सुनसरी । बलात्कार आरोपमा पक्राउ परेका कृष्ण बहादुर गिरी उर्फ सिद्धबाबाको थुनछेक बहसमा हुलहुज्जत हुने भएपछि अदालत बाहिर अहिले निषेधाज्ञा जारी गरिएको छ ।
शुक्रबार अदालती बयान सकिएको गिरीको थुनछेक सुरु हुन लाग्दा निषेधाज्ञा जारी गरिएको हो ।
शुक्रबार अदालतले बयान लिन क्रममा देखिएको धर्ना कार्यक्रम आज पनि अदालतमा देखिएको छ ।
सिद्धबाबाको पक्ष र विपक्षमा आन्दोलन भएका छन् । आज पनि अदालत बाहिर हरेराम भजन सहित सिद्दबाबाका पक्षका मानिसहरु धर्नामा छन् भने महिला सञ्जालको समूहले छुट्टै प्रदर्शन गरीरहेको छ ।
गाडी नै रिजर्भ गरेर सिद्धबाबाका समर्थकहरु दशै बजे अदालत बाहिर पुगेका थिए । प्रहरीले कृष्ण बहादुर गिरीलाई ११ बजे एम्बुलेन्सबाट अदालतमा हाजिर गराएको छ ।
गिरलिाई बिराट नर्सिङ होमबाट एम्बुलेन्समा अदालत ल्याइएको हो । अहिले अदालत बाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ ।