उदयपुरबाट पेस्तोलसहित पक्राउ

उदयपुर । उदयपुरको बेलका नगरपालिका ३ सातपत्रेबाट कटुवा पेस्तोल १ थान र १ राउण्ड गोली सहित सोही नगरपालिका बस्ने १९ वर्षीय मनोज खत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

निज खत्री र सोही नगरपालिका बस्ने २६ वर्षीय बिशाल लिम्बुले स१ त ७४४० नम्बरको ट्याक्टर रोकी ट्याक्टरमा काम गर्ने एक व्यक्तिलाई हातपात गर्दै कटुवा पेस्तोल समेत देखाई अपहरण शैलीमा एकान्त स्थानतर्फ लैजाँदै गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले खत्रीलाई उक्त हतियार सहित पक्राउ गरेको हो ।

घटनामा संलग्न फरार रहेका बिशाल लिम्बुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।