पर्वत बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत

पर्वत– पर्वतको कुस्मा नगरपालिका– १ मालढुङ्गामा आज बिहान भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ । घटनास्थलमा तीन जना र अस्पतालमा उपचारका क्रममा चार जनाको मृत्यु भएको हो । म्याग्दी सदरमुकामको बेनीबाट नारायणगढतर्फ हिँडेको ग१ख ६१०८ नंको बस बिहान ८ः३० बजेतीर दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु हुने सबैको सनाखत भएको छ । यसरी […]

बिग्रिए सिसी क्यामरा : बल्दैनन् सौर्यबत्ती

बाँके– नेपालगञ्जका विभिन्न चोकमा राखिएका सिसी क्यामरा बिग्रिन थालेका छन् । नेपालगञ्जका १६ ठाउँमा ५६ सिसी क्यामेरा राखिएकोमा १२ बन्द छन् । ती बिग्रिएका क्यामराको समयमै मर्मत हुनसकेको छैन । क्यामराको निगरानी गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेको सञ्चारफाँटले केही लामो समयदेखि र केही हालसालै बिग्रिएर १२ त्यस्ता क्यामराले काम गर्न छाडेको जनाएको छ । क्यामरा […]

दरबन्दी छ, डाक्टर छैनन्, आएका पनि टिक्दैनन्

बेझाड, पाल्पा– पाल्पा जिल्लामै ठूलो सरकारी अस्पतालका रुपमा स्तरोन्नति हुँदै गरेको रामपुर अस्पतालमा दरबन्दी भएर पनि डाक्टर नहुँदा बिरामीले सास्ती खेप्नु परेको छ । पचास शय्याको अस्पतालको रुपमा विकसित हुँदै गरेको यस अस्पतालमा दरबन्दीअनुसार डाक्टर त छैनन् नै, भौगोलिक विकटतासँगै पर्याप्त सुविधा नहँुदा विशेषज्ञ डाक्टर यहाँ बसेर जनतालाई सेवा दिन चाहेको देखिँदैन । विशेषज्ञ डाक्टर […]

वडाको बजेटले क्यारमबोर्ड खरीद

बाँके (रासस)– नेपालगञ्ज उपमहानगरपालिका–११ ले क्यारमबोर्ड खरीद गरी युवालाई वितरण गरेपछि अधिकांशले बजेटको दुरुपयोग भन्दै विरोध गरेका छन् । क्यारमबोर्ड पनि एक प्रकारको जुवा नै हो । क्यारमबोर्ड खेल्दा धेरै रकम बाजी थापेर समेत खेल्ने गरिन्छ । यसलाई सामाजिक विकृतिकै रुपमा पनि लिइने गरिन्छ । वडाध्यक्ष उज्ज्वलसिंह राठौरले क्यारेमबोर्ड खरिद गर्न रु एक लाख बजेट […]

मेशिन बिग्रिएपछि सुँघेरै मापसे जाँच !

बाँके– मादक पदार्थ सेवन (मापसे) जाँच्ने ब्रेथलाइजर मेशिन नहुँदा ट्राफिक प्रहरीलाई जाँच गर्न समस्या भएको छ । थोरै संख्यामा भएका ब्रेथलाइजर मेशिन पनि बिग्रिएका कारण ट्राफिक प्रहरीले अहिले सुँघेरै मापसे जाँच गर्नुपरिहरेको छ । सुँघेर जाँच गर्दा ट्राफिक प्रहरीलाई अन्य रोग सर्ने खतरासमेत उत्तिकै छ । प्रदेश नं ५ ट्राफिक कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक […]

पानीको माग गदै किसानले कुलोको मुहानमा पूजा गरे

तुलसीपुर, दाङ– साउन एक साता बित्न लाग्दा पनि अझै वर्षात् नभएको र खेती हुन नसकेको भन्दै यहाँका किसानले भुमेबर्माको पूजा गरेका छन् । तुलसीपुर क्षेत्रको सात गाउँले कुलोबाट सिँचाइ हुने किसानले शनिबार सिँचाइ कुलोको मुहानमा गएर पूजा गरेका हुन् । तुलसीपुर उपमहानगरपालिका–३ को श्रीकुलामा पूजा गरेको सात गाउँले कुलो सिँचाइ आयोजनाका अध्यक्ष कुलप्रसाद कालाथोकीले बताए […]

बाँदरबाट मकै जोगाइदिन सांसदसँग हारगुहार

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिकामा बाँदरले मकै नष्ट गरेपछि यहाँका किसान चिन्तित बन्दै गएका छन् । पहाडी जिल्ला पाल्पाको प्रमुख अन्नबाली मकैमा घोगा हाल्न थालेसँगै बाँदरले नष्ट गर्न थालेपछि यहाँका किसान मकै जोगाइदिनका लागि गाउँपालिका प्रमुख र प्रदेश सांसदसँग हारगुहार गर्न पुगेका हुन् । गाउँमा युवा पुस्ता नभएकाले अधिकांश महिला, वृद्ध र बालबालिकामा बसोबास गर्ने थलो […]

तत्काल प्रदेश ५ को स्थायी मुकाम र नामकरण गर्न आग्रह

बुटवल– प्रदेश नं ५ प्रदेशसभाको आजको बैठकमा सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए । बैठकको शून्य समयमा उनीहरुले प्रदेश नं ५ को स्थायी मुकाम र नामकरण अविलम्ब गर्न आग्रह गर्दै वर्षाका कारण भएको डुबान समस्या समाधन गर्न सरकारको ध्यानाकर्षण गराए । प्रदेशसभा सदस्य उत्तरकुमार ओलीले प्रदेश सरकारको स्थायी मुकाम र नामकरण अविलम्ब टुङ्ग्याउन आग्रह गरे […]

म्याद गुज्रेको चामल फिर्ता

रुकुम (रासस)– खाद्य संस्थान रुकुमले जिल्लाको आठबीसकोट नगरपालिकामा अनुदानमा पठाएको चामल म्याद गुज्रिएको फेला परेको छ । नगरपालिका–१ र २ स्यालाखदीमा पठाएको चामलको म्याद गुज्रिएको भन्दै स्थानीयवासीले उक्त चामल फिर्ता पठाएका छन् । स्थानीयले म्याद सकिएको ४० क्विन्टल चामल फिर्ता पठाएका हुन् । सो चामललाई आज जिल्ला खाद्य संस्थानमा पु¥याइएको छ । स्यालाखदीका लागि पठाइएको […]

पाल्पा बस दुर्घटनामा १२ जनाको मृत्यु

पाल्पा (पास)– पाल्पाको रम्भा गाउँपालिका–४, हुँमिनको धारादी वनमा आज बिहान बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । मृत्यु हुनेमा नौ पुरुष र तीन महिला रहेका छन् । प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार सदरमुकाम तानसेनबाट रामपुरतर्फ जाँदै गरेको लु२ख ९७५ नं को बस हुमिनमा दुर्घटना भएको हो । […]