सुनको मूल्य बढ्यो

काठमाडौं । शुक्रवार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ । बिहीबार ७२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रवार प्रतितोला ७१ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ७१ हजार ४ सय कायम भएको छ । बिहीबार तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य शुक्रबार प्रतितोला ८ सय ६० रुपैयाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।