चितवन । चितवनमा प्रहरीले मास्क नलगाएर हिँड्ने व्यक्तिलाई कारबाही गर्न सुरु गरेको छ ।
बुधबारमात्रै चितवन प्रहरीले सार्वजनिक स्थल र सडकमा हिँड्ने १९५ जनालाई नियन्त्रणमा लिएर कारबाही गरेको छ । तीमध्ये १७१ पुरुष र २४ जना महिला रहेका छन् । उनीहरुलाई जरीवाना गरी ३२ हजार ९ सय रुपैयाँ असुल गरेको छ । यस्तै सार्वजनिक सवारीसाधनमा सामाजिक दूरी कायम नगर्ने १५ जनालाई नियन्त्रणमा लिएर कारवाही गरेको छ ।
उनीहरुबाट सात हजार ५ सय रुपैयाँ असुल गरिएको प्रहरी प्रमुख नान्तीराज गुरुङ्गले जानकारी दिए । निशेधाज्ञाको समयमा र अन्य समयमा गरी जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई जरीवाना तिराएर छाडिएको गुरुङ्गले जानकारी दिए ।