‘मुटु नै च्वास्स घोच्ने गरि नभनन् ।’
मुटुलाई कोमलताको प्रतीक बनाउदै एक प्रेमिल जोडी कफि पिउदै प्रेमलाप गरिरहेका थिए ।
छेउमा म कागती पानीको चुस्की लगाउदै श्रीमतीलाई कुरिरहेको थिए ।
यसो बिचारे ‘कोमल मुटु’ ? मुटु कसरी कोमल प्रश्न उब्जियो । मुटु त सबै भन्दा बलियो मांशपेशी तै पनि यसलाई प्रेम गर्ने देखि लिएर साहित्य अनि संगीतका धुरन्धरहरुले समेत कमजोर र भावुकताको प्रतीक किन बनाए ?
यतिकैमा श्रीमती आइन् र भनिन्, के सोचेर बस्नु भाको सोछे कुमार ?
मेरो उपनाम बाटै सम्बोधन गरिन् ।
मः हेर न झुमा, मैले नबुझेको कुरा सबैले मुटुलाई कोमलताको पर्यायबाची बनाइसके ।
एकै दिनमा लाख पटक धड्किने ,मसानमा पोल्दा समेत खरानी बनाउन घोचेको घोचेकै गर्नु पर्ने मुटु , धेरैले अस्तु बनाउने मुटु , यति मजबुत मुटुलाई किन कमजोरीपनको प्रतीक बनाए ?
झुमाः हुन त हो तर यस्तो फाल्तु कुरामा ध्यान जान्छ है सधैं हजुर को ।
मः के को फाल्तु हुनु नि , अझ दिमागको विद्युतिय शक्ति भन्दा मुटुको पचास गुणा बढी हुन्छ ,अनि दिमागको चुम्बकीय शक्ति भन्दा मुटुको चुम्बकीय शक्ति हजारौं गुणा बढी हुन्छ ।
झुमाः त्यै त है । यत्रो रगतको भार थेग्ने, झुटको खेती , धोका , पिडा सबै मुटुले थेग्नु पर्ने ।
एउटा कुरा ‘दिलको कुरा सुन्’, ‘मनलाई सुन्’ जस्ता भनाइहरु साहित्यमा फालाफाल पाइन्छ नि, माया मुटु बाट गरिन्छ कि दिमाग बाट गरिन्छ ?
मः त्यै त झुमा यो मायाको तथ्यांक कहाँ संकलन हुन्छ पत्ता लाउन पाए ।
झुमाः के के चाहिँ गर्न भ्याउने हो हजुरले ?
मः एउटा तरल तथ्यांक संकलन (liquid data collection) को निम्ति तरल मेमोरी (liquid memory) र तरल मेमोरी यन्त्र नबनाइ भएन ।
जसलाई रगत बाट पठाएर मुटुको सम्पुर्ण सूचना पत्ता लगाएर पिसाबबाट बाहिर निकालेर यन्त्रमा राखेर सबै कुरा पत्ता लगाउछु ।
झुमाः भने पछि मेरो श्रीमान् पागल भए भनेर बुझे भयो हैन अब ?
मः बुझ्दै गर , जे सुकै बुझ , इतिहास रच्ने भनेकै पागलहरुले हो, विद्वानहरुले त इतिहास रटने हुन् ।
यति कुरा भैसके पछि हामी त्यहाबाट घर फर्कियौ ।
श्रीमती भान्सातिर छिरिन् म चाहिँ मुटुको दर्शनलाई गलत साबित गर्न नयाँ सिद्धान्तको अनुसन्धान गर्न मेरो आविष्कार केन्द्रमा छिरे ।
प्रतीक्षा गर्नोस् मुटुको सिद्धान्त चाडैं आउदैछ ।