विप्लव समूहका नेता बास्तोला  पक्राउ

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव समूहका नेता धर्मेन्द्र वास्तोलालाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएलगत्तै प्रहरीले फेरि पक्राउ गरेको छ ।

सर्वोच्चमा दर्ता भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले बास्तोलालाई रिहा गर्न आदेश दिएको हो ।

थुनामा राख्न म्याद थप माग गर्दा र दिँदा के कुन प्रयोजनको लागि म्याद थप गरिएको हो भन्नेसम्म पनि उल्लेख नगरी केवल फरक विचार र आस्था राखेका कारण पक्राउ गरेको देखिएको सर्वोच्चले उल्लेख गरेको छ ।

सर्वोच्चले वास्तोलालाई थुनामा राख्दा न्यायिक दृष्टिकोणबाट उचित नदेखिने भन्दै बन्दी प्रत्यक्षीकरण रिट जारी गरेको हो । विप्लव समूहका विदेश विभाग प्रमुख बास्तोलालाई प्रहरीको विशेष टोलीले गत पुसमा ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरेको थियो ।