सांसद पद नै छाड्न खोजेका मानन्धर बने सहरी विकास राज्यमन्त्री

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनका क्रममा सांसद रामवीर मानन्धर सहरी विकास राज्यमन्त्री बनेका छन् ।

काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । एक वर्षअघि उनलाई राजीनामा गराएर नेता वामदेव गौतमलाई उपनिर्वाचनमार्फत प्रतिनिधिसभामा ल्याउन पहलसमेत भएको थियो ।

बर्दियामा पराजित भएका गौतमका लागि आफ्नो क्षेत्र छाड्न मानन्धर तयारसमेत भएका थिए ।

उनले पत्रकार सम्मेलन गरी जसरी पनि गौतमलाई जिताएरै छोड्ने बताएका थिए।

उनी २०४९ र २०५४ सालमा भएको स्थानीय निर्वाचनमार्फत काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्ष निर्वाचित भएका थिए।

उनले २०७० सालको संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर ७ हिसिला यमीलाई पराजित गरेका थिए । प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनले राप्रपाका विक्रमबहादुर थापालाई पराजित गरेका थिए ।