विप्लवलाई अर्को झट्काः मध्यपश्चिम कमाण्ड इञ्चार्जसहित २१ नेता कार्यकर्ता पक्राउ

दाङ । प्रहरीले विप्लव नेतृत्वको नपाल कम्युनिष्ट पार्टीका २१ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरी उच्च स्रोतका अनुसार नेपाल–भारत सीमा नाका अन्तर्गत दाङको राजपुर गाउँपालिका– ४ को मुग्रेटाखोला स्थित जंगलबाट २१ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा विप्लवका मध्यपश्चिम कमाण्ड इञ्चार्ज तथा विप्प्लवका दाइ बिरजंग चन्द, केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इञ्चार्ज […]

दशैँका च्याङ्ग्रा भित्रन थाल्यो

पोखरा । नेपालीका घरघरमा दशैँ भित्रनै लाग्दा हिमालपारिको जिल्ला मुस्ताङसहितका विभिन्न स्थानबाट यतिखेर पोखरामा च्याङ्ग्रा झर्ने क्रम शुरु भएको छ । व्यापारी यतिखेर हुलका हुल च्याङ्ग्राका साथ हेमजा र आसपासका क्षेत्रमा झरिसकेका छन् भने कतिपय बाटामा छन् । ढिलो ल्याउनेले पनि फूलपाती अघि नै पोखरा ल्याइपु¥याउँछन् । पोखरा र आसपासमा दशैँको समयमा खसी बोकाभन्दा पनि […]

तिलोत्तमा लगानी सम्मेलन : ५० अर्बभन्दा बढी लगानी भित्रिने अपेक्षा

बुटवल । स्थानीय तहका तर्फबाट मुलुकमै पहिलोपटक रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन आयोजना गरेको छ । यही असोज ९ गते आयोजना हुने लगानी सम्मेलनमा राज्यका सङ्घ, प्रदेश र स्थानीय सरकारका प्रतिनिधि, निजी क्षेत्र, वैदेशिक लगानीकर्ता र विशेषज्ञको समेत प्रतिनिधित्व रहनेछ । लगानी सम्मेलनमा रहने महत्वपूर्ण सहभागितामा नगरपालिकामा प्राथमिकता, लगानीका उद्देश्य र सम्भावनाका बारेमा छलफल हुने […]

गौहत्या प्रकरणः रातारात नक्कली पत्र तयार पारिएको खुलसा

सुर्खेत –दैलेखमा गाई मगाइएको देखाउन रातारात नक्कली पत्र तयार पारिएको छ। छानबिनलाई प्रभावित गर्न र घटनालाई मोड्न जिल्ला समन्वय समिति दैलेखले नेपालगन्ज उपमहानगरपालिकासँग गाई मगाएको नक्कली पत्र तयार पारिएको हो। आजको अन्न्पूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ । नेपालगन्ज उपमहानगरले आठवटा ट्रकमा पठाएका दुई सय ९१ वटा गाई बिहीबार राति सुर्खेतमा भीरबाट खसालिएका थिए। त्यहीक्रममा […]

गौहत्या प्रकरणः छानबिन समितिको प्रतिवेदनका आधारमा कारवाही हुन्छः मन्त्री इस्तियाक

नेपालगञ्ज । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय जनावर तथा हिन्दूको धार्मिक आस्थाको धरोहर गाईको व्यवस्थापनमा संवेदनशील हुनुपर्नेमा जोड दिएका छन् । आइतवार नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले शुक्रबार नेपालगन्जको काञ्जीहाउसबाट दैलेख छाड्न भनी लगिएका गाई बाटोमै मर्नु दुःखद् हो । “नेपालगन्जमा छाडा छाडिएका गाईलाई काञ्जीहाउसमा राखेर पुनः अन्यत्र लग्ने विषयमा सर्वपक्षीय वा सर्वदलीय छलफलका […]

बाढीको उच्च जोखिममा दाङका ३७ वटा वडा, कस्तो छ पूर्वतयारी ?

नारायणपुर- जब जब झरी पर्छ र बबईमा बाढी आउँछ, दङ्गालीहरूलाई ५ वर्ष अगाडिको कहालिलाग्दो समय ताजा बनेर आउँछ । आकाशमा बादल देखेरै बबई किनारका बस्तीहरू डराउँछन् । विसं २०७१ साउन २८ र २९ गते र त्यसको दुई वर्षपछि २०७४ साउन २९ र ३० गते आएको बाढीले करोडौँको सम्पत्ति बगरमा परिणत मात्रै भएन कयौँ मानिसले ज्यान […]

राति २ बजे २ युवतीमाथि सामूहिक बलात्कार

रुपन्देही (रासस)– रुपन्देहीमा दुई युवतीमाथि सामूहिक बलात्कार भएको छ । गैडहवा गाउँपालिकाका– २२ वर्षका दुई युवतीलाई असार २ गते राति युवाहरुको समूहले बलात्कार गरेको हो । पीडकले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्की दिएकाले बाहिर ल्याउन ढिलाइ भएको स्थानीयवासीले बताए । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा गैडहवा गाउँपालिका–८ का जीवन ज्ञवालीलाई पक्राउ गरेको छ भने […]

नेकपा प्यूठानमा पार्टी एकता निर्देशन विपरीत जिल्ला कमिटी

प्यूठान– नेकपा प्यूठानको पूर्व एमालेभित्रका कार्यकर्तामा असन्तुष्टी बढेको छ । पार्टी नेतृत्वले जिल्ला कमिटीमा आफूखुसी जिल्ला कमिटी सदस्य छानेको भन्दै कार्यकर्ताहरुमा असन्तुष्टी बढेको हो । असन्तुष्टि जनाउँदै कतिपय जिल्ला कमिटिमा परेका नेताहरुले सफत समेत खाएका छैनन् । साविकको माओवादीले भने कार्यकर्ताहरुसँग छलफल गरेर सदस्य टुंगो लगाएकाले विरोध आएको छैन् । एमाले नेतृत्वले मनोमानी गरेको आरोप […]

रोल्पाको जलजलामा पर्यटकको चहलपहल

रोल्पा– पर्यटन गन्तव्य शुभारम्भसँगै रोल्पाको जलजलामा पर्यटकको चासो बढ्न थालेको छ । धार्मिक, युद्ध र पर्या–पर्यटनको राम्रो सम्भावना बोकेको उक्त स्थानमा आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको हो । बिदाका दिन जलजला घुम्न जानेको सङ्ख्यामा आएको वृद्धिसँगै यसको प्रचारप्रसारले समेत व्यापकता पाइरहेको छ । जलजलामा बढेको आन्तरिक पर्यटकको चहलपहलले होटल व्यावसायमा सकारात्मक प्रभाव देखिन थालेको रोल्पा […]

लालपुर्जा पाउने आशै आशमा बित्यो तीन दशक

बेझाड– कालीगण्डकी बेँसीकै उपत्यकाको रूपमा चिनिएको रामपुर बजारमा ठूलाठूला घर, भवन धमाधम बन्ने क्रम जारी छ । तर उनीहरूको हातमा लालपुर्जा भन्ने छैन । लालपुर्जा पाउने आशैआशमा घर/घडेरी जोड्न पुगेका यहाँका स्थानीयवासीको हातमा अहिलेसम्म पनि लालपुर्जा उपलब्ध हुन नसक्दा निराशा छाएको छ । रामपुर नगरपालिका–५ स्थित रामतुलसी मावि र वडा नं ६ का दरैठाँटी मावि […]