फेसबूकमा ‘बलात्कारी संगठन’ चलाउने बस्नेत पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबूकमा बलात्कारी संगठन नामक ग्रुप बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले उक्त ग्रुप बनाउने नविन बस्नेतलाई पूर्वी नवलपरासीबाट पक्राउ गरेको हो । प्रहरीको साइबर व्युरोले नवलपरासी प्रहरीको सहयोगमा बस्नेतलाई पक्राउ गरेको हो ।

गत शनिवार बढ्दो बलात्कारका घटनाविरुद्ध स्वतन्त्र महिलाहरुले माइतीघर मण्डलामा ‘तँ बलात्कारी होस्’ भन्दै प्रदर्शन गरेका थिए ।

युवालाई सीधै बलात्कारी भएको भन्दै सामाजिक सञ्जालमा उक्त प्रदर्शनको विरोध पनि भएको थियो । सोही समयमा केहीले बलात्कारी संगठन खोलेका थिए ।