलुक नेपालीका लागि श्रम गन्तव्य हुनसक्ने सुझाव दिएको छ । पूर्वराजदूत उदयराज पाण्डेको संयोजकत्वमा गठित कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदनमा युरोपेली मुलुक पोर्चुगल, चेक गणतन्त्र, रोमानिया, पोल्याण्ड, स्वीडेन र डेनमार्कलगायत देशमा सेवा क्षेत्र, कृषि तथा उत्पादन क्षेत्रमा […]

खस क्षत्री सेवा समाज कतारले आठौँ स्थापना दिवस मनायो

काठमाडौं– खस क्षत्री सेवा समाज कतारले आफ्नो आठौँ स्थापना दिवस कतारको दोहामा शुक्रबार सम्पन्न गरेको छ । समाजले आठौँ स्थापना दिवस विभिन्न अन्तरक्रिया तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न गरेको हो । कार्यक्रमको उद्घाटन खस क्षत्री सेवा समाजका प्रमुख संरक्षक एवं कार्यक्रमका प्रमुख अतिथि टिबि कार्की, संरक्षक हंसराज ढकाल लगाएत अतिथिले ब्यानर अनावरण, दिप प्रज्वलन तथा केक […]

अमेरिका जान लागेका १३ जना नाइजेरियामा अलपत्र

बेनी, म्याग्दी– पैदल तथा हवाईमार्ग हुँदै अमेरिका प्रवेशका लागि मोटो रकम बुझाएर नाइजेरियाको लागोसमा पुगेका म्याग्दीका १३ जना युवा अलपत्र परेका छन् । दलाललाई मोटो रकम बुझाएर भारत, थाइल्याण्ड हुँदै नाइजेरिया पुगेका म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनका युवाले दिएको जानकारीअनुसार दलालले विभिन्न बहाना बनाएर नाइजेरियामा प्रवेश गरेपछि लागोसमा रहेको एक होटलमा म्याग्दीका १३ सहित २३ जना […]

कोरियाली भाषा परीक्षा भोलि र पर्सि

काठमाडौँ– गणतन्त्र कोरियाका लागि रोजगार अनुमति प्रणाली(इपिएस) भाषा परीक्षा (भोली) शनिबार र (पर्सि) आइतबार हुने भएको छ । परीक्षामा ८२ हजार २६४ परीक्षार्थी सहभागी हुने इपिएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए । परीक्षा लिन कोरियाबाटै ६३ जनाको विज्ञ टोली नेपाल आइसकेका छन् । बिहान १० बजेदेखि पहिलो चरण र अपराह्न २ बजेदेखि दोस्रो […]

श्रममन्त्री जेनेभा प्रस्थान

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट १०७ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन आज स्विट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन् । अन्तर्राष्ट्रिय श्रम संगठनले आयोजना गरेको सम्मेलनमा नेपालको नेतृत्वसहित मन्त्री विष्ट आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलनमा मन्त्री विष्टले यही जेठ २१ गते सबै देश सहभागी हुने पूर्णसत्रलाई सम्बोधन गर्नेछन् । सम्मेलनका […]

मलेसियामा नेपालीद्वारा कुटपिट गरि नेपालीकै हत्या

पर्वत (पास)– रोजगारीका लागि मलेसिया पुगेका पर्वतका एक युवाको नेपालीकै कुटपिटबाट मृत्यु भएको छ । पर्वतको मोदी गाउँपालिका–५, बाजुङ, धमिलपानी गाउँका २२ वर्षीय किशोर केसी (नसिब) को साथीभाइको कुटपिटबाट बुधबार मृत्यु भएको हो । करीब डेढ हप्ता पहिले आइतबार सँगै काम गर्ने नेपाली युवाले कुटपिट गर्दा गम्भीर घाइते भएका क्षेत्रीको मलेसियाको पुत्रोदय अस्पतालमा उपचारका क्रममा […]