आफ्नै बाबुको हत्या गर्ने छोरा पक्राउ

झापा । आफ्नै बुबाको हत्या गरेको आरोपमा छोरालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा गाउँपालिका(३ बस्ने २५ वर्षीय सुनिल टुडु रहेका छन् । सुनिलले सोमबार राति बाँसको भाटा प्रहार गर्दा गम्भीर घाइते भएका उनका पिता ७० वर्षीय साइला टुडुको स्थानीय मेडिकलमा सामान्य उपचार पश्‍चात घरमै ल्याएर राखेकोमा मंगलबार बिहान उनको मृत्यु भएको थियो । 

साइला टुडुको मृत्यु भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले छोरा सुनिललाई पक्राउ गरेको हो ।