पाकिस्तानी प्रधानमन्त्री स्वदेश प्रस्थान

काठमाडौं – दुई दिने नेपाल भ्रमण पूरा गरेका पाकिस्तानी प्रधानमन्त्री शाहीद खकान अब्बासी स्वदेश फर्किएका छन् ।त्यसअघि उनले अब्बासी राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका थिए । साथै आज विहान माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरुले अब्बासीलाई भेटेका थिए ।

अब्बासी हिजो अपराहृन काठमाडौं आएका थिए । उनलाई टुँडिखेलमा गार्ड अफ अनर दिइएको थियो भने साँझ प्रधानमन्त्री केपी शर्मा ओली र पाकिस्तानी समकक्षी अब्बासीबीच भेटवार्ता भएको थियो ।अब्बासीलार्इ विदाइ गर्न अर्थमन्त्री युवराज खतिवडा त्रिभुवन विमानस्थलसम्म पुगेका थिए ।