माहोल तताउने गीत ‘पारा तात्या छ’ चर्चा बटुल्दै

काठमाडौँ । गायकद्वय सुवास श्रेष्ठ र कृष्ण भट्टराईको स्वरमा रहेको गीत ‘पारा तात्या छ’गीतले चर्चा बटुल्न थालेको छ । डीपी खनालको शब्द, बाबुल गिरीको संगीत र संगीत संयोजनमा रहेको सो गीतले सार्वजनिक भएको चार दिनमा नै सर्वत्र चर्चा पाउन सफल भएको हो ।

सागर लम्साल ‘बले’, गोपाल ढकाल ‘छन्दे’, श्रीदेव भट्टराई, समारिका ढकाल र स्मारिका ढकालको अभिनय रहेको भिडियोका निर्देशक सुब्रत आचार्यले गरेका हुन् ।

गायक श्रेष्ठले यो गीत ‘क्लब डान्स’ स्टाईलको रहेको बताए । गायक श्रेष्ठ र भट्टराई कलेज देखिका मित्र हुन् । उनीहरुको सहकार्यमा धेरै गीतहरु तयार भईसकेको छ भने केहि सार्वजनिक हुने तयारीमा रहेको भट्टराईले बताए । आजभोलि फास्ट ट्रयाकको नम्बरहरु रुचाईरहेको अवस्थामा गीतले पनि राम्रै चर्चा पाउनेमा गायकद्वय आशावादी छन् ।

जया शर्मा क्रियटिभ निर्देशक तथा निम बाबु तामांगको कोरियोग्राफी रहेको यस भिडियोका छायाँकार उत्सव दाहाल हुन् भने सम्पादक बिकास दाहाल हुन् । हरि ठकुरी र भिमा श्रेष्ठ ‘भावना’ निर्माता रहेको म्युजिक भिडियोमा दिपेन गौतम ‘माइकल’को प्रडक्शन डिजाईन रहेको छ भने केशव पाण्डेले स्टिल फोटोग्राफी गरेका छन् ।

भिडियो