हामीसँग पैसा पनि छैन र जबरजस्ती आन्दोलनमा बोलाउन पनि सक्दैनौं : देउवा

आन्दोलन गर्न हामीसँग पैसा छैन ः देउवा

 

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्दोलन गर्न आफूसँग पैसा नभएकाले अदालतको आदेश कुरिरहेको बताएका छन् ।

नेपाल मगर संघ गण्डकी प्रदेशको सम्मेलनको उद्घाटनका लागि पोखरा पुगेका देउवाले बिहीबार यस्तो बताएका हुन् ।

“हामीसँग पैसा पनि छैन । जबरजस्ती आन्दोलनमा बोलाउन पनि सक्दैनौं,” सभापति देउवाले भने, “क्रियाशील लिने बेलामा मारामार हुन्छ, भोलि आन्दोलनमा क्रियाशील मात्र आऊ न भन्यो भने कोही आउँदैनन् ।’ देउवाले यसो भनिरहँदा विगतमा कांग्रेसले गरेका त्यति ठूला आन्दोलन पैसाकै बलमा भएका थिए ? भनेर प्रश्न उठेको छ । सँगसँगै उनको भनाइबाट पैसा लिएर मात्र जनता आन्दोलनमा सहभागी हुन्छन् त ? भन्ने प्रश्न पनि उठेको छ ।