प्रधानमन्त्री ओलीको मिलेमतोमा भारतले नक्सा सार्वजनिक गरेको होः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले प्रधानमन्त्री केपी शर्मा ओलीको मिलेमतोमा नक्सा सार्वजनिक गरेको गम्भिर आरोप लगाएका छन् ।

जनताको सामु ओलीको आफूलाई चाखो देखाएर भित्रभित्रै नेपाली जमिन भारतलाई सुम्पने तयारी गरेको देउवाको आरोप रहेको छ ।

शनिबार पोखरामा भएको चुनावी सभालाई सम्बोधन गदै देउवाले यसअघि पनि ओलीले जनतालाई पटकपटक झुक्काएको र यसपटक पनि आफू पानीमाथिको ओभानो मात्रै बन्न खोजेको देउवाको भनाई रहेको थियो ।

कुनै पनि देशको सीमा विवादित देशहरुमा एकअर्कामा सल्लाह परामर्श बिना नक्सा सार्वजनिक गर्नै नसक्ने भन्दै प्रधानमन्त्रीकै मिलेमतोमा भारतले नक्सा सार्वजनिक गरेको देउवाको दलिल थियो ।

सन्धीमा उल्लेख भएअनुसार महाकालीको पानी पनि नेपालको आधा भाग लाग्ने भन्दै देउवाले नेपाल भारत सीमा विवाद आउनुमा अहिलेको सरकार दोषी रहेको जिकिर गनुभयो ।