विश्वभर एकैदिन २ लाख २५ हजार कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ४५ हजार ९८४ कोरोना संक्रमित थपिएका छन् ।

यो अघिल्लो दिनको भन्दा धेरै हो । विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा २ लाख ८ हजार कोरोना संक्रमित थपिएका थिए ।कोरोनाका कारण हालसम्म ८ लाख ५२ हजार ७५८ संक्रमितको ज्यान गइसकेको छ । संक्रमितको संख्या २ करोड ५६ लाख २ हजार ६६५ पुगेको छ ।